१५२. मानवता र विकास

१५२. मानवता र विकास

१५२. मानवता र विकास

मान्छेको विशेषता भनेकै आफूलाई समयानुकूल विकसित गर्दै लैजानु हो। असाध्यै सुस्त गतिमा सुरु भएको यो प्रक्रिया आफ्नै गतिमा छ। हामी जति विकसित हुँदै गयौँ, त्यति नै विकासको गतिलाई तीव्र बनाउन पनि सिक्दै गयौँ। त्यसैले हरेक युग र हरेक पुस्ताले अघिल्लो युग र पुस्तालाई पछि पार्दै गएको छ। मानव जीवनसँग सम्बन्धित हरेक कुरामा खोजीनिती र प्रयोग गर्दै गएकाले नयाँ नयाँ कुरा पत्ता लाग्दै गयो। हाम्रो जीवन अझ बढी सहज हुन थाल्यो, सरल हुन थाल्यो। विचार, मानसिकता, प्रविधि, औषधी, निर्माण, ज्ञान र विज्ञानका कुरामा पनि हामी परस्िकृत हुँदै गयौँ। तर, बेलाबेलामा हामी उपलब्धिको दम्भमा रमाएर विकासका नकारात्मक पक्षलाई पनि अंगीकार गर्ने गर्छौं।

आगोले हामीलाई निकै कुरा सिकायो। आगोबाटै मानिसले उज्यालो, इन्धन र ऊर्जाको महत्त्व बुझ्यो। त्यसका अरू परस्िकृत रूप फेला पार्न प्रेरति भयो। त्यही आगोलेेे अरूलाई डढाउन, पोल्न र विनाश गर्न पनि सिक्यो, अर्काथरी मानिसले। हुन त बृहत् विनाशका हतियारहरूको निर्माण पनि विकासको ठूलै उपलब्धि हो। सानोतिनो सोच, समय, लगानी वा अभ्यासले कहाँ बन्छन् र ती? तर, त्यस्ता अनावश्यक विकास मानिसभित्रै रहने सैतानको उपज हो। एकातिर एउटा मानिस सयौँ अरू मानिसलाई बोकेर सिमलको भुवा उडेझैँ तीसौँ हजार फिट माथि आकाशमा उड्न सक्ने हजारौँ टनको विमान बनाउन सक्छ। अर्कोतिर त्यही विमानलाई भुइँबाटै ताकेर गुलेलीले चरा खसालेजस्तो खसाल्न सक्ने अस्त्र पनि मानिसले नै बनाउँछ। त्यस्ता संहारक अस्त्र बनाउने, आफ्नो स्वामित्वमा राख्ने र प्रयोग गर्नेहरूलाई त्यसको परण्िााम देखेर कस्तो खुसी प्राप्त हुन्छ होला? हुन्छ वा हुँदैन होला? हुँदाहुँदा यस्ता हतियारहरू बनाइसकेको छ मानिसले, जसको प्रयोग भयो भने त्यसको परण्िााम के भयो भन्ने कुरा हेर्नका लागि कोही बाँकी रहँदैनन्। त्यसका आविष्कार गर्नेहरू स्वयं पनि। के अर्थ र उपादेयता छ त्यस्तो विकासको, त्यस्ता आविष्कारको? जवाफ उनीहरूसँग पनि छैन।

