- Home
- Show Content
पाठ -२ भाग्य (कथा )
पाठ -२ भाग्य (कथा )
३.कसले कसलाई भनेको हो लेख :
क) भाग्य भनेको देवताले हाम्रो निदारमा लेखेको कुरा हो |
उतर – यो हजुरआमाले पुन्टेलाई उसले भाग्यको बारेमा गरेको प्रश्नको उतर दिने क्रममा भनेकी हुन् |
ख)हामीले तेरो देवतालाई तेरो छैटौँ भाग्यमा लेक्न दिएनौ नी |
उतर – यो पुन्टेका बुवाले पुन्टेलाई उसको आफ्नो भाग्य लेख्न किन नदिएको भन्ने प्रश्नको जिज्ञासाका क्रममा भनेको हो |
ग)कर्मको कलमले भाग्य लेख्नु पर्छ |
उतर – यो बुवाले पुन्टेलाई कर्मको कलमले कसरी भाग्य लेख्नुपर्छ भन्ने प्रश्नको उतरमा भनेको छ |
घ) यो त काम गर्ने कालु खाने भालु भने झैँ भएन र ?
उतर – यो पुन्टेले बुवालाई उसका बुवाले श्रमको मूल्य थाहा पाउन प्रश्न गर्ने क्रममा भनेको हो |
ङ) अब श्रम र जमिनको संबन्ध हाम्रो भाग्य संग जोड्ने कुरा गर्नुपर्छ ?
उतर – यो बुवाले पुन्टेलाई भाग्य बलियो बनाउने भन्ने जिज्ञासा समाधान गर्नका लागि भनिएको हो ?
४. ठिक उत्तरमा चिन्ह लगाउ :
क (ई) साहको (✔)
ख. (आ) पुन्टेकी आमाको (✔)
ग (इ) कुकुरलाई (✔)
५.उतर लेख
- पुन्टेले किन घुटूक्क थुक निल्यो ?
उतर – पुन्टे गरिब परिवारमा जन्मेको बालक हो | उसका बुवाले धने साहुको खेतवारी रेखदेख गर्ने काम गर्थे| एकसरो लुगा लगाउन र मिठो खान पुन्टेका बावुलाई धौधौ हुन्थो | मिठो खान र लगाउलाई पुन्टे लाई सपना जस्तै थियो | धने साहुले खाना खाएको बेला थालमा अलिकति भात अनि वरिपरी कचौरा र प्लेटमा थुप्रै खानेकुराहरु थिए | त्यति खाने कुराहरु मध्ये कुन चाहिँ पहिला खाने होला भनेर पुन्टेले सोच्यो | भोकै र त्यति धेरै खानेकुराहरु खाई रहेको साहुको गतिविधि हेरिरहेको पुन्टेले धनेले खाना खाईसकेर हातमा ल्याएको ढुधभात जुल्ठेलनामा राखिदियो | भोको पेटमा बसेको रआफ्ना अगाडी ढुध र भात कपाकापी खाएको देखेर पुन्टेन घुटुक थुक निल्यो |
ख) पुन्टेले किन छैटौँ दिनको प्रतिक्षा गरिरहेको थियो ?
उतर – पुन्टे एक उत्सुकता भएको बालक थियो | दिनरात दुख गर्दा पनि आफ्ना बुवाले मिठो खाने कुरा र राम्रो लगाउने पाएको थिएन|विधालयको साथीहरुले पनि आफु गरिब भएको कारण हेप्प्ने गरेको कुराले उसको मनमा पिरलीरहेको थियो| गरिब हुनुको पिडा मनमनै खोज्ने कोसिस गरे पनि ऊ त्यसको वास्तविक अर्थ पता लगाउन सक्दैन थियो | गरिब हुनुको कारण के हो भन्ने जिज्ञासा शान्त पार्न एक दिन उसले हजुरआमालाई सोध्यो | हजुरआमाले भाग्यको खेलले गरिब भएको जबाफ दिईन| उसले भाग्यको अर्थ जान्न खोज्दा हजुरआमाले भाग्य भनेको देउताले छैटौँका दिन लेखेको कुरा हो र हामीले लेखे जति मात्र पाउछौ भनि बाताइन | उनको भाग्यको बारमा जिज्ञासा झनै बढ्दै गयो | त्यसैले भरखरै जन्मीएकी बहिनीको छैटौँको दिनको कस्तो भाग्य लेखिदो रहेछ भनि छैटौँको दिनको प्रतिक्षा गरिरहेको छ|
ग. पुन्टेले किन असन्तुष्टि जनायो ?
उतर – भाग्यवादमा विश्वास गर्ने हजुरआमाको छैटौँको दिन लेखीएको भाग्य अनुसार नै मानिसले फल पाउने कुरा पुन्टेले थाहा पायो |यसबारे सम्पूण कुरा आफ्नी आमालाई भन्यो | आमाछोराको संवाद भैरहेको बेला पुन्टेका बुवापनि आइपुगे | उनले पुन्टेका निधारमा छैटिका दिनभाग्य लेखन नदिएको कुरा बारे बताए | हजुरआमाको कुरामा पुंर्ण विश्वासमा रहेको पुन्टेले अचम्म मान्दै त्यसो भए आफ्नो निधारमा खाली नै छ त भनेर सोधियो | उसको बुवाले तेरो निदार खाली छ भनेर छैटौँको जानकारी गराए | उसले आफु र आफुहरु संग पढ़ने साथीहरुका बीच आफ्नो भाग्य छैटौँको दिन नलेखीएकै कारण फरक रहेको महसुस गर्यो | त्यसैले उसले दिन आफ्नोभाग्य लेख्नन नदिने बुवाआमा प्रति असन्तुष्टि जनाइयो |
घ) पुन्टेका बुवा किन गरिब बन्न पुगे ?
