कार्यमूलक व्याकरण

कार्यमूलक व्याकरण

कार्यमूलक व्याकरण

भाषिक प्रयोग गर्दा शुद्ध प्रयोगमा ध्यान दिई व्याकरणलाई प्रयोगपरक रूपमा उपयोग गर्ने दृष्टिकोणले कार्यमूलक व्याकरणको अवधारणा आएको हो । व्याकरणको प्रयोगबाट शुद्ध भाषिक प्रयोग गर्ने क्षमता विकास गराउनु हो । त्यसैले विद्यालय तहमा व्याकरणका नियम नघोकाई व्यावहारिक रूपमा शुद्ध भाषिक प्रयोग गर्न सिकाउने उद्देश्यले कार्यमूलक व्याकरण राखिएको हो ।

 

भाषिक सिप सिक्ने कामसँगसँगै व्याकरण सिक्ने पद्धति कार्यमूलक व्याकरण हो । कार्यमूलक व्याकरण भनेको व्याकरणका नियम छुट्टै रूपमा नपढाइ पाठसँगसँगै व्याकरण शिक्षण गर्नु हो । पाठ शिक्षण गर्दा पाठको प्रसङ्ग वा त्यहाँ प्रयोग भएको व्याकरणका पक्षहरूलाई ध्यान दिएर पाठसँगसँगै व्याकरणको धारणा दिनु कार्यमूलक व्याकरण हो ।त्यसैले व्याकरण शिक्षण गर्दा भाषाका सिपको विकास सँगसँगै व्याकरणलाई प्रयोग गर्दै जानुपर्दछ ।



  • Reviews (1)
  • testing1
  • 4 Years, 5 Months ago

राम्रो लाग्यो ।

Leave a review

To leave a review, please login to your account. Login