सिकाइलाई निरन्तरता कसरी दिने ?

सिकाइलाई निरन्तरता कसरी दिने ?

विद्यालय तहमा सिकाइलाई निरन्तरता कसरी दिने ?

१.विद्यालय तहका विद्यार्थीलाई आफ्नै शिक्षक तथा सोही समाजका व्यक्तिहरुबाट सिकाउँदा मात्र बुझ्ने गर्दछन् । किन कि व्यक्तिहरुमा समाज अनुसारको बोली, शैली, प्रस्तुती गर्ने तरिका, शब्दको उच्चारण, उदाहरणको प्रस्तुती आदिमा फरक फरक हुन्छ । तसर्थ एउटै गाउँपालिका वा नगरपालिका भित्रका विद्यालयहरुमा साझा कार्यक्रम बनाएर एफ.एम. तथा विद्युतीय साधनको प्रयोग गरी शिक्षण गर्नु पर्छ ।

२.सरकारले ईण्टरनेट डाटा प्रदायकहरुलाई आवश्यक मात्रमा कर छुट गरिदिने साथै विद्यार्थीलाई सहुलियत रुपमा सस्तो डाटा उपलब्ध गराएर पनि नेट कनेक्सन गरी अध्ययनलाई अघि बढाउन सकिन्छ ।

३.वाइफाई सेवालाई केही निश्चित घरहरुको लागि छुटयाएर पनि सञ्चालन गर्न सकिन्छ ।

४.नेपाल सरकारले शैक्षिक एप्सहरु निर्माण गरेर निशुल्क रुपमा विद्यालय तथा स्थानीय निकायहरुमा प्रयोग गर्न दिनु पर्छ ।

५.कोरोना संक्रमित नभएको जिल्लाहरुमा अन्य जिल्लासंग नाका बन्द गरेर पनि विद्यालयहरु सञ्चालन गर्न सकिन्छ ।

भनिन्छ संकट सँगै सामाधानको उपाय पनि आउँछ, तर त्यसलाई पहिचान गर्ने र तदनुरुप प्रभावकारी कार्य सञ्चालन गर्ने मुख्य कुरा हो । कतिपय कुरा त गर्दै गए पछि सुधार हुँदे जाने पनि हुन्छन् । तर, केही छैन, केही गर्न सकिँदैन भनेर बस्नु भनेको शिक्षकले आफ्नो भूमिका विर्सनु मात्रै हैन बालबालिका माथि अन्याय पनि हो । तसर्थ जहाँ जे तरिकाले सकिन्छ सिकाइका लागि जुट्न ढिलो गर्न हुँदैन ।

(Gopal Rai, Gokundeswar Bal Mandir Sec. School, Dhankuta)
from :  edukhabar.com



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login