टुक्काहरू र तिनको वाक्यमा प्रयोग

टुक्काहरू र तिनको वाक्यमा प्रयोग

Write Something...

नेपाली भाषामा प्रचलित केही टुक्काहरू र तिनको वाक्यमा प्रयोग :

  1. आँखा चिम्लनु = चार दिन लगातार पखाला लागेर रामका हजुरबाले आँखा  चिम्लेछ्न् ।

  2. आलु खानु = दिपेन्द्रले यसपाली कक्षा ११ को  परिक्षामा आलु खाएछ ।

  3. इतिश्री हुनु = फुट्बल खेलको भोलि  इतिश्री  हुँदैछ ।

  4. कम्मर कस्नु = नेपालको बिकास गर्न अब हामी सबै कम्मर  कसेर लाग्नुपर्छ ।

  5. उन्मुलन हुनु = नेपालबाट औलो रोग  उन्मुलन गर्न जरुरी छ ।

  6. ओरालो लाग्नु = जुवातासले रामको जिन्दगी  ओरालो लागेछ ।

  7. कन्सिरी तात्नु = झुटो आरोप लगाउँदा कसको कन्सिरी तात्दैन र?

  8. तगारो हाल्नु = राणाहरूले नेपालको बिकाशमा  तगारो  हाले ।

  9. डेढ अक्कल लगाउनु = हरेक कुरामा डेढ अक्कल लगाउने  बानिले नेपालीहरू पछ्डी परेका हुन्।

