- Home
- Show Content
भाषा : परिचय र विशेषता
भाषा : परिचय र विशेषता
भाषा : परिचय र विशेषता
भाषा
भाषा विचार प्रकट गर्ने उपयुक्त माध्यम हो । भाषाका माध्यमबाट नै मानिसले आफ्नो विचार अरू मानिससमक्ष व्यक्त गर्न र अरूले प्रकट गरेको विचार आफूले ग्रहण गर्न सक्दछ । भाषाको प्रयोग गर्दा अरूले स्पष्ट रूपमा बुझ्न सक्ने गरी गर्नुपर्छ । भाषा मानव समुदायमा विचार र भावनाको साटासाट गर्ने मानवीय साधन हो । भाषालाई बोलेर वा लेखेर अभिव्यक्त गरिन्छ र त्यस्तो अभिव्यक्ती सुनेर वा पढेर ग्रहण गरिन्छ ।यसरी हेर्दा भाषाका दुई स्वरूप हुन्छन् । १. मौखिक (कथ्य भाषा ) २. लिखित (लेख्य भाषा) ।
भाषा विज्ञानले स्पर्श, इशारा वा सङ्केत, आवाज आदिका माध्यमबाट विचार विनिमय हुनुलाई भाषा मान्दैन । भाषा हुनलाई मानिसका उच्चारण अङ्गद्वारा निस्कने आवाज वा बोलीहरूको प्रयोग हुनुपर्दछ । त्यसैले- मानव उच्चारण अवयव(अङ्ग) द्वारा उच्चरित सार्थक ध्वनिका माध्यमबाट विचार विनिमय हुनु मात्र भाषा हो । भाषा मानिसका उच्चारण अङ्गबाट निस्कने ध्वनि, शब्द, पदावली, वाक्यजस्ता वाक् प्रतीकहरूको व्यवस्था हो ।
मानव मानवबीच भावना वा विचार सम्प्रेषण गर्ने माध्यम भाषा हो। भाषाको उत्पत्ती र विकास मानवीय आवस्यकता पूर्तिका लागि भएको मानिन्छ । भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन। प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरूको सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन। कुनै एउटा भाषालाई कयौँ लिपिहरूमा लेख्न सकिन्छ, र दुई वा त्यो भन्दा बढी भाषाहरूलाई एउटै लिपिमा लेख्न सकिन्छ।
भाषाको परिभाषा
१. उच्चारण अवयवद्वारा उच्चरित मानवीय अभिव्यक्ति नै भाषा हो । - पतञ्जलि (महाभाष्य)
२. भाषा उच्चारण अवयवद्वारा उच्चरित यादृच्छिक ध्वनि प्रतीकहरूको त्यो व्यवस्था हो जसका माध्यमले मानिसले एकआपसमा विचारहरूको आदान प्रदान गर्दछन् । - भोलानाथ तिवारी (भाषाविज्ञान)
३. उच्चरित ध्वनिहरूद्वारा गरिने विचारको प्रस्तुति नै भाषा हो । -- हेनरी स्विट (द हिस्ट्री अफ ल्याङ्वेज)
४.विचारको अभिव्यक्तिका लागि उच्चार्य ध्वनिप्रतीकहरूको प्रयोगलाई भाषा भनिन्छ । - ए.एच. गार्डिनर (स्पीच एन्ड ल्याङ्वेज)
यसरी सारमा भन्दा “भाषा मानिसका उच्चारण अवयवद्वारा उच्चरित यादृच्छिक ध्वनिप्रतीकहरूको त्यस्तो संरचनात्मक व्यवस्था हो, जसको माध्यमबाट मानिसहरूले एकापसमा विचार विनिमय गर्दछन् ।”
भाषाका विशेषता
१) भाषा विचार विनिमयको सशक्त माध्यम हो
२) भाषा मानवीय सम्पत्ति हो
३) भाषा परम्परित हुन्छ
४) भाषा स्वतः आर्जित वस्तु हो
५) भाषा सार्थक ध्वनिप्रतीकहरूको समूह हो
६. भाषा वाक् प्रतीकहरूको व्यवस्था हो
७. भाषा व्यक्तिगत नभई समाजको साझा सम्पत्ति हो
८. भाषामा सिर्जनात्मकता हुन्छ
९. भाषा परिवर्तनशील हुन्छ
१०. भाषाका वाक् प्रतीकहरू यादृच्छिक हुन्छन्
facebook :


- Reviews (0)
Nothing Found...Leave a review