नेपाली उखान : परिचय र प्रकार

नेपाली उखान : परिचय र प्रकार

नेपाली उखान

वाक्यस्तरका सूत्रात्मक कथनलाई उखान भनिन्छ । लोक अनुभवमा आधारित हुने हुनाले उखानलाई लोकोक्ती पनि भन्दछ्न्। हरेक उखानले जनधारणा लोक विश्वासलाई सूत्रबद्द रूपमा व्यक्त गरेको हुन्छ ।उखानका दृस्टीले नेपाली भाषा निकै समृद्ध ।उखानले अभिव्यक्तिलाई रोचक ,स्पष्ट ,मार्मिक जीवन्त बनाउँछ ।भाषामा उखानले चमत्कार थप्छ ।

 उखानलाई लोकोक्ति,कहाबत,आहान आदि नामले पनि चिनिन्छ ।अंग्रेजीमा यसलाई Proverb र संस्कृतमा लोकोक्ति भनिन्छ । उखानको सम्बन्ध कुनै घटना,कथा वा मानवीय अनुभवसँग जोडिने हाले यसको अर्थ सांकेतिक रूपमा प्रकट हुन्छ । यसले भाषालाई मिठासपूर्ण र तार्किक बनाउँछ । भन्नुपर्ने कुरालाई घतलाग्दो तरिकाले प्रस्तुत गर्नु,थोरैमा धेरै भन्न सक्नु र अभिव्यक्तिलाई सूत्रात्मक ,सारपूर्ण र अर्थगम्भीर बनाउनु उखानको विशेषता हो । कुनै पनि कथनलाई स्पष्ट पार्नका लागि उखानको प्रयोग गरिन्छ । उखानले सोझो अर्थ भन्दा व्यंग्य अर्थलाई बढी जोड दिन्छ ।

तर्कपूर्ण भावले भरिएका,गहिरो अर्थ बोकेका र लोकजीवनमा चलिआएका सारपूर्ण कथन वा लोकोक्तिलाई उखान-टुक्का भनिन्छ । जसले विशेष अर्थ वा सन्देश दिन्छ। नेपाली समाजमा नेपाली भाषाको बिकाससंगै उखानको पनि सुरुवात भएको पाइन्छ । कुराकानीको क्रममा समय अनुकुल उखान टुक्काको प्रयोग गर्दा आफुले ब्यक्त गर्न खोजेको कुरामा अरु गहनता थप्न सकिन्छ । साथै संबादलाइ रमाइलो बनाउनको लागि पनि उखान टुक्काले बेजोड भूमिका खेल्न सक्दछ । सामान्यतया कुराकानी गर्दै जाँदा कुरामा कुरा मिलाएर उखान जोड्दा कुरा गराइमा गहनता आएको महसुश हुन्छ ।

तर पछिल्लो पुस्ताको बिकाससंगै पुराना उखान टुक्काहरुको प्रयोग घट्दै गएको महसुस हुन थालेको छ । हाम्रा बाजे बराजुका पालादेखि नै सिर्जना भएका यस्ता उखान टुक्काहरु अहिले पनि निकै सान्दर्भिक लाग्ने गर्दछन् ।

 

                     उखानका प्रकार :

क)अपूर्ण वाक्यात्मक उखान

ख) पूर्ण वाक्यात्मक उखान

......................................................................................................................

क)अपूर्ण वाक्यात्मक उखान: समापक क्रिया प्रयोग नभएका र वाक्य पुरा गर्न केही थप्नुपर्ने उखानलाई अपूर्ण वाक्यात्मक उखान भनिन्छ

उदाहरण :- हुने बिरुवाको चिल्लो पात (हुन्छ )

          - मुखमा रामराम बगलीमा छुरा (हुन्छ )

            - देश गुनाको भेष (गर्नुपर्छ)

ख) पूर्ण वाक्यात्मक उखान : अन्त्यमा समापक क्रिया प्रयोग भएका उखानलाई पूर्ण वाक्यात्मक उखान भनिन्छ ।

उदाहरण :- नपत्याउने खोलाले बगाउँछ ।         

    - ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ

   -  बोल्नेको पीठो बिक्छ ,नबोल्नेको चामल पनि बिक्दैन     

  - घोडा चढ्ने लड्छ ।



  • Reviews (1)
  • Chakra bdr.
  • 4 Years, 1 Month ago

best ????????????????????

Leave a review

To leave a review, please login to your account. Login