  10. टाउको खानु = छोराले कम्प्युटर किनिदेउ भनेर बाबुको टाउको खायो ।

  11. ट्वाल्ल पर्नु = जादुगरको जादु देखेर म त ट्वाल्ल परे ।

  12. झसङ्ग हुनु = बाटोमा हिँड्दा सर्प देखेर त म झसङ्ग भए ।

  13. जिब्रो टोक्नु = रामका ९७ बर्षे काकाले आज जिब्रो टोकेछ्न् ।

  14. जरो गाड्नु = हाम्रो समाजमा भ्रष्टाचारले जरो गाडेर बसेको छ ।

  15. जरो उखेल्नु = छाउपडी जस्ता कुप्रथाको जरो उखेल्नु पर्छ ।

  16. श्रीगणेश गर्नु = भोलिदेखि कक्षा ९ को  परीक्षाको श्रीगणेश हुँदैछ ।

  17. सन्यास लिनु = चुनाव हारेपछी रामले राजनीतिबाट सन्यास लिएछ ।

  18. मुख सिउनु = अनावश्यक बोल्नुभन्दा मुख  सिएरबस्नु बेस होला।

  19. रजाइँ गर्नु = राणाहरूले १०४ वर्षसम्म रजाइँ गरे ।

  20. रगत चुस्नु = भ्रष्टाचारीले नेपाली जनताको रगत चुसे ।

  21. मुख लुकाउनु = दुलहीले दुलाहालाई देखेर मुख लुकाईन् ।

  22. मुख ताक्नु = अर्काको मुख ताकेर बस्नु राम्रो होईन ।

  23. भुतुक्क हुनु = केटाकेटीहरू कार्टुन भनेपछि भुतुक्क हुन्छ्न्।

  24. बात लाग्नु = रामेलाई मोबाइल चोरेको बात लागेछ ।

  25. नेटो काट्नु = चोरहरूले नेटो काटेपछि बल्ल पुलिस पुगे ।

  26. नाक काट्नु = सीता बदमास केटासँग भागेर परिवारको नाक काटि ।

  27. धराशायी हुनु = कच्चा पदार्थको अभावले नेपालका उद्योगहरू धराशायी हुँदै छ्न् ।

  28. अघि सर्नु = रामलाल जे काम गर्न पनि अघि सर्छ ।

  29. अनुसरण गर्नु = राम्रो कुराको सबैले अनुसरण गर्नुपर्छ ।

  30. अलप हुनु = रामको छोरो दुई दिनदेखि अलप भएछ ।

  31. हुरुक्क हुनु = सीता आँपको अचार भनेपछि हुरुक्क हुन्छे ।

  32. हावा खुस्कनु = श्याम हावा खुस्केकाले जे मन लाग्यो त्यही भन्दै हिँड्छ ।

  33. हातमुख जोर्नु = गरिबलाई रातदिन काम गर्दा पनि हातमुख जोर्न पनि धौधौ पर्छ ।

  34. स्वाहा पार्नु = सिताको लोग्नेले जुवा खेलेर सबै सम्पत्ति स्वाहा पारेछ ।

  35. सुँईकुच्चा ठोक्नु = चोरहरूले गाउँलेलाई लुटेर सुँईकुच्चा ठोकेछ्न् ।

  36. सुँइको पाउनु = प्रहरीले केटी बेच्ने गिरोहको सुँइको पाए ।

  37. दिन फर्कनु = बिदेशबाट पैसा कमाएर ल्याएपछि रामको परिवारको दिन फर्किए ।

  38. थला पर्नु = चिसो लागेर रामका बाबु थला परेछ्न् ।

  39. चन्द्रमा दाहिने हुनु = रामको दिन  भएर होला यसै बर्ष एसईई पास गर्यो यसै पाली राम्रो जागिर पायो ।

  40. घुडा टेक्नु = २००७ सालमा राणा शासनले जनता सामु घुडा टेक्यो ।

  41. खुट्टो घुमाउनु = तराईमा दाइजो प्रथाले खुट्टो घुमाउन सफल भएको छ ।

  42. कुलेलम ठोक्नु = रामेले सुन्तलीलाई लिएर राती नै  कुलेलम ठोकेछ ।

  43. कुरा खानु = रामले पक्कै पनि तिम्रो कुरा खान्छ होला ।

  44. कुरा चोर्नु = रामे अर्काको मनको कुरा चोर्न सिपालु छ ।

  45. कान खानु = छोराले गित गाउनु भनेर बाबुको कान खाइसक्यो ।

  46. काँधमा काँध राख्नु = देशको बिकास गर्न सबै नेपालीले काँधमा काँध राखेर अगाडि बढ्नुपर्छ ।

  47. कहाली लाग्नु = मलाई त रोटे पिङ खेल्दा निकै कहाली लाग्छ ।

  48. आँखाको कसिङ्गर हुनु = बुवाको पैसा चोरेर राम आँखाको कसिङ्गर भएको छ ।

  49. आगो हुनु = छोरो १० कक्षामा फेल भएपछि रामका बुबा आगो भए ।

  50. आत्मसमर्पण गर्नु = चोरहरूले पुलिस सामु आत्मसमर्पण गरे ।

  51. औँला ठड्याउनु = हामिले कुसंस्कार विरुद्ध औँला ठड्याउनु पर्छ ।

  52. ओठमुख सुक्नु = परीक्षामा फेल हुन्छु कि भनेर रामले परीक्षा दिदादिँदै ओठमुख सुकायो ।

  53. ओझेल पर्नु = प्रचार प्रसारको अभावले नेपालको लुम्बिनी ओझेलमा परेको छ ।

  54. -याल काढ्नु = अर्काको सम्पत्तिमा अनावश्यक -याल काढ्नु  हुँदैन ।

  55. बाध्य हुनु = म तिम्रो कुरालाई काट्न नसकेर आज यँहा आउन बाध्य छु |

  56. जाल रच्नु = आफ्नो स्वार्थ पुरा गर्नका लागि मानिसहरु जाल रच्ने काम गर्न पछि पर्दैनन् |

