फेसबुकमा कस्ता प्रकारका मान्छे हुन्छन ? एक विश्लेषण

फेसबुकमा कस्ता प्रकारका मान्छे हुन्छन ? एक विश्लेषण

1.मिस्टर नेगेटिभ : यो बर्गमा पर्ने मान्छेहरु सधैं अरुको आलोचना र गाली मात्र गरेर स्टाटसहरु लेख्छन । शेरे चोर, ओली फटाहा, गगन यस्तो ,पर्चन्ड उस्तो आदी । साथै अरुको पोस्ट्मा पनि सधैं नकारत्मक कमेन्ट गर्छन, गोली हान्दे , फाँसी दे,काटी दे आदी । यस्ता मान्छेलाई फेसबूकबाट हटाइदिनुहोस् , किनकी फेसबूक पनि एउटा समाज हो जहाँ खराब ब्यक्तिको संगतले हामीमा पनि खराब प्रभाव पर्छ।

2.मिस्टर गुनासो : यो कोटिका मान्छेहरु सधैं गुनासो गर्छन् , बिजुली गयो उफ्फ , मोबाइलमा चार्ज सकियो उफ्फ , गर्मी भयो उफ्फ , पेट दुख्यो उफ्फ ,पानी आयो उफ्फ , हावा चल्यो उफ्फ । यस्ता कुराले तपाईंको पनि मनस्थितिमा प्रभाव पार्ने भएकोले यस्ता मान्छेलाई फेसबूकबाट हटाउदा नै बेस हुन्छ ।


3.अवस्था कुमार: यो बर्गमा पर्नेहरुले जे काम गरे पनि फेसबूकमा हाजिर गरी हाल्छन । खाँदै गरेको अवस्था, पिउदै गरेको अवस्था, सुत्न लागेको अवस्था , निदाएको अवस्था, कुन दिन सपना देख्दै गरेको अवस्था लेख्न बेर छैन । यस्ता मान्छेहरुलाई नहटाउदा पनि हुन्छ , कहिलेकाही हास्ने मौका मिल्छ । 


4.बिजनेस लाल : यो कोटिमा पर्ने मान्छेहरुले सधै फेसबूकमा आफ्नो बिजनेसको प्रचार मात्र गरिरहेका हुन्छन् । मेरो स्कुल यस्तो, मेरो होटल यस्तो , मेरो कन्सल्टेन्सीमा आउनु , मेरो ट्रैनिङ सेन्टर यस्तो (haha)आदी । हुन त सामाजिक सन्जालबाट ब्यबसहिक फाईदा लिनु राम्रो हो तर सधै त अरुलाई पनि वाक्क लाग्छ नि हउ । (कुरो)


5.मिस्टर क्यान्डी क्रश :कहिले काही तपाईंलाई नोटिफिकेशन आउछ अनी खोलेर हेर्दा फलानो invited you to play candy crush भन्छ । यदी यस्तो आयो भने त्यो ब्यक्तीलाई सिधै ब्लक नगरनुहोला किनकी त्यो भाईरसले गर्दा पनि हुनसक्छ । 


6.सनसनी प्रसाद : यस्ता मान्छेहरुलाई सनसनीपूर्ण हल्ला फैलाउन खुब मन पर्छ, कुनै ठाउमा गाडी पल्टेर दुई जना घाइते भएका छन भने "दुई दर्जन मरे" भनेर लेख्छन , कुनै सडक दुर्घटनामा बिभत्स रगत र मरेको लासहरुको फोटो खोजी खोजी शेयर गर्छन् , एउटा घर आगोले जलेको छ भने पुरै गाउ आगोले सखाप भन्दै लेख्छन । कहिले काही त ठिकै हो तर सधैं यस्ता सामाग्री शेयर गर्ने मान्छेहरुलाई फेसबूकबाट हटाएको राम्रो किनकी नराम्रो समाचारले तपाईंको पनि दिन खराब हुन्छ । 


