- Home
- Show Content
नेपाली भाषाका प्रचलित उखान र तिनका अर्थ
नेपाली भाषाका प्रचलित उखान र तिनका अर्थ
नेपाली भाषाका प्रचलित उखान र तिनका अर्थ:
|
१) हात्तीको मुखमा जिरा २) अड्को फड्को तेलको धूप ३) दुवै हातमा लड्डु ४) इन्द्रको अगाडि स्वर्गको बयान ५) एक हातले ताली बज्दैन ६) जून जोगि आए पनि कानै चिरेका ७) आफू नमरी स्वर्ग देखिदैन ८) हुने हार दैव नटार ९) अचानाको पिर खुकुरीले जान्दैन १०) देख्नेका आँखा फुटे सुन्नेको सही ११) नमच्चिने पिङको सय झड़का १२) बाँदरका हातमा नरिबल १३) ढुङ्गा खोज्दा देउता मिल्नु १४) नाच्न नजान्ने आँगन टेढो १५) कालो अक्षर भैंसी बराबर १६) नजिकको तिर्थ हेला १७) हुने बिरुवाको चिल्लो पात १८) जो होचो उसका मुखमा घोचो १९) खाने मुखलाई जुँगाले छेक्दैन २०) उम्केको माछो ठूलो: २१) आलु खाएर पेडाको धाक २२) अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ २३) आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने २४) म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो २५) आफू भलो त जगतै भलो २६) ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ २७) औंलो दिँदा डुँडुलो निल्नु २८) कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्रोमा हाले पनि बाङ्गाको बाङ्गै २९) कुरो र कुलो जता लग्यो त्यतै जान्छ ३०) कागलाई बेल पाक्यो हर्ष न विस्मात् ३१) काम गर्ने कालु मकै खाने भालु ३२) गर्ने भन्ने हनुमान पगरी गुँथ्ने ढेडू ३३) घोडा चढ्ने लड्छ ३४) घाँटी हेरी हाड निल्नु ३५) चिचीको पनि लोभ पापाको पनि लोभ ३६) छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी ३७) जुन गोरूको सीङ छैन उसैको नाम तिखे ३८) जसले मह काढ्छ उसैले हात चाट्छ ३९) जुन थालमा खानु त्यही थालमा चुठनु ४०) जो चोर उसको ठुलो स्वर ४१) जो होचो उसको मुखमा घोचो ४२) ताक परे तिवारी नत्र गोतामे ४३) तैं रानी मैं रानी कसले भरला कुवाको पानी ४४) देश गुनाको भेष कपाल गुनाको केश ४५) दूध दिने गाईको लात्ती सहनुपर्छ ४६) नजाने गाउँको बाटो नसोध्नु ४७) नपत्याउने खोलाले बगाउँछ ४८) नाङ्लो ठटाई हात्ती तर्साउनु ४९) नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार ५०) नहुनु भन्दा कानो मामा बेस ५१) निभ्ने वेलाको बत्ती उज्यालो ५२) पशुपतिको जात्रा सिद्राको व्यापार ५३) बाँदरको पुच्छर लौरो न हतियार ५४) बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ५५) मेरो गोरूको बाह्रै टक्का ५६) मह काढ्नेले हात चाट्छ ५७) मुखमा राम राम बगलीमा छूरा ५८) रात रहे अग्राख पलाउँछ ५९) लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ ६०) लाटो देशमा गाँडो तन्नेरी ६१) लहरो तान्दा पहरो गर्जन्छ ६२) लासामा सुन छ कान मेरो बुच्चै ६३) लोग्ने स्वास्नीको झगडा परालको आगो ६४) साउनमा आँखा फुटेको गोरूले सधैं हरियो देख्छ ६५) साउनमा आँखा फुटेको गोरूले सधैं हरियो देख्छ ६६) असहायको देव सहारा ६७) हात्ती आयो हात्ती आयो फुस्सा ६८) अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ ६९) एकले थुकी सुकी,सयले थुकी नदी ७०) औंला दिंदा डुढुल्नो निल्नु ७१)इलमीका भागमा माछा र मासु ७२) कहिले सासुको पालो,कहिले बुहारीको पालो ७३) अकबरी सुनलाई कसी लाउन पर्दैन ७४) आए आँप गए झटारो ७५) कच्चा वैद्यको मात्रा ,यमपुरीको यात्रा ७६) काग कराउंदै गर्छ ,पिना सुक्दै गर्छ ७७) छन् गेडी सबै मेरा ,छैनन् गेडी सबै टेडा ७८) धन भनेपछि महादेवका तीन नेत्र ७९) बाघको छालामा स्यालको रजाई ८०) हिस्स बूढी खिस्स दाँत |
केही उखानहरू र तिनले दिने अर्थहरू :
उखान अर्थ
|
आए आप गए झटारो -- भए राम्रै नभए पनि केहि छैन
गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेडु --काम गर्ने एउटा जस पाउने अर्को
इन्द्रको अगाडी स्वर्गको बयान जान्नेको --अगाडी नजान्नेले फुर्ति लगाउनु
हात्तिको मुखमा जिरा --आवस्यकताभन्दा सारै थोरै वस्तु पाउनु
नाच्न नजान्ने आगंन टेढो --नजान्ने मान्छेले अरुलाई दोष दिन्छ
बाँदरको हातमा नरिवल --अयोग्य व्यक्तिको हातमा बहुमुल्य वस्तु
अँध्याराको काम खोलाको गीत --अर्थहीन काम गर्नु
अकवरी सुनलाई कसी लाउनु पर्दैन --राम्रो कुरालाई जाचीरहन पर्दैन
अचानाको चोट खुकुरीले जान्दैन --पिर पर्नेलाई मात्र थाहा हुन्छ
आलु खाएर पेडाको धाक -- सानो काम गरेर ठूलो काम गरेको भन्नु
आफू नमरी स्वर्ग देखिन्न --आफुले काम नगरुन्जेलसम्म त्यसको प्रतिफल थाहा हुदैन
आकाशको फल आँखा तरी मर् --असम्भव कुरालाई चुप लागेर हेर्नुबाहेक उपाय नहुनु
म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो --आफुले एउटा सोच्यो अर्कै हुन्छ
आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने -- आफ्नो केहींपनि नदेख्नु,अरुको सानु कुरा पनि पहाड बनाउनु
इलमीको भागमा माछा र मासु -- काम गर्नेले मिठो खान पाउँछ
ईख नभएको मान्छे, वीष नभएको सर्प -- ईख नभएको मान्छेको केहि महत्त्व हुँदैन
ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ -- हेपिएको मान्छेलाई जस्ले पनि हेप्छ
काला अक्षर भैंसी बराबर -- केहि कुरामा ज्ञान नभएकोलाई बुझाउँदा अलमल्ल पर्नु
कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्रोमा हाले पनि बाङ्गाको बाङ्गै --नराम्रो बानि नसुध्रनु
कुरो रकुलो जता लग्यो त्यतै जान्छ -- कुरालाई जसरी बनाएर पनि भन्न सकिन्छ
काम गर्ने कालु मकै खाने --काम अर्कैले गर्नु तर त्यसको फल अर्कैले पाउनु
खाने मुखलाई जुङ्गाले छेक्दैन --कसैको ईच्छा भए, रोक्न सकिन्न
घाँटी हेरी हाड निल्नु --आफ्नो क्षमता अनुसार काम गर्नु
घरको बाघ वनको स्याल --घरका लाई हेप्ने तर अरुलाई हेप्ने चाहिँ हिम्मत नहुनु
चिचीको पनि लोभ पापाको पनि लोभ --सबै कुराको लोभ हुनु
छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी --आफुसँग सम्पत्ति भए सबै नजिक, सम्पत्ति नहुँदा कोहि नहुनु
जसले मह काढ्छ उसैले हात चाट्छ --जसले काम गर्छ उसैले नै फल पाउछ
जुन थालमा खानु त्यही थालमा चुठनु --जुन मानिससँग सहयोग लियो, त्यसैको विरोध गर्नु
