टुक्का : परिचय र प्रकार

टुक्का : परिचय र प्रकार

टुक्का : परिचय र प्रकार 

टुक्का

शब्दको वास्तविक अर्थलाई छाडी विशेष अर्थ दिने पदावलीलाई टुक्का भनिन्छ । यसलाई वाक्पद्धती वा वाग्धारा पनि भनिन्छ । यो उखान भन्दा छोटो हुन्छ । यसले भाषालाई आकर्षक बनाउँछ । अभिव्यक्तीलाई सहज बनाउँछ । धेरैजसो यसको निर्माण क्रियासंग अन्य शब्द जोडिएर हुने गर्दछ । टुक्काले अभिव्यक्तीलाई गहन,सजीव र प्रभावकारी बनाउँछ । टुक्का भाषाका गहना मानिन्छन् । टुक्कालाई मुहाबरा,वाग्धारा, वाक्पद्धती,वाक्यांशका नामले पनि चिनिन्छ । मूल शब्दको अर्थका लागी नभएर त्यसले प्रदान गर्ने विशिष्ट अर्थका लागि टुक्काको प्रयोग गरिन्छ ।

एउटा क्रियामूलसंग आएको शब्द वा शब्द समूहले सोझो अर्थ नदिएर घुमाउरो ,अप्रत्यक्ष वा व्यंग्यार्थ दिन्छ भने त्यसलाई टुक्का भनिन्छ । टुक्कालाई अंग्रेजीमा idiom भनिन्छ । टुक्का हुनका लागि शब्द समूहले सामान्य वा शाब्दिक अर्थ नभएर विशिष्ट र परम्परादेखी मानिएको रूढ अर्थ व्यक्त गर्नुपर्छ ।

उदाहरण :

जरो उखेल्नु : भाइले सयपत्री फूलको जरो उखेल्यो । ( सामान्य अर्थ : बोट उखेल्नु )

जरो उखेल्नु : हामी सबै मिलेर छुवाछुत जस्तो कुप्रथाको जरो उखेल्न जरूरी छ ।( विशिष्ट अर्थ : समाप्त पार्नु )

 

                  टुक्काका प्रकार :

टुक्कामा जोडिने शब्दका आधारमा टुक्कालाई २ भागमा विभाजन गर्न सकिन्छ ।

  • क्रियायुक्त टुक्का
  • क्रियामुक्त टुक्का

..............................................................................

क)क्रियायुक्त टुक्का : टुक्काको अन्त्यमा क्रिया आएको हुन्छ भने त्यसलाई क्रियायुक्त टुक्का भनिन्छ ।

उदाहरण : कपाल खानु (हैरान पार्नु )

     परिचय दिनु (चिनाउनु )

     दंग पर्नु (खुसी हुनु )

 

ख)क्रियामुक्त टुक्का : टुक्काको अन्त्यमा क्रिया जोडिएको हुँदैन भने त्यसलाई क्रियायुक्त टुक्का भनिन्छ ।

उदाहरण : गोरु बेचेको साइनो (धेरै टाढाको नाता )

          औंसीको जून (असम्भव कुरा )



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login