विपरीतार्थी शब्द : परिचय र प्रयोग

विपरीतार्थी शब्द : परिचय र प्रयोग

विपरीतार्थी शब्द : परिचय र प्रयोग 

कुनै पनि शब्दको ठिक उल्टो वा विपरीत अर्थ दिने अर्को शब्दलाई विपरीतार्थी शब्द भनिन्छ । विपरीतार्थी शब्दलाई अंग्रेजीमा Antonym भनिन्छ  । यस्ता शब्दले दुई विपरित ध्रुवको प्रतिनिधित्व गर्दछन् ।एउटाको उल्टो अर्को उदाहरण वा भिन्नता देखाउनुपर्दा यस्ता शब्दको प्रयोग गरिन्छ । यस्ता शब्दहरूको प्रयोगले वाक्यलाई अकरणमा भने परिवर्तन गर्न सकिंदैन ।

१)टुप्पो- फेद

२) रात-दिन           

३)सुख-दु:ख   

४)छेउ-माझ

५)जन्म=मृत्य

६)झुल्कनुअस्ताउनु 

७)थोरै-धेरै      

८)नास्तिक -आस्तिक

९)उकालो-ओरालो    

१०)सज्जन-दुर्जन

११)साँझ-विहान     

१२)परतन्त्र- स्वतन्त्र

१३)मूर्ख-ज्ञानी

१४)अँध्यारो-उज्यालो        

१५)प्रश्न-उत्तर

१६)सपना =विपना

१७)साहु-आसामी     

१८)आफ्नो-विरानो      

१९)लामो - छोटो

२०) पक्ष-विपक्ष

२१)स्वाधीन-पराधीन  

२२)शान्ति-क्रान्ति    

२३)सम्मान-अपमान  

२४)सुखद-दुखद

२५)नयाँ=पुरानो      

२६)इज्जत=बेइज्जत    

२७)खुल्ला = बन्द   

२८) स्वर्ग = नर्क      

 

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login