नेपाली उखान : वाक्यमा प्रयोग

नेपाली उखान : वाक्यमा प्रयोग

नेपाली उखानहरू : वाक्यमा प्रयोग
 
१.हात्तीको मुखमा जिरा:- हिजोदेखि भोकै बसेको बिमलालाई एक टुक्रा स्याउ खान दिएको त हात्तीको मुखमा जिरा भनेझै भयो ।
२.अड्को फड्को तेलको धूप : अड्को फड्को तेलको धूप भनेझैं पोखरा जान प्लेनको टिकट नपाएर बसको
टिकटबाट पोखरा पुगियो ।
३) दुवै हातमा लड्डु : हरिले यसै वर्ष बि.एस्सी. मा ए ग्रेड ल्याएर उत्तीर्ण गर्यो । यसै वर्ष उसलाई अमेरिका जाने डिभी पनि पर्यो । दुवै हातमा लड्डु भनेको यहि हो।
४)इन्द्रको अगाडि स्वर्गको बयान :पाँच वर्ष पोखरा बसेको रविनको अगाडि दुई दिन पोखरा घुम्न गएको सन्देशले पोखराको व्याख्या पो गर्छ ।इन्द्रको अगाडि स्वर्गको बयान भनेको यही हो।
५)एक हातले ताली बज्दैन : शिक्षकले पढाएर मात्र के गर्ने ?विद्यार्थी पढ्दैनन् भने एक हातले ताली बज्दैन क्यारे ।
६)जून जोगि आए पनि कानै चिरेका :जून जोगि आए पनि कानै चिरेका भनेझैं लोकतन्त्रमा जनताले सम्पूर्ण अधिकार पाएनन् गणतन्त्र आएपछि त पाइन्छ भनेको त गणतन्त्र आउँदा पनि उस्ताको उस्तै छ ।
७) बाघको छालामा स्यालको रजाई : कम्पनीको मालिक भ्रमणमा गएको बेला कामदारहरू मिलेर कम्पनीको पैसा खर्च गरेर वनभोज खान हिँडे । बाघको छालामा स्यालको रजाई भनेको यहीँ हो ।
८) हुने हार दैव नटार: हुने हार दैव नटार भनेझै एक कक्षादेखि प्रथम हुने बिमल एसइइ परीक्षामा पनि नेपाल टप नै भएछ ।
९) अचानाको पिर खुकुरीले जान्दैन : सधैं सधैं प्लेनबाट मात्र यात्रा गर्ने रामलाई सधैं सडक यातायात प्रयोग गर्ने यात्रीको पिडा के थाहा हुन्छ र ? अचानाको पिर खुकुरीले जान्दैन भन्छन्।
१०) देख्नेका आँखा फुटे सुन्नेको सही : विद्यालयमा धमाधम पढाइ भैरहेको देखेर म आउँदै छु ,तिमीचाहिँ घरमै बसेर आज विद्यालय बन्द छ भन्छौ त । देख्नेका आँखा फुटे सुन्नेको सही भनेको यहि हो।
११) नमच्चिने पिङको सय झड़का : तिलक सातओटा विषयमा फेल हुन्छ । ऊ भन्छ, यो कक्षामा प्रथम भएरै छाड्छु । नमच्चिने पिङको सय झड्का भनेको यहि हो ।
१२) बाँदरका हातमा नरिबल : बुबाले एक घण्टा अगाडि नयाँ भलिबल किनेर ल्याउनुभएको भाइले त एघार मिनेट पनि नपुग्दै पो फुटाएछ । बाँदरका हातमा नरिबल भनेको यहि हो।
१३) ढुङ्गा खोज्दा देउता मिल्नु: ढुङ्गा खोज्दा देउता मिल्नु भनेझै सुजनलाई मध्यकको हिसाब नजानेर के गर्ने होला भएको बेला गणित शिक्षक टुप्लुक्क घरमै आउनुभयो ।
१४) नाच्न नजान्ने आँगन टेढो : बुबाले बजारबाट मादल किनेर ल्याउनुभएको भाइलाई बजाउन आएन । उल्टै बुबालाई नबज्ने मादल पो ल्याउनु भएछ भन्छ ।नाच्न नजान्ने आँगन टेढो भनेको यहि हो।
१५) कालो अक्षर भैंसी बराबर : ABCD पढ्न नआउने काकालाई अंग्रेजीमा छापिएको पत्रीका पढ्नु भनेको कालो अक्षर भैंसी बराबर भनेजस्तो हो।
१६) नजिकको तिर्थ हेला : नजिकको तिर्थ हेला भनेझैं घरमै गणित पढाउने दाजु हुँदाहुँदै बिमल कोचिङ सेन्टरमा गणित विषयको कोचिङ पढ्न पो जान्छ।
१७) हुने बिरुवाको चिल्लो पात : हुने बिरुवाको चिल्लो पात भनेझै नौ वर्षको उमेरदेखि कविता लेख्न सुरु गरेका लक्ष्मीप्रसाद देवकोटा पछि महाकवि बने ।
१८) मुखमा राम राम बगलीमा छुरा : मुखमा राम राम बगलीमा छुरा भनेझैं आजकल कतिपय चोरहरू दिनभर साधु भएर हिड्छन्  र रात परेपछी चोरीको काममा लाग्छन् ।
 
