नेपाल कविता : Notes

नेपाल कविता : Notes

कविता परिचय

नेपाल कविताका लेखक सिद्धिचरण श्रेष्ठ हुन् । उनको जन्म मृत्यु (१९६९–२०४७) मा भएको थियो । नेपाल एक  सन्देशमूलक  कविता हो । उनले यस कविताको माध्यमबाट धेरै प्रकारका सौन्दर्यहरु, पुर्खाले दिएको योगदानहरुको चित्रण गरिएको छ ।

    नेपाललाई  प्रिय, पवित्र र सुन्दर देश देखाउँदै संगीत समान सुमधुर लयबद्ध छहराहरुको देशको रुपमा चिनाएका छन् । पानैपाना पल्टाएजस्ता खुला पर्वतीय प्राकृतिक कला सौन्दर्यको वर्णन कविले गरेका छन् । नेपाल बहुमूल्य प्राकृतिक सौन्दर्य हिमाल, पहाड, तराइले सजिएको अधिकतम पक्षलाई समेट्दै उनले नेपाली जाती, प्रकृति, इतिहास र संस्कृतिका विशेषताहरु केलाउने प्रयत्न गरेका छन् । 

    नेपाल कवितामा कविले पुर्खाहरुको रगत, पसिना, त्याग तपस्याले देशको सृजना भएको चर्चा गरिएको छ । हाम्रा पुर्खाहरुले ज्यानको बाजी लगाएर देशको राष्ट्रिय स्वाभिमानलाई उच्च बनाएका छन् । बहादुर गौरवशाली पुर्खाहरुको रगत प्रत्येक नेपालीको नसा–नसामा बगिरहेको छ । संकटको घडीमा समेत हाँसीखुसी उनले देशको निमित्त बलिदान दिएका छन् । पुर्खाहरुको योगदानले नै आज हाम्रो पहिचान बनाएको भन्दै उनीहरुको उदाहरणीय अभिव्यक्ति यस कवितामा गरिएको छ । 

    नेपाल ज्यामी, सिपाही र किसानहरुको देश हो । यिनै श्रमीहरुले मेहनत परिश्रम गरेर नेपालीहरुलाई आत्मनिर्भर बन्न सक्ने आधार, बाटो देखाएका छन् । यिनीहरुकै भरोशा आडमा देश अडेको छ । ज्यामी, सिपाही किसानहरु रगत पशिनाले देश भिजेको छ । हाम्रा पुर्खाहरु यिनै ज्यामी, सिपाही र किसानहरु हुन् । यिनै प्रत्येक श्रमिकहरुको बलिदान, मेहनत संघर्ष बलिदान त्यागले नेपाल आज संसारमा सुन्दर स्वर्गीय भूमिको रुपमा परिचित छ । यिनीहरु देशका बलिया खम्बा हुन् । यिनीहरुमा नै नेपाल अडिएको छ । यिनै खम्बा साहाराबाट नै नेपालको कल्याण हुन्छ । 

 

कवि परिचय :

सिद्धीचरनको जन्म वि. स. (१९६८/३/९)मा पूर्वी नेपालको सगरमाथा अन्चल अन्तर्गत ओखलढुंगा जिल्लामा भाएको हो | उनको बुबाको नाम विस्नुचरन   र आमा नीरकुमारीका एक मात्र सन्तान हुन् | उनले पन्ध वर्षको उमेर देखीनै साहित्य कविता लेखेका थिए | उनले नेपाली साहित्यमा थुप्रै कविताहरु प्रकाशन गरेकाछन् |मेरो प्यारो ओखलढुंगा, निर्झर, साझमा हिमालयको दृश्य, प्रताकालिन किरण, जुनकिरी, वर्षा आयो, वसन्त जस्ता कविता शारदामै प्रकाशित भइसकेका छन् |

 उनलाई नेपालीहरुले युगकबि को रुपमा चिन्दछन | नेपाल कवितामा उनले नेपालको सुन्दरताको वर्णन गरेका छन् | नेपाल यस्तो देश हो जहाँ सुन्दर, हरियाली जंगलका साथै टलटल अग्ला हिमालहरुको दृश्य प्रकृतिको वर्णन गरेका छन् | खोलानाला र चराहरुको आवाजले झनै सुनमासुगन्ध दिएको कुरालाई उल्लेख गरेका छन् | नेपालीहरुको परम्परागत मूल्य, मान्यता र सस्कृतिले नेपालीलाई चिनाएको पाइन्छ |नेपाल कवितामा नेपलीहरुको साहसी काम पुर्खाहरुले सिकाएको देखाएको बाटोलाई निरन्तरता दिदै अगाडी बढेको छन् | देशको लागि र देशको रक्षा गर्नलाई रगत बगाउन पनि पछि पर्दैन भन्दै नेपाल र नेपालीको गौरब, साहसको बारेमा यस कवितामा उल्लेख गरेको पाइन्छ |



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login