- Home
- Show Content
नेपाल कविता : अभ्यास खण्ड
नेपाल कविता : अभ्यास खण्ड
अभ्यास खण्ड
२. मिल्ने शब्द छानेर खाली ठाउँ भर :
क. हाम्रो देश हामीहरुलाई प्यारो लाग्छ ।
ख. ज्यामी, सिपाही र किसानहरु यस देशका साहरा हुन् ।
ग. नेपालको निर्माणमा पूर्खाहरुको पसिना बगेको छ ।
घ. यो देश बचाउन पुर्खाहरु फाँसी चढ्नसमेत तयार भए ।
३. तल दिईएको कवितांश पुरा गर :
उत्तर =
नेपाल प्यारो र पवित्र देश
सौन्दर्य धारा बहने अशेष ।
सङ्गीतको मूल फुटी विशाल
छल्की रहे झैँ लयबद्ध छाल ।।
४. तलका प्रश्नहरूको उत्तर एक वाक्यमा दिनुहोस् :
क.उत्तर = पसिनाका धारा देशको सिर्जनाका लागि बहन्छन् ।
ख. उत्तर = हाम्रा पर्वतहरु खुला पाना जस्ता छन् ।
ग. उत्तर = हाम्रा बलिया साहारा ज्यामी, सिपाही र किसान हुन् ।
घ. उत्तर =पुर्खाले यो मुलुकमा जागरण ल्याउन फाँसी चढ्ने कामसमेत गरे ।
५. तलका प्रश्नहरूको उत्तर दिनुहोस् :
क. कवितामा कविले नेपालको प्राकृतिक सुन्दरताको वर्णन कसरी गरेका छन् ?
उत्तर = नेपाल कविताका लेखक सिद्धिचरण श्रेष्ठ हुन् । उनको जन्म मृत्यु (१९६९–२०४७) मा भएको थियो । यो कविता उनको बहु सन्देश दिने कविता हो । उनले यस विकताको माध्यमबाट धेरै प्रकारका सौन्दर्यहरु, पुर्खाले दिएको योगदानहरुको चित्रण गरिएको छ ।
नेपाल प्रिय, पवित्र र सुन्दर देश देखाउँदै संगीत समान सुमधुर लयबद्ध छहराहरुको देशको रुपमा चिनाएका छन् । पानैपाना पल्टाएजस्ता खुला पर्वतीय प्राकृतिक कला सौन्दर्यको वर्णन कविले गरेका छन् । नेपाल बहुमूल्य प्राकृतिक सौन्दर्य हिमाल, पहाड, तराइले सजिएको अधिकतम पक्षलाई समेट्दै उनले नेपाली जाती, प्रकृति, इतिहास र संस्कृतिका विशेषताहरु केलाउने प्रयत्न गरेका छन् ।
ख. कवितामा हाम्रा पुर्खाहरूले देशका निम्ति दिएको योगदानलाई के कसरी वर्णन गरिएको छ ?लेख्नुहोस् :
उत्तर = नेपाल कविताका लेखक सिद्धिचरण श्रेष्ठ हुन् । उनको जन्म मृत्यु (१९६९–२०४७) मा भएको थियो । यो कविता उनको बहु सन्देश दिने कविता हो । उनले यस विकताको माध्यमबाट धेरै प्रकारका सौन्दर्यहरु, पुर्खाले दिएको योगदानहरुको चित्रण गरिएको छ ।
नेपाल कवितामा कविले पुर्खाहरुको रगत, पसिना, त्याग तपस्याले देशको सृजना भएको चर्चा गरिएको छ । हाम्रा पुर्खाहरुले ज्यानको बाजी लगाएर देशको राष्ट्रिय स्वाभिमानलाई उच्च बनाएका छन् । बहादुर गौरवशाली पुर्खाहरुको रगत प्रत्येक नेपालीको नसा–नसामा बगिरहेको छ । संकटको घडीमा समेत हाँसीखुसी उनले देशको निमित्त बलिदान दिएका छन् । पुर्खाहरुको योगदानले नै आज हाम्रो पहिचान बनाएको भन्दै उनीहरुको उदाहरणीय अभिव्यक्ति यस कवितामा गरिएको छ ।
६. नेपाल कविताको मुख्य भाव लेख्नुहोस् :
