श्रुतिसमभिन्नार्थी शब्द : परिचय र प्रयोग

श्रुतिसमभिन्नार्थी शब्द : परिचय र प्रयोग

श्रुतिसमभिन्नार्थी शब्द : परिचय र प्रयोग 

श्रुति = सुन्दा

सम = उस्तै

भिन्न = फरक

अर्थ = आशय बुझाउने

सुन्दा उस्तै जस्तो लाग्ने तर भिन्न अर्थ बुझाउने शब्दलाई श्रुतिसमभिन्नार्थी शब्द भनिन्छ । श्रुतिसमभिन्नार्थी शब्दलाई अंग्रेजीमा Homonym भनिन्छ । यस्ता शब्दलाई समरूपी वा श्रुतिसमभिन्नार्थक शब्द पनि भनिन्छ ।यस्ता शब्दहरू बोल्दा वा सुन्दा समानजस्ता लाग्छन् ।तर लेख्दा भने भिन्नै हुन्छन् वा भन्दै अर्थ जाहेर गर्दछन् ।

बोल्दा सुन्दा उस्तै लाग्ने तर अर्थ फरक हुने शब्दलाई श्रुतिसमभिन्नार्थी शब्द भनिन्छ

उदाहरण :

आवास(बस्ने ठाउँ ) : डढेलोले गर्दा जनावरहरूको आवास संकटमा पर्यो ।

 आभास(अनुमान ) : मलाई परीक्षामा अनुत्तिर्ण भईन्छ कि भन्ने आभास भयो ।

केही श्रुतिसमभिन्नार्थी र तिनका अर्थहरू :

१) यस – यो    

यश – कीर्ति  

 

२) कोस – दुरी   

कोश – सङ्ग्रह

 

३) शाला – ठाउँ  

साला – श्रीमतीको भाइ

 

४) पट्टि – तर्फ   

पट्टी – बाँध्ने कपडा

 

५) सित – सँग   

शीत – पानीको थोपा

 

६) पाली – अर्माली

पालि – पटक

 

७)जाति = जात बिशेश

जाती = असल

 

८)दिन = समय

दीन = दुखी

 

९)बीस = संख्या

विष = बिख

 

१०)तिर = तर्फ

तिर= किनार,बाँण

 

११)फुल=अण्डा

फूल =पुष्प ,कुसुम

 

१२)सब=सबै,

शब=लास,मृत शरीर

 

१३) सर्ग - खण्ड

स्वर्ग - देवलोक

 

१४)क्षण - छोटो समय

छेड - घोचपेच

 

१५)महिना - ३०दिन

मैना - चरो

 

१६) मानिस - मान्छे

मानिस् - मान्ने काम

 

१७) पाइन् - प्राप्त

पाइन - शक्ति

 

१८) संवेदना - अनुभुति

समवेदना - समान पिडा

 

१९) बेस - राम्रो

वेश - पहिरन

 

२०) विद्या -शिक्षा

विधा - साहित्यिक किसिम

 

२१) देश - राज्य

द्वेष - ईर्ष्या

 

२२) पट्टी - ब्यान्डेज

पट्टि - तर्फ

 

२३) पारि - पल्लो पट्टी

पारी - सारिको किनार

 

२४) प्रदान - दिनु

प्रधान - प्रमुख

 

२५) फेरि - अर्को पटक

फेरी - बदल्ने काम

 

२६) बाजि-पटक

बाजि - होड

 

२७) बात - कुरो

बाथ - रोग विशेष

 

२८) भाँडा - भाँडाकुँडा

भाडा - बहाल

 

२९) लक्ष -लाख

लक्ष्य - उद्देश्य

 

३०) अन्न - अनाज

अन्य - अरु

 

३१) आँट - साहस

आँत - भित्री भाग

 

३२) आँधी -हुरी

आधी -आधा

 

३३) आभास - झलक

आवास - घर

 

३४) अपेक्षा - इच्छा

उपेक्षा - बेवास्ता

 

३५) उपयुक्त - ठिक

उपर्युक्त - माथिको

 

३६) कुल- वंश

कूल - नदीको तट

 

३७) कोट - लुगा

कोत- हतियार राख्ने ठाँउ

 

३८) कृति - रचना

कीर्ति- ख्याति

 

३९) को पर्छ - नाता

कोपर्छ - चिथोर्नु

 

४०) खालि - मात्र,केवल

खाली - रित्तो

 

४१) ग इन- नजानु

ग इन् - जानू

ताप - तापक्रम

 

४२) डर - भय,त्रास

दर - मूल्य

 

४३) ढोका -द्वार

धोका - छ्ल,कपट

 

४४) दण्ड -सजाय

द्वन्द्व - संघर्ष

 

४५) दिशा - पूर्व ,पश्चिम्

दिसा - आची

 

४६) देखि - बाट

देखी - देख्नु

 

४७) दूत- सन्देश वाहक

दुध - पेय पदार्थ

 

४८) दीप - बत्ती

द्वीप - टापु

 

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login