श्रुतिसमभिन्नार्थी शब्द : भाग २

श्रुतिसमभिन्नार्थी शब्द : भाग २

थप श्रुतिसमभिन्नार्थी शब्द : यस खण्ड अन्तर्गत केही शब्दहरूको श्रुतिसमभिन्नार्थी शब्द दोहोरिएको हुन् सक्छ । कृपया कुन कुन दोहोरिएका छन् Comment गरेर सहयोग गर्नुहोला । विस्तारै परिमार्जन गर्दै जाने छौं ।

श्रुतिसम शब्द-२

 

 

निर - छेऊ

 नीर - आँसु

 

चिन-चिन्ने काम गर

चीन - एउटा देश

 

सिता- भातको सानो अंश

सीता-रामकी पत्नी, स्त्रीविशेष

 

रति - प्रेम

रती- अलिकति पनि

जाति - जात

जाती - असल

 

पट्टि - बन्धन

पट्टी- तर्फ

 

पारि - पल्लोपट्टि

पारी - सारीको छेउ

 

लागि - निम्ति

लागि - लागेर

 

असि - तरबार

असी-८०

 

भरि - पूर्ण

भरी-भर्ने काम गरी

 

भिड - लड्ने काम गर

भीड-हल

 

कुल-वंश

कूल - तीर, सम्पूर्ण

 

जुन-जो

जून - चन्द्रमा

 

फूल - अण्डा

फूल - पुष्प

 

सुर-लय

सूर - विद्धान्न

 

गाउँ-ग्राम

गाऊँ - गाउने काम गरु

 

पाउ- पद

पाऊ- पाउने काम गर

 

ज्यापु - कपासको बीउ

ज्यापू - नेवारको एक जाति

 

चिल - चिल्ने काम गर

चील - एक जातको पक्षी

 

लेऊ-लिने काम गर

लेउ - ढङ्गा आदिमा जमेको पत्र

 

शर - बाण

सर - जीत

 

शाला - घर

साला - श्रीमतीको भाई

 

शील - स्वभाव

सिल - माछा उन्ने सुइरो

 

शेर सिंह

सेर-१२ पाउको तौल

 

ताश- बहुमूल्य कपडा

तास - बाउन्न पत्तीले खेलिने खेल

 

पाश-बन्धन, जाल

पास - उत्तीर्ण

 

कोश - भण्डार

कोस - दुई माइलको नापो

 

खेल - कीडा

खेल - खेल्ने काम गर

 

खोल-आवरण

खोल् - खोल्नेका काम गर

 

बल- ताकत

बल् - बल्ने कार्य गर्

 

 पाइन - शक्ति

पाइन् - पाउने काम गरिन्

 

सुन - स्वर्ण

सन् - सन्ने कार्य गर्

 

भयको - रहको

भएको- सकिएको

 

को पर्छ - के नाता पर्छ ?

कोपर्छ-चिोर्छ

 

गाउँ छ- कुनै ठाउँ छ

गाउँछ - गाउने काम गर्छ

 

डाम यो-यो दाग हो

डाम्यो - पोल्यो

 

काम छ- कार्य छ

काम्छ - थर्कन्छ, डराउँछ

 

हार छ - लहर छ

हार्छ- पराजीत हुन्छ

 

पर्सि दिन्छ - दुई दिनपछि दिन्छ

पर्सिदिन्छ - पूजा गरिदिन्छ

 

चल न - हल्लिनु

चलन- परम्परा

 

गए र -के गए?

गएर - गई/गएपछि

 

तल तल - निकै तल

तलतल - तिर्सना

 

काठ - लकडी

काँठ - सहरबाहिरको क्षेत्र

 

खाइन् - केटीले खाइन्

खाईन - मैले खाइनँ

 

ढाट - बार

ढाँट - झूटो, ढटुवा

 

 चाप - दबाब

चाँप - एक जातको फूल/रुख

 

ताती-बच्चा हिँड्ने ढङ्ग

ताँती - लहर

 

दाइ - दाजु

दाई- धान झार्ने धानपरालमा गोरु

 

पाउ - खुट्टा

पाउँ- अमिलो पदार्थ

 

बाधा - अवरोध

बाँध - बन्धक, बंधुवा

 

बास - बसाइ, वस्ने आधार

बांस - एकप्रकारको वनस्पति

 

राडी - एक प्रकारको विछयौना

राँडी - विधवा

 

साढे - आधा समेतको

साँढे - डामेर छाडेको गोरु

 

आदि - इत्यादि

आधी - आधा

 

आवास - वासस्थान

आभाष - अनुभूति

 

बेस - जाती

भेष - पहिरन

 

गदा - एउटा हतियार

गधा - एक जातको पशु

 

गडी - गड्ने काम गरी

गढी - सानो किल्ला

 

खाक - खरानी

खाग - गैंडाको सिङ

 

कोट - लुगाविशेष

कोत - हतियार राख्ने ठाउँ

 

खाट - पलङ

खात - थुप्रो

 

टार- सम्म परेको जमिन

तार-फलामको डोरी

 

टाप - घोडाको खुर

ताप.- गर्मी

 

 

टोप - एक खालको टोपी

तोप-ठूलो बन्दुक

 

मोटी-मोटो शरीर भएकी

मोती - बहुमूल्य पदार्थ

 

पाटी - यात्रु बस्ने घर

पाती -फूलपाती

 

गोटा - वटा

गोता - सास्ती

 

रटन - घोक्न

रत्न - अनमोल पदार्थ

 

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login