१९) खाने मुखलाई जुँगाले छेक्दैन : खाने मुखलाई जुँगाले छेक्दैन भनेझै श्यामले पढ्न नसके पनि ठेक्कापट्टा गरेर राम्रो घर बनायो।
२०) उम्केको माछो ठूलो: प्रहरीको हातबाट धौ धौ फुत्किएको त्यो सुरेश अहिले मुद्दा मिलाइदिन्छु भन्दै ठूलो गफ गर्दै हिँड्छ ।उम्केको माछो ठूलो भनेको यही हो ।
२१) आलु खाएर पेडाको धाक : आलु खाएर पेडाको धाक भनेझै घरमा सधैं गुन्द्रुकसँग भात खाने श्याम साथीहरूका अगाडि मलाई त मासु नभै भात खान नै मन लाग्दैन पो भन्छ।
२२) गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेँडु =  गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेँडु भनेझैं दरबार हत्याकाण्डले गणतन्त्रको ढोका खोलिदियो नेताहरू भने आफुलाई नै ठुलो ठान्छन्
२३)  आकाशको फल आँखा तरि मर् = सधैं कुटो कोदालो गरेर खानुपर्ने रामको लागि ठुलो महल बनाएर सुखसँग बस्ने कुरा
आकाशको फल आँखा तरि मर् जस्तै हो
२४) एक कान दुई कान मैदान : श्यामले विद्यालयको कम्प्युटर चोरेको कुरा एक कान दुई कान मैदान भएर गाउँमा फैलिसकेछ ।
२५) जुन थालमा खानु त्यहीँ थालमा चुट्नु = जनताको भोटले चुनाव जितेका नेताहरू जनताकै अहितमा काम गर्दा यो चाला जुन थालमा खानु त्यहीँ थालमा चुट्नु भनेझैं  भो नि।
२६) सपनामा खोले खाएको यहीँ हो : सपनामा खोले खाएको यहीँ हो भनेझैं बिमलको बस्ने एउटा घरसम्म छैन तर ऊ कार चढेर हिंड्ने कुरा गर्दै हिड्छ ।
२७) रातभर करायो दक्षिणा हरायो = रातभर करायो दक्षिणा हरायो भनेझैं साहुको काम मरिमरी गरेर पैसा माग्दा साहुले भोली आउनु भन्दै पो पठाउँछ
२८) चोक्टा खान गएकी बूढी झोलामा डुवेर मरी : चोक्टा खान गएकी बूढी झोलामा डुवेर मरी भनेझैं नेपालमा थोरै कामाई भयो , धेरै कमाउन भनेर विदेश गएको प्रशान्त उल्टै तीन लाख ऋण लगाएर घर फर्क्यो ।
२९) अल्छि तिघ्रो स्वादे जिब्रो = अल्छि तिघ्रो स्वादे जिब्रो भनेझैं जसले पढ्दा परिश्रम गर्दैन उहीँ परीक्षामा प्रथम हुन पाए सोच्छ
३०)  काम साँची आफूलाई खान साँची अरुलाई = काम साँची आफूलाई खान साँची अरुलाई भनेझैं राम !आएर खुरुक्क खाई हाल है नत्र पछि पछुताउनु पर्ला नि
३१) एक हातले ताली बज्दैन :  एक हातले ताली बज्दैन भनेझैं मेरा आफन्तहरू आफूलाई दुख परेका बेला मदत माग्न आउछन तर मलाई दुख परेको बेला कहिल्यै सहयोग गर्दैनन् ।
३२) अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ = अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ भनेझैं हाम्रा नेताहरू राजाले जे बोल्दा पनि तर्सन्छन्
३३) अकबरी सुनलाई कसि लाउनु पर्दैन = अकबरी सुनलाई कसि लाउनु पर्दैन भनेझैं एसएलसीमा विशिस्ट श्रेणीमा पास भएको राम क्याम्पसमा पनि विशिष्ट श्रेणीमा नै पास भयो
३४) के खोज्छस कानो आँखा = के खोज्छस कानो आँखा भनेझैं गणितको हिसाब नजानेर हैरान भएको नविनका घरमा गणित पढाउने शिक्षक आउनुभयो
३५) गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेडु - हामी सबैको श्रमदानबाट विधालय बन्यो, तर पुरस्कार त बिधालय समितिका संचालक अध्यक्षले पो पाए | हो त, गर्ने हनुमान पगेरी गुत्ने ढेडु भनेको यही हो |
