- Home
- Show Content
पाठ -२ भाग्य (कथा )
पाठ -२ भाग्य (कथा )
भाग्य कथाको संक्षिप्त परिचय
भाग्य कथाका लेखक सुधा त्रिपाठी हुन् । उनको जन्म (वि.सं. २०१५ जेठ २८ गते) दार्जिलिङ भारतमा भएको हो । बादल, धर्ती, आस्थाहरु (नियात्रा २०५०), दोलखा दर्पण (सह सम्पादन, २०५१), जीवनसुत्र र स्वप्नाभास (निबन्ध संग्रह, २०५३), अनिवार्य नेपाली, (सहलेखन, २०५३), सुट, टाइ र सुँगुर (व्यङग्य निबन्ध) आदि उनका मुख्य कृतिहरु हुन् ।
कर्म गरेर मात्र मानिसले आफ्नो भाग्य आफु निर्माण गर्न सक्छ भने मुख्य शिक्षा पाइन्छ | नेपाली समाजमा अहिले पनि भाग्यवादको पछि लागेको पाइन्छ | यहाँ जति शोषित भए पनि शोषणको कुरा नबुझीकन भाग्यको दोष दिने चलन अझै पनि पाइन्छ | भाग्यवादको जालो फिजाएर दोष दिएर पन्छिने चलन व्यापक रहीआएको छ | अशिक्षित जनताको शोषण गर्न पल्केको धने साहुको जस्ता ब्यक्तिहरुको ठालुकपन र शोषणलाई बुझ्न नसक्दा गरिबहरु शोषित र अपहेलीत हुनुपरेको छ | अत : शोषणकाबिरुद्ध सचेत हुने र भाग्यको भर नपरी आफ्नो भाग्य आफै निर्माण गर्ने काममा जुट्नु पर्छ भन्ने शिक्षा प्रस्तुत कथाले दिएको पाइन्छ |
हामी आफ्नो भाग्य आफैँ लेख्न सक्छौँ भन्ने सन्देश दिन भाग्य कथाको रचना गरिएको हो । श्रम र जमिनको सम्बन्धले श्रमिकको जीवन पद्धतिमा व्यापक परिवर्तन ल्याउन सक्छ । देउता, साहु, ठूलाबडा, पुरानो सोच, आदिबाट हाम्रो भाग्य परिवर्तन हुँदैन । हामीले आफ्नो भाग्य श्रम र जमिनबीचको सम्बन्धलाई बुझेर श्रमको मूल्य स्थापित गर्न सके आफ्नो भाग्य आफैँ लेख्न सक्छौँ । मान्छे चेतनशील प्राणी हो । उसले आफ्नो भाग्य र भाग्यसँग जोड्ने कुराको मूल्यांकन आफँैले गर्न सक्छ ।
मान्छेको भाग्य श्रम र जमीनको सम्बन्धबाट बलियो र राम्रो हुन्छ । श्रमको मूल्यलाई बुझी त्यसको स्थापना गरेर हामीले आफ्नो भाग्य आफैँले लेख्नुपर्छ ।
२. उतर भन :
(क) पुन्टे किन छक्क परेर हेरिरहेको थियो ?
उतर - पुन्टे आफ्नो साहुले थालमा अलिकति भात अनि वरिपरी कचौरा र प्लेटमा थुप्रै खानेकुरा राखेको देखेर र छक्क परेर हेरिरहेको थियो |
(ख )दिउसोको छुट्टीमा केटाहरु के गर्थे?
उतर – दिउसोको छुट्टीमा केटाहरु भकुण्डो खेल्थे |
(ग )हजुरआमाको बिचारमा भाग्य के हो ?
उतर – हजुरआमाको विचारमा भाग्य देउताको छैटौँ दिनमा लेखेको कुरो हो |
(घ )कर्मको कलम भनेको के हो ?
उतर – कर्मको कलम भनेको काम हो |
(ङ)मान्छेको भाग्य कसरी बलियो र राम्रो हुन्छ ?
उतर – मान्छेको भाग्य श्रम र जमिनको सम्बन्ध भाग्यसग जोडे बलियो हुने र आफ्नो भाग्य आफैले लेखे राम्रो हुन्छ |
facebook :


very good
Leave a review