- Home
- Show Content
अनेकार्थक शब्द :परिचय र प्रयोग
अनेकार्थक शब्द :परिचय र प्रयोग
अनेकार्थक शब्द :परिचय र प्रयोग
शब्द (एक) -- अर्थ (२ वा २ बढी ) = अनेकार्थक शब्द
कुनै शब्दले प्रसंगअनुसार एकभन्दा बढी अर्थ दिन्छ भने त्यस्तो शब्दलाई अनेकार्थक शब्द भनिन्छ । अनेकार्थक शब्दलाई अनेकार्थी शब्द पनि भनिन्छ । अंग्रेजीमा यसलाई Polsemy भनिन्छ । यस्ता शब्दले कम्तिमा दुई वा सो भन्दा बढी फरक अर्थ जाहेर गर्दछन् ।यदि कुनै शब्दले एउटा मात्र अर्थ जाहेर गर्यो भने त्यो शब्द अनेकार्थक हुन सक्दैन ।यस्ता शब्दहरू वाक्यमा प्रयोग भइसके पछी मात्र विषय वा प्रसंग अनुसार फरक अर्थ जाहेर गर्दछन् ।
स्थान वा परिवेश अनुसार भिन्न भिन्न अर्थमा प्रयोग हुने एउटै शब्दलाई अनेकार्थक शब्द भनिन्छ ।
उदाहरण :
विज्ञान : आजको युग विज्ञानविना अपुरो रहन्छ ।(विज्ञान - अनेकार्थक शब्द होइन )
अर्थ(धन) : कोरोना महामारीले गर्दा नेपालको अर्थतन्त्र थला परेको छ ।
अर्थ (आशय): मेरो भनाइको तिमीले गलत अर्थ लगायौ ।
|
शब्द अनेक अर्थ
कस = खिया कस = दाग
जलन = पोलाइ जलन = ईर्ष्या
अर्थ - धन अर्थ - मतलब
जाली - कपटी, जाली - जालझेल गर्नु
कर - तिरो कर - जिद्दी
तर - संयोजक, तर - दूधको तर, तर -तर्ने काम
नारी - स्त्री, नारी - नाडी
फल - परिणाम, फल -रूखको फल
वेला - समय, वेला -पानी राख्ने भाँडो
मेला - उत्सव, मेला -खेतीको काम
रहर -इच्छा रहर -दाल
कल - झगडा, कल - मेसिन
मास - महिना, मास - दाल
साँचो - सत्य, साँचो -ताला
ताल - सुर, ताल - पोखरी
पक्ष - पखेटा , पक्ष - पन्ध्र दिन
जाल -पासो, जाल - झेल
साल - एक प्रकारको रुख, साल - वर्ष
नाल - बन्दुकको नली, नाल -फोहोर फल्ने ठाउँ
गोल - अँगार, गोल - बाटुलो, गोल - समूह
दाना - अन्न, दाना - बियाँ
दल - पार्टी, दल - समुद्र
दर - भाउ, दर - तिजको अघिल्लो दिन खाइने खाना
पुतली - खेलौना, पुतली -आखाँको नानी
उत्तर - एउटा दिसा, उत्तर - जवाफ
हार - पराजय, हार - माला
टीका - तिलक , टीका - दसैँ
कछाड=सानो धोती , कछाड=पहाडको तल्लो भाग
कदम =पाइला , कदम =एक जातको रुख
कब्जा= नियन्त्रण , कब्जा=झ्याल ढोकामा लगाउने
कैँडा= फर्सीका चिचिला, कैँडा=तिघ्रा पिडौला दुख्नु
कोठी = सानो कोठा, कोठी =छालामा देखिने दाग, कोठी =वेश्यालय
खोटो = सल्लाको चोप, खोटो = नचल्ने पैसा
जङ्गी = रिसाहा, जङ्गी =बहादुर , जङ्गी =ज्यादै ठुलो
ढकनी = बिर्को , ढकनी =दूध घिउमा पकाइने भात
ताल = पोखरी , ताल = ढंग , ताल =पटक
बैँस = एक जातको रुख , बैँस =जवानी
भुजा= हात, भुजा=भात
रहर = एक प्रकारको दाल , रहर =चाहना
सिट्ठी = दुब्लो , सिट्ठी =जलेर बांकी रहेको भाग
सुर = छेउ , सुर =होस, सुर =बाजाको स्वर
हार = माला , हार =पराजय , हार =लहर
हुस्सु = कुहिरो , हुस्सु =मूर्ख
अर्थ = धन, अर्थ -मतलब
कस= खिया , कस -दाग
जलन= पोलाइ , जलन -ईर्ष्या
सांचो = सत्य, सांचो -ताला खोल्ने
तर= परन्तु, तर -तर्ने काम , तर -दुधको तर
कुची = सानो बुरुस , कुची -सानो कुचो
गद्दु = भालुको बच्चा , गद्दु -बेकम्मा
पत्र= चिट्ठी , पत्र -पात , पत्र -पातो
पुतली = खेलौना , पुतली- किरा, पुतली -आँखाको नानी
पत्र – चिठी पत्र – पाना
तर = किन्तु, परन्त तर = दुधको छली
फुल – अन्डा, डिम्बा फूल = कोपिला, पुष्प, कुसुम
पुरा = खाएर बाकी रहेको पुरा = धेरै
मान = सम्मान, आदर मान = मापन, नाप
फल = दाना, गेडा फल = नतिजा
कर = करकाप, ढिपी कर = राजस्व, तिरो
अर्थ = माने, मतलब अर्थ = धन, सम्पति
कल = झगडा कल = मेसिन
ताल = पोखरी, तलाउ ताल = चाला, ढंग
सब= सबै,सम्पूर्ण शव = मृत शरीर,लास
|
facebook :


- Reviews (0)
Nothing Found...Leave a review