ताक परे तिवारी नत्र गोतामे --अबसरवादि
मेरो गोरूको बाह्रै टक्का -- नचाहिदो जिद्दी गर्नु
रात रहे अग्राख पलाउँछ --जुन कुरो हुनु पर्थ्यो ति कुराहरू परिवर्तन हुन्छन्
रातभरी करायो दक्षिणा हरायो --जति नै गाह्रो सहेर नि काम गर्दा नि ज्याला नदिनु
ल्हासामा सुन छ ,कान मेरो बुच्चै --अर्काको धन काम लाग्दैन
कच्चा वैद्यको मात्रा ,यमपुरीको यात्रा --अयोग्य वैद्यले गरेको काम घातक हुन्छ
हुने बिरुवाको चिल्लो पात --पछी राम्रो हुने कुराको पहिले नै संकेत मिल्नु
मुखमा राम राम बगलीमा छूरा -- बाहिर ठिक्क पार्ने तर भित्र षड्यन्त्र गर्ने
नमच्चिने पिङको सय झड़का --नजान्ने बढी फूर्ती देखाउनु
नजिकको तिर्थ हेला -- देखिरहने वस्तुको महत्व कम हुनु
देख्नेका आँखा फुटे सुन्नेको सही -- देख्नेभन्दा सुन्ने बाठो हुनु
बोल्नेको पीठो बिक्छ ,नबोल्नेको पिठो बिक्दैन --विज्ञापनले कमसल वस्तुलाई पनि महत्वपूर्ण बनाउनु
घोडा चढ्ने लड्छ --काम गर्नेले गल्ति पनि गर्छ
नजाने गाउँको बाटो नसोध्नु -- नचाहिने कुरामा चासो नराख्नु
एक हातले ताली बज्दैन --सहयोग भन्ने कुरा दोहोरो हुनुपर्छ
धन भनेपछि महादेवका तीन नेत्र -- पैसा देखेपछी सबै लोभिन्छन्
हात्ती आयो हात्ती आयो फुस्सा --धेरै आशा राख्नु तर आखिरमा व्यर्थ हुनु
कुरा र कुलो जता लग्यो ,उतै जान्छ -- कुरालाई आफ्नो अनुकूल बनाउन सकिनु
अड्को फड्को तेलको धूप --खोजेको कुरा नपाए अरूबाट काम चलाउनु
ऋण लागोस् तर दिन नलागोस् --जस्तो परिस्थिती आए पनि काल नआओस्
आफू भलो त जगतै भलो --आफू राम्रो भए सबै राम्रो हुने
हिस्स बूढी खिस्स दाँत --चाहेको कुरा नपाउनु
लहरोतान्दा पहरो गर्जन्छ -- सानो कुराले ठुलो कुरा फुत्किनु
रातभरी करायो दक्षिणा हरायो --परिश्रमको फल चाख्न नपाउनु
नपत्याउने खोलाले बगाउँछ --नसोचेको कार्य पुरा हुनु
पशुपतिको जात्रा सिद्राको व्यापार -- दोहोरो फाइदा हुनु
जो होचो उसका मुखमा घोचो --कमजोरलाई सबैले हेप्छन
अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ --एकचोटी असफल भएको मान्छे सधैं डराउँछ
आफू नमरी स्वर्ग देखिदैन --दुख नभोगी सुख पाइदैन
दुवै हातमा लड्डु --दुवैतिर फाइदा नै फाइदा
इलमीका भागमा माछा र मासु --परिश्रम गर्नेलाई सुख हुन्छ
एकले थुकी सुकी,सयले थुकी नदी --सामुहिक कार्य सफल हुन्छ
कहिले सासुको पालो,कहिले बुहारीको पालो -- मौका सबैको आउँछ
काग कराउंदै गर्छ ,पिना सुक्दै गर्छ -- भन्नेले भन्दै गर्छन् काम छोड्नुहुन्न
कालो अक्षर भैंसी बराबर -- कुनै जानकारी नै नहुनु
देश गुनाको भेष --अवस्था अनुसार चल्नुपर्छ
जति जोगी आए पनि कानै चिरेका -- सबै उस्तै -काम नलाग्ने
बाँदरको पुच्छर लौरो नहतियार -- कुनै पनि काम नलाग्नु
हुने हार दैव नटार -- हुने कुरा भएरै छोड्छ
जोगीका घरमा सन्यासी पाहुना --जोसित छैन उसैसित माग्न आउनु
गाई मारी गधा पोस्नु --असललाई छोडेर खराबलाई साथ दिनु
तै रानी मै रानी को भर्छ कुवाको पानी --सबै भलादमी भएपछी कसले काम गर्ने
|
facebook :


NICE
Leave a review