- Home
- Show Content
यो बिल भनेको के हो आमा ?
यो बिल भनेको के हो आमा ?
" यो बिल भनेको के हो आमा ? " 8 वर्षको छोराले आमासित सोध्यो ।
आमाले सम्झाइन् - " जब हामी कसैसित कुनै सामान लिन्छौ या काम गराउछौ भने त्यसले सामान या कामको बदलामा हामीसित पैसा लिन्छ , र हामीलाई त्यो सामान या कामको सुचि बनाएर दिन्छ , त्यसैलाई हामी " बिल " भन्छौ ।
केटाले कुरो राम्रोसित बुझेछ , राती सुत्नुभन्दा पहिले उसले आमाको सिरानीको तल एउटा कागज राख्यो , जसमा त्यो दिन को हिसाब लेखिएको थियो ।
बुवाको लागि पसल बाट सामान ल्याए???? रु 5
बुवाको लागि पेन किलर बाम ल्याए ????रु 5
हजुरबुवालाई मालिस गरे???? रु10
आमालाई चाबी खोजेर दिए ????रु 10
कुल ????रु 30
यो केवल आजको बिल हो , यसलाई आज नै भुक्तान गरिदिनुभयो भने राम्रो हुन्छ , "/
बिहान जब ऊ उठ्दा तब उसको सिरानीको तल रु 30 राखिएको थियो , यसलाई देखेर ऊ धेरै खुशी भयो कि यो राम्रो काम मिलेछ ।
त्यतिखेरै उसले अर्को कागज पनि त्यही राखिएको देखेछ , छिटो - छिटो उठाएर उसले पढ्न शुरु गरेछ , त्यसमा आमाले लेखेकि थिइन् .......
जन्मदेखि अहिले सम्म को पालनपोषन गरेको ????-- रु 00
बिरामी पर्दा नसुती - नसुती रातभरी छातीमा टाँसेर घुमाएको????रु00
स्कुल पठाउएको र होमवर्क गराएको ???? -- रु 00
बिहान देखि बेलुका सम्म खुवाएको , पिलाएको , कपडा सिलाएको र प्रेस गराएको ????-- रु 00
अधिकतर मागहरु पूरा गर्दै आइरहेको???? -- रु 00
कुल???? रु 00
यो अहिले सम्म को पूरा बिल हो , यसलाई भुक्तान गर्न चाहयौ भने गरिदिनु "/
केटाको आँखा बाट गहभरी आँशु बग्न थाल्यो , सिधा गएर आमाको खुट्टामा झुकेछ , र मुश्किल ले बोल्यो - " तपाइको बिल मा त मोल नै लेखिएको छैन आमा , यो त अनमोल छ , यसलाई भुक्तान गर्न लायक को धन हामीसित कहिल्यै हुदैन , मलाई माफ गरिदिनुस आमा ।
आमाले मुस्कुराउदै उसको आँखाबाट झरेको आँसु पुछ्न थालिन् ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review