नेपाल कविताका लेखक सिद्धिचरण श्रेष्ठ हुन् । उनको जन्म मृत्यु (१९६९–२०४७) मा भएको थियो । नेपाल एक सन्देशमूलक कविता हो । उनले यस कविताको माध्यमबाट धेरै प्रकारका सौन्दर्यहरु, पुर्खाले दिएको योगदानहरुको चित्रण गरिएको छ ।
नेपाललाई प्रिय, पवित्र र सुन्दर देश देखाउँदै संगीत समान सुमधुर लयबद्ध छहराहरुको देशको रुपमा चिनाएका छन् । पानैपाना पल्टाएजस्ता खुला पर्वतीय प्राकृतिक कला सौन्दर्यको वर्णन कविले गरेका छन् । नेपाल बहुमूल्य प्राकृतिक सौन्दर्य हिमाल, पहाड, तराइले सजिएको अधिकतम पक्षलाई समेट्दै उनले नेपाली जाती, प्रकृति, इतिहास र संस्कृतिका विशेषताहरु केलाउने प्रयत्न गरेका छन् ।
नेपाल कवितामा कविले पुर्खाहरुको रगत, पसिना, त्याग तपस्याले देशको सृजना भएको चर्चा गरिएको छ । हाम्रा पुर्खाहरुले ज्यानको बाजी लगाएर देशको राष्ट्रिय स्वाभिमानलाई उच्च बनाएका छन् । बहादुर गौरवशाली पुर्खाहरुको रगत प्रत्येक नेपालीको नसा–नसामा बगिरहेको छ । संकटको घडीमा समेत हाँसीखुसी उनले देशको निमित्त बलिदान दिएका छन् । पुर्खाहरुको योगदानले नै आज हाम्रो पहिचान बनाएको भन्दै उनीहरुको उदाहरणीय अभिव्यक्ति यस कवितामा गरिएको छ ।
नेपाल ज्यामी, सिपाही र किसानहरुको देश हो । यिनै श्रमीहरुले मेहनत परिश्रम गरेर नेपालीहरुलाई आत्मनिर्भर बन्न सक्ने आधार, बाटो देखाएका छन् । यिनीहरुकै भरोशा आडमा देश अडेको छ । ज्यामी, सिपाही किसानहरु रगत पशिनाले देश भिजेको छ । हाम्रा पुर्खाहरु यिनै ज्यामी, सिपाही र किसानहरु हुन् । यिनै प्रत्येक श्रमिकहरुको बलिदान, मेहनत संघर्ष बलिदान त्यागले नेपाल आज संसारमा सुन्दर स्वर्गीय भूमिको रुपमा परिचित छ । यिनीहरु देशका बलिया खम्बा हुन् । यिनीहरुमा नै नेपाल अडिएको छ । यिनै खम्बा साहाराबाट नै नेपालको कल्याण हुन्छ ।
७. व्याख्या गर :
ज्यामी ,सिपाही ..........................
..............................बलिया सहारा ।
नेपाल कविताका लेखक सिद्धिचरण श्रेष्ठ हुन् । उनको जन्म मृत्यु (१९६९–२०४७) मा भएको थियो । यो कविता उनको बहु सन्देश दिने कविता हो । उनले यस विकताको माध्यमबाट धेरै प्रकारका सौन्दर्यहरु, पुर्खाले दिएको योगदानहरुको चित्रण गरिएको छ ।
नेपाल ज्यामी, सिपाही र किसानहरुको देश हो । यिनै श्रमीहरुले मेहनत परिश्रम गरेर नेपालीहरुलाई आत्मनिर्भर बन्न सक्ने आधार, बाटो देखाएका छन् । यिनीहरुकै भरोशा आडमा देश अडेको छ । ज्यामी, सिपाही किसानहरु रगत पशिनाले देश भिजेको छ । हाम्रा पुर्खाहरु यिनै ज्यामी, सिपाही र किसानहरु हुन् । यिनै प्रत्येक श्रमिकहरुको बलिदान, मेहनत संघर्ष बलिदान त्यागले नेपाल आज संसारमा सुन्दर स्वर्गीय भूमिको रुपमा परिचित छ । यिनीहरु देशका बलिया खम्बा हुन् । यिनीहरुमा नै नेपाल अडिएको छ । यिनै खम्बा साहाराबाट नै नेपालको कल्याण हुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review