अनेकार्थक शब्द :वाक्यमा प्रयोग

अनेकार्थक शब्द :वाक्यमा प्रयोग

अनेकार्थक शब्द :वाक्यमा  प्रयोग 

अनेकार्थी

अर्थ- (मतलव) तिमीले मलाई त्यसो भन्नुको अर्थ के ?

अर्थ- (धन) अर्थविना सबै व्यर्थ हुन्छ ।

 

उत्तर -(जवाफ) मलाई त्यो प्रश्नको उत्तर आएन ।

उत्तर- (एक दिशा) त्यो मानिस उत्तरतिर लागेको थियो।  

 

अक्षर- (भाषाको लिपि) मेरा पनि अक्षर राम्रा छैनन ।

अक्षर -(नाश नहुने) शरीर क्षणिक भए पनि आत्मा भने अक्षर रहन्छ ।

 

 असार- (सार नभएको) असार का विषयमा के भनौ खै ?

 असार- (क्रमले तेस्रो महिना) असार महिना हामी कृषकका लागि ठूलो पर्व हो।

 

 कर- (शुल्क) जति बढी आम्दानी हुन्छ त्यती नै बढी कर तिर्नपर्छ ।

कर- (ढिपी) तिमी मलाई धेरै कर नगर है  ।

 

कल -(धारो/मेसिन) कलको पानी सिधै पिउन उपयुक्त हुँदैन ।

कल- (झगडा) हैन यी केटाकेटीले मसँग कति कल गरेका ?

 

 काल- (समय) काल समयसूचक शब्द हो।

काल- (मृत्यु) विचरा, हर्केले काल पर्खन पनि पाएन ।

 

कलम- (लेख्ने साधन) कलम विद्यार्थीको परिचय हो।

कलम- (कलमी) कलम गरेका फल साहै मिठा हन्छन।

 

खाल- (किसिम) हैन त्यो कस्तो खालको मानिस हो हैं ?

 खाल- (जूवा खेल्ने ठाउँ) तिमी किन विहानैदेखि यो खालमा बसेको ?

 

 खरी- (वनस्पति विशेष) मेरो घरको नजिक खरीको बोट छ।

खरी- (चक) म रातो खरीले मात्र लेख्छु ।

 

 खोटो- (सल्लाको चोप) राम आजकल खोटो सङ्कलनमा लागेको छ ।

 खोटो- (नचल्ने पैसो) खोटो पैसो चलायो भने सरकारले कारवाही गर्छ।

 

गोल- (कोइला) गोलमा पोलेको मकै साहै स्वादिलो हुन्छ ।

गोल -(आकार/भकुन्डो) पूर्णिमाका दिन चन्द्रमाको आकार गोल हुन्छ ।

 

 चाल- (गति, ढुङ्ग) काम गराईको चाल यही हो भने ठिक हुँदैन ।

 चाल- (चाल्ने काम गर) त्यो पिठो राम्रो छ त्यसलाई चाल्नु पर्दैन।

 

जाल- (पासो) उसले फ्याँकेको जालमा चरी पर्ला जस्तो छ।

जाल- (कपट) पाण्डवहरू कौरवहरूका जालले वनवास जान वाध्य भए।

 

जग- (आधार/एक भाँडो) मेरो घरको जग दर्बिलो छैन कसले भन्ने ?

 जग- (संसार) विशाल जगको एउटा कुनामा हामी पनि रहेका छौं ।

 

 जात्रा- (मेला/उत्सव/पर्व) हामी कहाँ प्रशस्त जात्राहरू आयोजना गरिन्छन् ।

जात्रा- (दुर्दशा) हैन, तिमीहरूको यो के जात्रा हो ?

 

टक- (एक सुरको हेराइ) विनोद आज बिहानैदेखि एक टकले त्यही दृश्य हेर्दैछ ।

 टक -(सिक्का) आजकल फोन गर्नुपर्दा टक प्रयोग हुन थालेको छ ।

 

 टीका- (निधारमा लगाइने) सुन्तलीले निधारमा रातो टीका लगाएकी थिई।

टीका -(व्याख्या) महाभारतको टीका लेख्न त्यति सजिलो छ र ?

 

ताप -(चिन्ता) जाबो त्यति सानो कुराको ताप लिनुपर्छ र?

  ताप -(तातोपन/ताप्ने काम गर) ग्रीष्मकालमा सूर्यको प्रचण्ड ताप आउँछ ।

 

 

ताल- (दह/पोखरी) आफू त रारातालसम्म पनि गइएको छैन ।

ताल- (सुर/लय) बाजाको तालमा नाच्न सके नाच राम्रो हुन्छ ।

 

तान -(तान्ने काम गर) रामलाई पनि तिमीसँगै तान।

तान -(विभिन्न चिज बुन्ने फर्मा) तानमा बुनेको ढाका टोपी निकै राम्रो हुन्छ ।

 

 

पत्र -(चिठी/खबर कागज) आजको पत्रमा के विषयले प्रमुखता पाएको छ  ?

 पत्र- (तह) यस्तो गर्मीमा पनि उसले त तीनपत्र लुगा लगाएको रहेछ ।

 

दर- (भाउ) दाई, त्यसको दर कति हो ? भन्नुस् न।

 दर- (तीजको बेला खाइने विशेष खाना) आफू त यस पटक दर खान पनि गईन ।

 

भर -(आड/भरोसा) खै, ढुङ्गाको भर माटो, माटोको भर दङ्गो भन्छन् ।

 भर- (भर्ने काम गर) ए मनोज, यो गाग्रीमा पानी भर है ?