सारा जीवन कुनै रोगको उपचारका लागि औषधी पत्ता लगाउनका लागि खर्च गर्ने पनि हामीमध्येकै कोही हुन्छ। उसको टाउकोको वरपिर िकुनै आभापुञ्जको गोलो घेरा देखिँदैन। न उसका सेता प्वाँखहरू भएको कुनै पखेटा हुन्छ। अर्कोतिर एकैपटकमा लाखौँ मानिसको ज्यान लिन सक्ने संक्रामक भाइरस बनाउनका लागि पनि हामीजस्तै मानिस लागिरहेको हुन्छ। अनि, उसको पनि अजंगको ज्यान, बाहिर निस्केको दाह्रा, लामालामा नंग्रा, टाउकामा दुईवटा घुम्रेका सिङ र पुट्ठोमा झुन्डिएको पुच्छर हुँदैन। संसारका विपरीत ध्रुवमा बस्ने आफूले नचिनेका र सम्भवतः कहिल्यै नभेट्ने अरू मानिसका समूहगत हितका लागि आफ्नो सबै थोक दाउमा लगाउने पनि हामीमाझै हुन्छन्, हामीजस्तै हुन्छन्। तिनीहरू पनि उपलब्धिबाट पाइने सन्तुष्टिका लागि नै कटिबद्ध भइरहेका हुन्छन्। अनि, हामीमाझै हुन्छन्, आफ्नै वर्ग, समुदाय वा राज्यका मानिसलाई फुटाएर, लडाएर र जुधाएर आफ्नो स्वार्थसिद्धि गर्नेहरू। यी दुवैका आत्मसन्तुष्टिमा आकाश-पातालको फरक हुन्छ।

एउटा महादेशमा बस्नेहरूभन्दा अर्को महादेशमा बस्नेहरू भिन्न छैनन्। आँखा सबैका दुइटै हुन्छन्, तिनले देख्ने कुरा पनि उही हुन्छन्। एसियामा बस्नेले देख्ने हिमाललाई युरोपका मान्छेले पनि हिमालै देख्छन्, मरुभूमि देख्दैनन्। गाजाको मान्छेले हेर्दा देख्ने बालकलाई इजरायलीको आँखाले पनि बालकै देख्छ। बमको विनाशले उडाएको धूलो आँखामा पर्दा सबैलाई उसै गरी पोल्छ। टि्वनटावर धराशयी हुँदा त्यसमा लागेको आगोका मुस्लाहरूले खरानी बनाउने बेला जात, धर्म, देश केही भन्यो र? अविश्वसनीय रूपमा त्यो भत्कँदा त्यसका अनियन्त्रित विशाल अवशेषहरूले आफ्नो मुनि पर्ने सबैलाई धूलोपीठो बनायो। हिरोसिमा र नागासाकीमा झारएिका लिटल ब्वाई र फ्याट म्यानले के जापानीलाई मात्र छानेर मारे? हाम्रो आन्तरकि र बाह्य शारीरकि र जैविक बनोट उस्तै छ। सबै कुरामा यति धेरै समानता भएको मानिसको मानसिकता र बुझाइमा मात्रै किन यति धेरै फरक हुन्छ? के यो सृष्टिले नै सिर्जना गरेको भिन्नता हो? वा, हामीले पछि आफूमा विकास गरेका हौँ?

हामीमा विकासको कहिल्यै पनि शान्त नहुने भोक छ। त्यसैले हामी आफू शान्त नहुन्जेल यो भोकलाई शान्त गर्ने क्रममा पूरा जीवन बिताइरहेका हुन्छौँ। बेलाबेलामा हामीले बिर्सनै नहुने कुराचाहिँ एउटै छ। विकास गर्नका लागि खर्च लाग्छ। पैसा, स्रोत, साधन र अथक परश्रिम माग्छ विकासले। लगानी माग्छ। अझ व्यक्तिगत मात्रै नभई सामूहिक प्रयास पनि माग्छ। तर, मानवता भन्ने कुराका लागि पैसा लाग्दैन, आफू एक्लैको मात्र प्रयासले पनि त्यो सकिन्छ। त्यसका लागि धेरै ठूलो मानसिक वा शारीरकि कसरत पनि गर्नु पर्दैन। यही सित्तैँमा प्राप्त हुने कुरा, मानवता नभई जति पैसा र परश्रिम खर्च गरे पनि सही अर्थमा विकसित हुन सकिँदैन। किनभने, मानवताबिनाको विकासका जहिले पनि अँध्यारा पाटाहरू रहिरहन्छन्। तिनलाई जित्ने भनेको मानवताले मात्र हो। मानवताको नकारात्मक पाटो हुँदैन, अँध्यारो पक्ष पनि हुँदैन ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login