  57. टाप कस्नु = प्रहरीलाई देख्न साथ चोरले टाप कस्यो |

  58. ज्यान जोगाउनु = हुलमुलमा सधै ज्यान जोगाउनु पर्छ |

  59. आगो हुनु = उसका कुरा सुनेर बिमला आगो भई |

  60. कुलेलम ठोक्नु = कुकुर देख्ने बित्तिकै स्यालले कुलेलम ठोक्यो |

  61. निराशा हुनु = परिक्षामा असफल भएकाले सागर निराशा भएको छ |

  62. शरणको मरण हुनु = विवेकशील मानिसले शरणको मरण गर्नु हुदैन |

  63. उन्मत्त हुनु = कंश राजा राजसिंहासनमा बसेपछि उन्मत्त भएका थिए |

  64. सत्तासीन हुनु = सत्तासीन भएपछि जनतासामु गरिएका बाचा कसले पो सम्झन्छ र ?

  65. अंकमाल गर्नु = लामो समयपछि भेटेको मेरो बालसखालाई मज्जाले अंकमाल गरे |

  66. अशान्त हुनु = देशको खराब राजनीतिका कारणले मेरो मन सधै अशान्त हुन्छ |

  67. मुसुक्क मुस्कुराउनु = विद्यालयबाट फर्केपछि मेरो ममीले सधै मुसुक्क मुस्कुराउदै खाजा दिनुहुन्छ |

  68. अलपत्र पर्नु = यात्रामा गएको गाडी बिग्रेर यात्रुहरू अलपत्र परे ।

  69. घैँटामा घाम लाग्नु = विदेश गएर दुख पाएपछि बल्ल रामको घैँटामा घाम लागेको छ ।

  70. रातो मुख लाउनु = गृहकार्य नगरेकाले रामले शिक्षकको अगाडि रातो मुख लगायो ।

  71. थङ्थिलो पार्नु = रामले रिसको सुरमा आफ्नै छोरीलाई कुटेर थङ्थिलो पारिछे ।  

  72. राता राता आँखा पार्नु = अंग्रेजलाई नेपालको भूभाग सुम्पने कुरा सुनेर भिमसेनले आँखा राता राता बनाए|

  73. खेलवाड गर्नु = आफ्नो बालबच्चाहरुको भविष्यमाथि अभिभावकले कहिल्यै खेलवाड गर्नु हुदैन |

  74. आफ्नो टाउकामा आफैले बन्चरो हान्नु = मेरो साथीलाई मैले राम्रो पढ्ने कुरा सिकाएको ऊ उल्टै रिसाए गयो मैले आफ्नो टाउकोमा आफै बन्चरो हाने |

  75. धावा बोल्नु = मेरो दादाले म माथि धावा बोल्ने कुरा सुनेर अचम्म लाग्यो |

  76. जोरी खोज्नु = आफुभन्दा शक्तिशाली शत्रुसंग जोरी खोज्नु राम्रो होइन |

  77. वचन दिनु = मैले भाइलाई सहयोग गर्ने वचन गरेको छु |

  78. तिललाई पहाड बनाउनु = राम तिललाई पहाड बनाउन खुब सिपालु छ |

  79. चन्द्रमा दाहिने हुनु - चन्द्रमा दाहिने भएकाले गर्दा म दुर्घटनाबाट बचें।

  80. अलप हुनु - आकाशमा हिँड्दै गरेको तारा एकैछिनमा अलप भयो।

  81. मत्त हुनु - आमाको आड पाएर केटाकेटीहरू साहै मत्त भएका छन् ।

  82. इन्तु न चिन्तु हुनु - भाइ ज्वराले इन्तु न चिन्तु भएर सुतेको छ।

  83. रिसले चुर हुनु- मैले गलैचामा चिया पोखेको देखेर दाजु रिसले  चुर हुनुभयो।

  84. विवश हुनु - म तिमीलाई घरमा बोलाउन विवश छु ।

  85. सोतर हुनु - कोरोना महामारीले गर्दा विस्वमा धेरै मानिस सोतर भए।



  • Reviews (1)
  • Chakra bdr.
  • 4 Years, 1 Month ago

beautiful ❤️❤️❤️❣️❣️❤️❤️

Leave a review

To leave a review, please login to your account. Login