7.मिस्टर चियोचर्चो : यस्ता मान्छेहरू आफुले फेस्बूकमा कुनै अप्डेट गर्दैनन तर अरुका प्रोफाइल र फोटाहरु खोजी खोजी हेर्छन । अरुकै बारेमा चियो गर्न उनिहरुले फेसबूक बनाएका हुन्छन । चाहे जतीसुकै राम्रो स्टाटस र फोटो राख्नुहोस् , उनिहरुले Like , Comment गर्लान भनेर आश नगरे हुन्छ ।


8.उपस्थिती लाल : यो बर्गमा पर्ने मान्छेहरुलाई आफु अहिले कुन ठाउँमा छन र कहाँ जाँदै छन अरुलाई भनिहल्नु पर्ने हुन्छ । Going to Delhi,Going to Nepalgunj ,Enjoying at dhulikhel ,Travelling to pokhara । कहिले कही त ठिकै हो तर सधैं यसरी आफु कहाँ के गर्दै छ भन्ने बारेमा फेसबूकमा राख्दा तपाईंका दुस्मनलाई तपाईंका बिरुद्दमा योजना बनाउन सजिलो हुन्छ र तपाईं असुरक्षित हुनुहुन्छ भनेर प्रहरी प्रशासन भन्छ । यसर्थ सधै यसो नगरेको राम्रो । 


9.लाइक बहादुर : यो बर्गका मान्छेहरू तपाईंका डाइहर्ट फ्यान हुन्छन , तपाईंले जे जस्तो फोटो र स्टाटस राखे पनि हेर्दै नहेरी लाइक गर्छन् । तर एक चोटि तपाईंसँग रिसाए भने तपाईंलाई फर्केर हेर्दैनन् ।


10.सेल्फी कुमारी : यो बर्गमा प्राय: केटीहरु पर्छन । उनिहरुले सधैं सेल्फी मात्र अप्लोड गर्छन् । लिपिस्टिक लायो सेल्फी,खान खायो सेल्फी , सुत्न थाल्यो सेल्फी , एउटाले त लाससँग पनि सेल्फी खिच्या देखेको मैले । मान्छेहरु किन यति बिधी सेल्फी खिच्दा रैछन् भनेको त यो सजिलो हुने रहेछ र पो रहेछ, तनक्क एउटा हात तान्यो, बङ्गुरलेझै थुतुनो तान्यो ,खिचिक्क पार्यो , सकियो । तर कहिलेकाही राखेको चै राम्रै हुन्छ है ।


11.उपदेश बाबा : यो कोटिका मान्छेहरू आफ्नो जीवन जस्तोसुकै भएपनी फेसबूकमा भने उपदेश दिन्छन । खुशी हुनुपर्छ, सकारात्मक हुनुपर्छ ,मुस्कुराउनु पर्छ आदी । कुनै राम्रो कोटेशन , राम्रो कहानी पायो कि फेसबूकमा राखी हाल्छन । (यसमा त आफु नै परियो जस्तो छ ।)


12.मिस्टर कामदेव : यस्ता मान्छे हरु सधैं फेसबूक मा अस्लील र कामुक सामाग्रीहरू शेयर गर्न रुचाउछन । अर्चनाको निलो फिलिम , तिर्सनाले देखाइन तिघ्रा,रेखाले देखाइन पिडौला आदी । यस्ता मान्छेहरूलाई बेलैमा हटाएको राम्रो नत्र परिवारसँग बसेर फेस्बूक चलाऊन पनि डराउनु पर्छ । 

(यो सामाग्री रमाइलोको लागि बनाएको हो कसैको जीवनमा मेल खाएमा सम्योग हुनेछ ।कसैले पनि Mind. नगरनुहोला । )


र 


अन्त्यमा बोनस


13.चोर कुमार : अरुको स्टाटस राम्रो लागे शेयर गर्नु पर्छ , नत्र स्रोत खुलाएर कपी गर्नु राम्रो । कतिपय मान्छे यस्ता हुन्छन कि आफुलाई मन परेको स्टाटस चाहे जसको होस् लाजै नमानी चोर्छन ।



Writer:

Dr. Tara Jii
काठमाडौं



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login