३६) मेरो गोरुको बाह्रै टक्का : नविन ! नेपालमा हाल  पचहत्तर जिल्ला छन् भनेर किन बहस गर्न खोज्छौ ?यस्तो गल्ती कुरामा पनि मेरो गोरुको बाह्रै टक्का गर्न हुन्छ ?
३७) म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो : नेपाल कोरोना महामारीबाट पिडित भएको बेला छिमेकी देश भारत नेपालको सिमा अतिक्रमण गर्छ भन्या, म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो भनेको यहीं हो ।
३८) एकले थुकी सुकी,सयले थुकी नदी : सात दिन लगाएर विमलले बनाउन नसकेको चौतारो सबै गाउँलेहरू मिलेर एकै दिनमा बनाए , एकले थुकी सुकी सयले थुकी नदी भनेको यहीं हो ।
३९) चुच्चे ढुंगो उही टुंगो : चुच्चे ढुंगो उही टुंगो भनेझैं श्याम जागीर खोज्न कति ठाउँ गयो । तर कहीं पाउन सकेन र अन्तमा घर नै फर्क्यो ।
४०) जो होचो उसका मुखमा घोचो : तिलक पढाइमा कमजोर छ । कक्षाका सबै साथी मिलेर उसलाई नै प्रश्न सोधेर हैरान पार्छन् ,जो होचो उसका मुखमा घोचो भनेको यहि हो ।
४१) घाँटी हेरि हाड निल्नु = घाँटी हेरि हाड निल्नु भनेझैं  पाँच विषय लागेर फेल हुने राम यसपालि परीक्षामा  प्रथम हुन्छु पो भन्छ
४२) आफू नमरी स्वर्ग देखिदैन :आफू नमरी स्वर्ग देखिदैन भनेझैं विदेशमा त पैसा बोटमा फल्छ भनेर सोच्ने राम विदेश गइ उल्टै १० लाख रिन लगाएर फर्केछ।
४३) तातै खाउँ जलि मरूँ = तातै खाउँ जलि मरूँ भनेर हुँदैन है कान्छा, राम्रो काम गरेर धनी बन्न खोज ,जथाभावी गर्यौ भने दुख पाइएला नि
४४) काम गर्ने कालु मकै खाने भालु : काम गर्ने कालु मकै खाने भालु भनेझैँ  किसानहरू असाध्यै मेहनत गरेर अन्न उब्जाउन्छन् तर फाइदा भने बिचौलिया व्यापारीले लिने गर्छन् ।
४५) औंला दिंदा डुढुल्नो निल्नु : औंला दिंदा डुढुल्नो निल्नु भनेझैं सरकारले भूकम्प पिडितलाई तत्काल वासस्थान निर्माणका लागि एक लाख रुपियाँ दिने निर्णय गर्यो तर उनीहरू पाँच लाख नदिए वासस्थान नै नबनाउने कुरा गर्छन् ।
४६) हात्ती आयो हात्ती आयो फुस्सा = हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं जनताका सबै आवश्यकता पूरा गर्छौं भन्ने दल पनि सरकारमा पुगेर एउटा माखो पनि मार्न सक्दैनन्
४७) काग कराउँदै गर्छ पिना सुक्दै गर्छ : काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेझैं किसानहरू कसैका पछाडि नदगुरी आफ्नो काम गर्छन् ।
४८) अजिंगरको आहरा दैवले जुराउँछ : अजिंगरको आहरा दैवले जुराउँछ भनेझैं नवीनलाई गणितको कोचिङ्ग पढ्न पाँच हजार रुपियाँ खाँचो थियो । यसै बखत काकाले नवीनलाई दस हजार रुपियाँ दिनुभयो ।
४९) आए आँप गए झटारो = आए आँप गए झटारो भनेझैं परे अमेरिका जाने नपरे केहि छैन भनेर  रामले दुई सय रूपैयाँमा डिभी चिट्ठा भरेर आयो
५०)लहरो तान्दा पहरो गर्जन्छ : पियनले सानो घर बनाएको अख्तियारले हाकिमलाई समेत कारवाही गर्यो ,लहरो तान्दा पहरो गर्जन्छ भनेको यहीँ हो ।



  • Reviews (2)
  • sajanpdl
  • 4 Years, 2 Weeks ago

good help for exam from it ????????

  • Chakra bdr.
  • 4 Years, 1 Month ago

betterment

Leave a review

To leave a review, please login to your account. Login