 

नगर- (सहर) अहिले हाम्रो देशमा पनि नगरको सङ्ख्या निकै बढेको छ ।

नगर- (निषेध) उर्मिला । तिमी राती परतिर जाने नगर।

 

मास- (महिना/कालो दाल) जाडोको बेला त मासको दाल मीठै हुन्छ है।

 मास -(मास्ने काम गर) के छ र ? बाबले कमाईदिएकै छ, सकेजति मास ।

 

दाना -(आहारा) दीपक, ए दिपक, घोडालाई दाना दियौ त?

दाना- (गेडा) हैन यो कस्तो मकै रहेछ ? कति ठूला-ठला दाना परेको।

 

पक्ष- (पखेटा) शुक्ल पक्षको चन्द्रमा बढेजस्तो बचेरा हुर्कदै जाँदा पक्ष बढ्दै जान्छ ।

 पक्ष- (विवादको एक मतियार) ऊ विषयको पक्षबाट बोल्दै थियो ।

 

पेटी- (कम्मरमा बाँध्ने) आजकल पेटी बाँध्ने चलन बढेको छ ।

 पेटी -(पिढी) छोराको आउने समय हेर्दै आमा घरको पेटीमा बसेर रुदै हुनुहुन्छ ।

 

 साँचो- (सत्य) हामीले सधैं साँचो बोल्न सक्नुपर्छ ।

 साँचो- (चाबी) यो कोठाको साँचो कसले खोल्यो हैं ?

 

बल- (शक्ति) बल छ भन्दैमा बढी भएको।

बल- (भकुन्डो) ए केटा हो, रात परिसक्यो त, अझै बल खेलिरहन्छौ ।

 

 फल- (परिणाम) परिश्रमको फल मिठो हुन्छ ।

 फल -(फल विशेष) बोटले नै नथाम्ने गरी कति फल लागेको हगि?

 

 रस -(सौन्दर्यानुभूति) गौरी काव्य पढ्दा त मेरा अगाडि रसको महासागर नै उर्लिन्छ ।

 रस- (झोल) खसीको खुट्टीको सुप बनाएर त्यसको रस पाए हुन्थ्यो ।

 

हाल- (अवस्था) सुमनजी,तपाईको हाल कस्तो छ? .

हाल- (हाल्ने काम गर) राजु तिमी चाहिँ फूलमा पानी हाल है ?

 

वर -(वरदान/हुलाहा) देवतासँग बरदान माग्नु राम्रो हुन्छ।

वर- (ओर/नजिक) तिमी पर जाने हैन यहीं वर आऊ अनि मसँगै बस।

 

साल- (वर्ष) यो साल हामी कसैका लागि पनि सुखद हुन सकेन ।

साल- (रुख विशेष) सालको काठ निकै बलियो हुने कुरामा दई मत छैन ।

 

सार- (निचोड) तिमीले जानेको सार मलाई सुनाउन सक्छौ त ।

 सार- (सहुलियत/फाइदा) उनको सारले त हो म यहाँ बस्न सकेको।

 

हात- (भूमिका) म आई पुग्नमा मेरी श्रीमती लक्ष्मीको पनि ठुलो हात छ।

हात -(शरीको अङ्ग) आफ्ना गुरुहरूको आदरमा मेरा हात श्रद्धाले जोडिन्छन ।

 

पर्दा- (आइपर्दा/चेत्दा) मान्छेको  विशेषता नै हो नि ,पर्दा मात्र चेत्ने ।

पर्दा -(छेक्ने वा थुन्ने साधन) कुनै दृश्य सकिनासाथ नाटकको पर्दा खस्छ ।

 

 पाटी -(सिलेट) साना केटाकेटीलाई पाटीमा लेख्न सिकाउनु उपयुक्त हुन्छ ।

 पाटी- (धर्मशाला) देश र जनतालाई धोका दिएर कमाउनुभन्दा त पाटीकै बास बेस।

 

हार- (पराजय) हिटलरले समेत हार स्वीकार्नु पर्यो।

हार- (माला/पत्ति) तिमीले लगाएको हार क्या राम्रो छ हगि।

 

पाल- (कपडा निर्मित सामग्री) सानो कार्यक्रममा पनि पाल टाग्ने अचेल फेसन भएको छ ।

 पाल- (रक्षक) उसलाई द्वारपालमा नियुक्त गरिएको छ।

 

हुस्सू- (कुहिरो) हुस्सू नहटेकोले विहान आज कतै गइएन।

हुस्सू- (मूर्ख) तिमी त पूरै हुस्सू  पो रहेछौ, आज बल्ल थाहा भो।

 

 पेच- (व्यङ्ग्य) तैले पनि मलाई यस्तो पेच पर्ने गरी भनेको।

 पेच- (कीला) त्यो दराजमाथिको ऐनाको पेच खुकुलो छ।

 

मेसो -(कामको मेलो) आज पटक्कै कामको मेसो पाएको होइन ।

 मेसो- (सुकाएको तामा) म तामाको मेसो मन पराउन्न ।

 

भावी- (दैवभाग्य) भावीले लेखेको पुगेरै छोड्छ भन्दछन् ।

 भावी- (आउने समय हुने) तिम्रो भावी  योजना के छ  ?

 

 लम्पट- (विछ्याउना) ए सोनु, त्यहाँको लम्पट यहाँ ल्याऊ त ।

 लम्पट (आसक्त) मेरो साथी चतुरे केटी भनेपछि किन यसरी लम्पट भएको हैं ?

 

 

 

 

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login