- Home
- Show Content
व्याकरण
व्याकरण
व्याकरण
व्याकरण भाषाको अनुशासन हो । कुनै भाषाका नियम र व्यवस्थाहरूको वर्णन गर्ने शास्त्रलाई व्याकरण भनिन्छ । यसले भाषा शुद्धसंग बोल्न र लेख्न आवस्यक ज्ञान दिन्छ । व्याकरणले भाषाको प्रयोगमा एकरूपता ल्याउने गर्दछ र त्यसका नियमलाई सुत्र बनाएर व्याख्या गर्दछ । व्याकरणको अभावमा भाषा छिरोलिन्छ । छिरोलिएको भाषाको प्रयोग अराजक वा जथाभावी हुन जान्छ । भाषिक समुदायबीच नै सम्प्रेषण सून्यताको स्थिति उत्पन्न हुन गई भाषिक अपसरणको स्थिति पैदा हुन सक्छ । हरेक भाषाको आफ्नै व्याकरण रहेको हुन्छ ।यसरी हेर्दा व्याकरण भनेको भाषाको नियम हो र नियम अध्ययन गरिने विज्ञान हो भन्न सकिन्छ । भाषा र व्याकरण सापेक्ष विषय हुन् । भाषाबाट व्याकरणलाई अलग्याएर हेर्न सकिंदैन ।
सामान्यतया भाषाका वर्ण,रुप शब्द र वाक्य आदिमा अन्तरनिहित व्यवस्थालाई व्याकरण भनिन्छ । कुनै पनि भाषाका अंग प्रत्यंगको विश्लेषण तथा विवेचन गर्ने माध्यमलाई व्याकरण भनिन्छ । व्याकरण त्यो विद्या हो जसद्वारा कुनै पनि भाषा शुद्ध बोल्न, शुद्ध पढ्न र शुद्ध लेख्न सकिन्छ। सबै भाषामा लेख्न, पढन र बोल्नका निम्ति निश्चित नियम हुन्छन् भाषाको शुद्धता र सुंदरता बनाउन ती नियमहरूको पालना गर्नु आवश्यक हुन्छ। ती नियम पनि व्याकरणका अंतर्गत आउँछन्। व्याकरण भाषा अध्ययनको महत्त्वपूर्ण अंग हो।
कुनै पनि भाषाको रूपगत र वाक्यगत संरचनाको वर्णन र विश्लेषणलाई व्याकरण भन्न सकिन्छ । कुनै पनि भाषालाई नियमबद्ध गर्ने प्रणाली नै व्याकरण हो। भाषाका निम्ति व्याकरण महत्वपूर्ण पक्ष हो। यसले भाषिक व्यवस्थालाई निमयबद्ध गर्दछ। अर्को शब्दमा भन्ने हो भने भाषिक व्यवस्थाको अध्ययन नै व्याकरण हो। व्याकरणमा शब्दहरूको क्रम, क्रिया, काल, भाव, पक्ष, वाच्य, अकरण, कारण, विशेषण, पदावली, वाक्य आदिको नियम प्रस्तुत गरिएको हुन्छ।
यसर्थ व्याकरण भन्नाले भाषाको नियम बुझिन्छ। भाषामा कुन ठीक अथवा कुन बेठीक, कुन शुद्ध कुन अशुद्ध आदि भन्नेबारे छुट्याउने आधार नै व्याकरण हो। जब कुनै पनि भाषाको लेख्य रूप अघि आउँछ, तब त्यस भाषालाई व्याकरणको आवश्यकता पर्छ। यसले भाषालाई स्तरीकरण अथवा मानकीकरण गर्दै भाषामा एकरूपताको नियम तय गर्दछ। कुनै पनि भाषा एकै स्थानमा सीमित नरहेर यसको क्षेत्रविस्तार भएको हुन्छ। यसरी क्षेत्र विस्तार हुँदा भाषामा भाषिकाहरूको जन्म हुँदै जान्छ। ठाउँ-ठाउँमा बोलिने एउटै भाषाका पनि विभिन्न रूपहरू बनिँदै जान्छन्।
व्याकरणले यी विभिन्न रूपहरूमा सर्वमान्य रूपलाई मान्यात दिई त्यसैको आधारमा नियम तय गरेको हुन्छ। सिक्किममा बोलिने नेपाली भाषा र पश्चिम नेपालमा बोलिने नेपाली भाषाको स्वरूप, क्षेत्र विस्तार र छुट्टाछुट्टै भाषिककाको विकासका कारण भिन्न छन्। यस्ता विविध रूपलाई व्याकरणले मानक रूप प्रदान गरी नियम तय गरेकाले सिक्किम र पश्चिम नेपालका नेपालीले लेख्य रूपमा एकै किसिकमको भाषाको प्रयोग गर्दछन्। कथ्य रूपमा भाषाको रूप परिवर्तित हुँदैगए पनि लेख्य रूपले यसलाई समातेर राखेको हुन्छ। यसैले भाषाको स्तरीकरण र एकरूपताका लागि व्याकरणका नियमहरू महत्वपूर्ण हुन्छन्।
व्याकरण त्यो विद्या हो जसद्वारा कुनै भाषा शुद्ध बोल्न, शुद्ध पढन र शुद्ध लेख्न सकिन्छ। कुनै पनि विकसित भाषा लेख्न, पढन र बोल्नलाई निश्चित नियम हुन्छन् भाषाको शुद्धता अनि सुन्दरतालाई बनाई राख्नका लागि यी नियमहरूको पालन गर्नु आवश्यक हुन्छ। यी नियम पनि व्याकरणका अन्तर्गत आउँछन्। व्याकरण भाषाका अध्ययनको महत्वपूर्ण भाग हो।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review