नेपाल कविता : अभ्यास खण्ड

नेपाल कविता : अभ्यास खण्ड

व्याकरण

८. उल्टो अर्थ आउने शब्दसँग जोडा मिलाऊ  :
इज्जत  : बेइज्जत

स्वर्ग   :नरक
पवित्र  : अपवित्र 
खुला  : बन्द
चढ्न  : ओर्लन 


९. तलका शब्दको उस्तै अर्थ दिने शब्द लेख  :
देश  :राष्ट्र 

विशाल  :ठूलो
पर्वत  :पहाड
वृक्ष  :रुख
ध्वनि  :आवाज
किसान  :कृषक
जित  :विजय
रक्त  :रगत
विपत्ति  :आपत् 
सङ्घर्ष  :क्रान्ति 


१०. तलका शब्दको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर  :
प्यारो  :नेपाल जस्तो प्यारो र पवित्र देशमा अब विकास हुन्छ कि ? 

मन्त्र  :नेपालीको मूल मन्त्र भनेकै राष्ट्रपे्रम हो । 
मान  :सगरमाथाझैँ लुम्बिनीको मान चुलिएको छ । 
सङ्गीत  :कृष्ण दाइ गीत सङ्गीत भनेपछि हुरुक्क हुन्छन् । 
पुर्खा  :हाम्रा पुर्खाहरुले यो देशको शिर उच्च पारेका थिए । 


११. तलका शब्द शुद्धसँग उच्चारण गर  :(उच्चारण अभ्यास गर्नुहोस्)
तन्त्र, लयबद्ध, गुह्य, ध्वनि, वर्ण


१२. कविताको तेस्रो श्लोक शुद्धसँग सार  :
नयाँ नयाँ जीत अनेक जोड्दै
यो देशको इज्जत मान थप्दै । 
ज्यामी, सिपाही र किसान सारा
छन् आज हाम्रा बलिया सहारा ।।


१५. पढ, बुझ र गर

……………कार्यमूलक व्याकरण …………………………………………………

नाम

कुनै ब्यक्ति, वस्तु, ठाउँ, पदार्थ आदि बुझाउने शब्दलाई नाम भनिन्छ | अर्थात नाम भन्नाले कुनै पनि व्यक्ति, स्थान वा प्राणी एव मूर्त वाअमूर्त बस्तुलाई जनाउने तथा वाक्यमा कर्ता, कर्म वा पूरक भइ आउने नामिक पदलाई बुझाउछ |  जस्तै -हरि ,कोशी ,माया ,हुल ,पुस्तक

नामलाई पाच भागमा बिभाजन गरिएको छ |

 १.ब्यक्तिवाचक नाम- कुनै व्यक्ति, स्थान, वस्तु वा अवधारणा बिषेसलाई बजाउने शब्दलाई ब्यक्तिवाचक नाम भनिन्छ |जस्तै_ सीता, रिता, हरी, राम

२.जातिवाचक नाम- कुनै प्राणी वा वस्तु आदिको जात बुझाउने नामलाई जातिवाचक नाम भनिन्छ|अर्थात कुनै पनि समान धर्म वा गुण जनाउने नामिक पदलाई जातिवाचक नाम भनिन्छ | यो सजीव र निर्जीव गरि दुई किसिमको हुन्छ | जस्तै- मानिस, पशु, नदि, देश

३.द्रव्यवाचक नाम- नापतौल गरिने तथा गन्न नसकिने पदार्थको नाम बुझाउने पदलाई द्रव्यवाचक नाम नाम भनिन्छ |  जस्तै- सुन, चादी, पानी, चामल

 ४.समुहवाचक नाम- कुनै प्राणी अथाव वस्तु आदिको समुहको नाम बुझाउने शब्दलाई समुहवाचक नाम भनिन्छ | अर्थात् कुनै पनि निश्चित समूह भएको मानिस, पशुपन्क्षि, वस्तुलाई जनाउदछ | जस्तै- समूह, हल, टोली, वर्ग, परिवार

५. भाववाचक नाम- कुनै पनि वस्तु देख्नन वा छुन नसकिने तर अनुभूति तथा बस्तुको गुण, कार्य वा अवस्था बुझाउने पदलाई भाववाचक नाम भनिन्छ | अर्थात कुनै व्यक्ति, वस्तु, जाति, समूह, पदार्थ आदिको गुण, काम, अवस्था आदि बुझाउने शब्दलाई भाववाचक नाम भनिन्छ | जस्तै- माया, दया, सुख, दु:ख,

 वचन-एक वा एक भन्दा बढी शब्दको बोध गराउने शब्दलाई वचन भनिन्छ |

  वचन दुई प्रकार हुन्छन्

  • एकवचन- एउटा मात्र ब्यक्ति बस्तु तथा पदार्थलाई बुझउने प्रयोग गरिने पदलाई बहुवचन भनिन्छ |उदाहरण- म, ऊ त्यो
  • बहुवचन- एक भन्दा बढी ब्यक्ति तथा पदार्थलाई बुझाउने प्रयोग गरिने पदलाई बहुवचन भनिन्छ |उदाहरण- तिमि, तिमीहरु, तिनी, तिनीहरु

 



पाठमा प्रयोग भएका देश, धारा, सङ्गीत, पाना, पर्वत, वृक्ष, लता, खोला, इज्जत, ज्यामी, सिपाही, किसान, पसिना, रक्त, नसा, स्वर्ग आदि नाम शब्द हुन् । नाम शब्दले कुनै व्यक्ति, वस्तु, ठाउँ, नदी, समूह, भाव आदिलाई बुझाउँछन् । नाम पाँच प्रकारका हुन्छन्, जस्तै  :
          