उतर – पुन्टेका बुवा धने साहुको खेतीवारी रेखदेख गर्ने काम गर्थे | उनि मेहनिती भए पनि गरिब थिए | उनि सग जग्गा जमिन केहि थिएन | साहुकै काम गरेर परिवार पाल्नु पर्ने उसको बाद्यता थियो | साहुको भन्दा धेरै काम गरे पनि मिठो र राम्रो लगाउन पाउदैन थियो |उनले धेरै काम मात्र जानेको थियो | उनले गरेको कामलाई भाग्यमा जोड्न जानेका थिएन् |उसले काम गरे पछिआफ्नो भाग्य पनि बदलिनु पर्छ भन्ने कुरा बुजेको थिएन | आफुले धेरै काम गरे पनि साहुले दुधभात खाने गरेको थियो | यसको कारण बल्ल बुझ्न थालेका छन् | जसले श्रम गर्छ उसंग प्रशस्त जमिन छैन र जमिन हुनेहरुसंग श्रमको मुल्य बुझ्ने मन छैन | त्यसैले पुन्टेका बुवा मिहिनेती, इमान्दार भए पनि साहुको शोषणमा परेको कारण गरिब हुन पुगेका हुन् |
ङ) हामीले कसरी आफ्नो भाग्य आफै लेखन सक्छौ ?
उतर – मानिस आफ्नो परीश्रम रमेहनेतले आफ्नो भाग्य आफै निर्मार्ण गर्न सक्छ | श्रम र जमिनको सम्बन्ध हाम्रो भाग्यसित जोड्न सकेको खण्डमा हाम्रो भाग्य आफै निर्माण गर्न सकिन्छ | श्रमिकहरु साहुको शोषणमा परेर शोषित हुदै आएका छन | यस कथामाआएका पुन्टेका बवा साहुको शोषणमा परेका एक पात्र मात्र हुन् | उनले साहुको भन्दा धेरै काम गरेर पनि मिठो खान र लगाउन नपाएको कुरा ढीलोबुझे | समय मै आफु साहुको शोषणमा परेको कुरा बुझेका भए उनको भाग्यको निर्माण भइसकेको हुन्थो |त्यसैले हामीले अन्धविस्वास र भाग्यको पछाडी नलागी मेहेनेत गरे आफ्नो भाग्य आफै बनाउन सकिन्छ |
च) भाग्य कथाको के शिक्षा पाइन्छ ?
उतर – कथाकार सुधा त्रिपाठीद्ररा लिखित ‘भाग्य’ कथाबाट कर्म गरेर मात्र मानिसले आफ्नो भाग्य आफु निर्माण गर्न सक्छ भने मुख्य शिक्षा पाइन्छ | नेपाली समाजमा अहिले पनि भाग्यवादको पछि लागेको पाइन्छ | यहाँ जति शोषित भए पनि शोषणको कुरा नबुझीकन भाग्यको दोष दिने चलन अझै पनि पाइन्छ | भाग्यवादको जालो फिजाएर दोष दिएर पन्छिने चलन व्यापक रहीआएको छ | अशिक्षित जनताको शोषण गर्न पल्केको धने साहुको जस्ता ब्यक्तिहरुको ठालुकपन र शोषणलाई बुझ्न नसक्दा गरिबहरु शोषित र अपहेलीत हुनुपरेको छ | अत : शोषणकाबिरुद्ध सचेत हुने र भाग्यको भर नपरी आफ्नो भाग्य आफै निर्माण गर्ने काममा जुट्नु पर्छ भन्ने शिक्षा प्रस्तुत कथाले दिएको पाइन्छ |
६.भाव स्पष्ट गर :
अब श्रम र जमिनको सम्बन्ध हाम्रो भाग्यसित जोड्ने कुरा गर्नुपर्छ र आफ्नो भाग्य आफै लेखनु पर्छ |
उतर - नेपाली समाजमा गरिब, शोषण र अशिक्षा छ | यहा अन्धविस्वासको जरो गाडेको छ | यिनैकुराहरु प्रति सचेत नहुदा अझै पनि श्रमिकहरु साहुको शोषणमा परेका छन् | असमान सामाजिक अवस्थाबाट मुक्त हुन श्रमिक वर्गले सचेत हुन् जरुरि छ| आफुले जमिनमा परिश्रम गरिन्छ भने त्यसको फल पनि आफुले पाउनु पर्छ | श्रमिकले मेहेनेत गर्दा पनि मिठो खान पाएन् भने त्यसको कारण पता लगाउनु पर्छ | साहुले अनेकौ जाल बुनेर श्रमिकलाई शोषणगरिरहेका छन् | सचेत भएर श्रम र जमिनको सम्बन्ध हाम्रो भाग्यसंग जोड्न सकेको खण्डमा मात्र गरिब जनताको भविष्य सुनिश्चित हुन्छ | अत : शोसक र सामन्तबाट जालझेलमा पारी गरिने शोसकप्रति सचेत हुदै आफ्नो भाग्य आफैले बनाउनु पर्छ भन्ने सन्देश यस पाठबाट सिकाएको छ |
facebook :


Very good
Leave a review