व्यक्तिवाचक    

जातिवाचक  

समूहवाचक    

द्रव्यवाचक    

भाववाचक


आशालाम, डोल्मा, सविता, जनक, नेपाल, भारत, मेची, पोखरा, लुम्बिनी, गुल्मी, रामायण, तिहार, छठ 

 हिमाल, किताब, गाई, गाउँ, सहर, रुख, मन्दिर, फल, देवता, देश, मानिस, नदी, चरा 

 हुल, बथान, फौज, झुप्पो, रास, थुप्रो, गण, जन्ती, सेना, पल्टन, बगाल, बथान, जनता, सभा 

 सुन, नुन, ग्यास, दुध, दही, चिनी, पानी, माटो, बालुवा, हावा, धुलो, धान, चामल, पिठो, दाल, धुवाँ, चाँदी

दया, माया, रिस, जवानी, पुण्य, मित्रता, गरिबी, लेखाइ, सुख, दु :ख, रुवाइ, खुसी, यौवन, विश्वास, शिक्षा


(क) व्यक्तवाचक  :गणेश, नोर्बु, एसिया, अमेरिका, सगरमाथा
(
ख) जातिवाचक  :महादेश, हिमाल, गुम्बा, खेत, फल
(
ग) समूहवाचक  :बजार, कक्षा, भिड, समाज, गुठी
(
घ) द्रव्यवाचक  :मकै, फलाम, ढुङ्गा, तामा, पित्तल
(
ङ) भाववाचक  :प्रेम, ज्ञान, पढाइ, अविश्वास, हँसाइ

(क) व्यक्तिवाचक  :
गणेश  :गणेशको दर्शन गरेर भक्तजनहरु घरतिर लागे । 

नोर्बु  :यसपटक नोर्बुले सगरमाथा चढ्ने योजना बनाएको रहेछ नि !
एसिया  :नेपाल र भारत दुवै एसिया महादेशमा पर्दछन् । 
अमेरिका  :आयुष र पासाङ अमेरिका जान्छन् रे ठुल्दाइ !
सगरमाथा  :विश्वको सर्वाेच्च शिखर सगरमाथाको शिखरमा पुग्ने इच्छा कसलाई हुँदैन र !

(ख) जातिवाचक  :
महादेश  :अफ्रिका महादेशमा पनि विकासको लहर बढेको छ । 

हिमाल  :नेपाललाई हिमाल, पहाड र तपाईको साझा देश मानिन्छ । 
गुम्बा  :बौद्धधर्ममार्गीहरु गुम्बामा बसेर बुद्धको उपासना गर्छन् । 
खेत  :किसानहरुका लागि खेतबारीभन्दा ठूलो धन केही छैन । 
फल  :हिमाली, पहाडी र तराई प्रदेशमा मौसमअनुसारको फलफुल खेती गर्नुपर्छ । 

(ग) समूहवाचक  :
बजार  :राम र लखन मङ्गलबारे बजारमा गएर रमाए । 

कक्षा  :आस्था र पवित्रा कक्षा ८ मा पढ्छन् । 
भिड  :त्यो ठूलो भिड देखेर नानीहरु भागेछन् । 
समाज  :प्रत्येक व्यक्तिले समाजको आदर्शलाई पालना गर्नैपर्छ । 
गुठी  :नेवारी समुदायमा गुठीको महत्वपूर्ण स्थान रहेको छ । 

(घ) द्रव्यवाचक
मकै  :ठाकुर दाइ जाडोमा मकै र भटमास कुरुमकुरुम खान्छन् । 

फलाम  :कोदालो बनाउने किसानले फलाम किनेर ल्यायो । 
ढुङ्गा  :हाम्रो देशमा ढुङ्था प्रशस्तै पाइन्छन् । 
तामा  :नेपालमा तामा खानीहरु धेरै छन् भन्ने अनुमान गरिएको छ । 
पित्तल  :पित्तल पहेँलो भए पनि सुनजस्तो मूल्यवान धातु होइन । 

(ङ) भाववाचक  :
प्रेम  :प्रत्येक वर्ष प्रेम दिवस मनाउन थालिएको छ । 

ज्ञान  :ऋषिमुनिहरुले ज्ञान गुनका कुरा गरेर धेरै मानिसको कल्याण गरेका छन् । 
पढाइ  :नानी हो ! पढाइ कहिल्यै सकिँदैन किनभने जीवन नै पुस्तकालय हो । 
अविश्वास  :उनीहरुका कुरामा अविश्वास गर्नुपर्ने कुरा के छ र !
हँसाइ  :अप्सराहरुको हँसाइ त आकर्षक रहेछ । 

१६. तिम्रो कक्षा कोठामा भएका दस ओटा वस्तुका नाम शब्द लेखेर कक्षामा सुनाऊ । 
किताब, झोला, मार्कर, चक, डस्टर, बोर्ड, बेन्च, डेस्क, कलम, कापी, मसी,...... ।


१७.वाक्य परिवर्तन गर :
क) ऊ नेपाली बोल्छ ।

उत्तर = उनीहरु नेपाली बोल्छन् । 


ख) म विद्यार्थी हुँ ।

उत्तर =  हामी विद्यार्थी हौँ । 


ग) रुख पर्वतमा छ ।       

उत्तर = रुखहरु पर्वतमा छन् । 


घ) म देशलाई माया गर्छु ।     

उत्तर = हामी देशलाई माया गर्छौँ  । 


ङ) ज्यामी काम गर्छ ।         

उत्तर = ज्यामीहरु काम गर्छन् । 


च) म पसिना बगाउँछु ।     

उत्तर = हामी पसिना बगाउँछौँ । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login