- Home
- Show Content
पाठ -२ भाग्य (कथा )
पाठ -२ भाग्य (कथा )
शब्द भण्डार
७.अर्थ छानेर जोडा मिलाऊ
छक्क – अचम्म
अर्थ – तात्पर्य
देउता – भगवान
निधार – ललाट
आमा – माता
श्रम – मेहेनेत
८. उल्टो अर्थ दिने शब्दसंग जोडा मिलाई कापीमा गर
धनि – गरिब
धेरै – थोरै
देउता – दानव
बलियो – कमजोर
नयाँ – पुरानो
असन्तुष्टि – सन्तुष्ट
९.तलका उखानलाई अर्थ स्पष्ट हुने गरि वाक्यमा प्रयोग गर :
क)गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेडु - (काम गर्ने एउटा जस पाउने अर्को)
उतर –हामी सबैको श्रमदान बाट विधालय बन्यो, तर पुरस्कार त बिधालय समितिका संचालक अध्यक्षले पो पाए | हो त, गर्ने हनुमान पगेरी गुत्ने ढेडु भनेको यही हो |
ख)इन्द्रको अगाडी स्वर्गको बयान – (जान्नेको अगाडी नजान्नेको फुर्ति लगाउनु)
दश वर्षसम्म बलराम कलकतामा बसेर आएको अगाडी एक दिन मात्र घुमेर आएको हरिले खुब फुर्ति लगाएर कुरा काटेको देख्दा मलाई इन्द्रको अगाडी स्वर्गको बयान गरेको झै लाग्यो |
ग)आए आप गए झटारो –( भए राम्रै नभए पनि केहि छैन )
आए आप गए झटारो भन्दै पचास रुपियामा एक लाख पर्ने चिट्ठा किने साच्चै पनि हो, गए जम्मा पचास रुपिया जान्छ आए एक लाख आउछ |
घ) हात्तिको मुखमा जिरा–(आवस्यकताभन्दा सारै थोरै वस्तु पाउनु )
हिजोदेखी खान नपाएको रामलाई एउटा रोटि त हात्तिको मुखमा जिरा जस्तै भयो |
ङ) नाच्न नजान्ने आगंन टेढो-( नजान्ने मान्छेलाई अरुलाई दोष दिन्छ )
तिमीलाई राम्रो संग हिसाब गर्न आउदो रहेनछ | उल्टै बिग्रेको छ भन्छौ ? नाच्न नजान्ने आगंन डेढो भनेको यही हो |
च) बादरको हातमा नरिवल – (अयोग्य व्यक्तिको हातमा बहुमुल्य वस्तु )
दिनेशका बुवाले दिनेशलाई कय्म्पूटर सिकाउन नयाँ कय्म्पुयटर किनेर ल्याइदिए, तर उसले दुई दिनमै बिगार्यो | हुन पनि हो , बादरको हातमा नरिवल के को बाकीं रहन दिन्थ्यो|
११. तल दिइएका शब्दहरु सच्याउ
उतर :जिग्यासु :जिज्ञासु
म्वाइ :म्वाइँ
घुतुक्क :घुटुक्क
बेचइन :बेचैन
परिशर्मी :परिश्रमी
१२.पाठबाट पुन्टे, घुटुक्क, थुक जस्ता ह्स्व उकार हुने दस ओटा शब्दहरु खोजेर लेख |
उतर – टुलुटुलु, पुन्टे, ढुध, कुकुर जुत्त्ता, कुरा, तुलना, उत्सुक, सुटुक्क, सुन्दर
व्याकरण :
सर्वनाम
- नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ | अर्थात नाम वा नामको पदावलीको पुनरुक्ति रोक्न तिनका सट्टामा प्रयोग हुने शब्दलाई सर्वनामभनिन्छ | उदाहरण :ऊ, यो, हामी, हामीहरु, उनि, तिनी, तिनीहरु
सर्वनामलाई निम्न पाच प्रकारका हुन्छन् |
- पुरुषवाचक सर्वनाम-
पुरुष वा ब्यक्तिका सट्टामा आउने सर्वनाम पुरुषवाचक सर्वनाम हो |यो तिन प्रकारका छ |
क) प्रथम पुरुषवाचक सर्वनाम -म र हामी प्रथम पुरुषवाचक सर्वनाम हुन् अर्थात वक्त्ताको सन्दर्भमा आउने सर्वनामलाई बुझाउदछ |
ख), दृतीय पुरुषवाचक सर्वनाम-त, तिमि, तिमीहरु जस्ता शब्द दृतीय पुरुषवाचक सर्वनाम हुन् | वक्ताको सन्दर्भमा आउने सर्वनामलाई दृतीय पुरुषवाचक सर्वनाम भनिन्छ |
ग),तृतीय पुरुषवाचक सर्वनाम-यो, त्यो, यिनी, तिनी, तिनीहरु, उनि आदि सर्वनाम तृतीय पुरुषवाचक सर्वनाम हुन् | अन्य व्यक्तिको सन्दर्भमा आउने सर्वनामलाई तृतीयपुरुषवाचक सर्वनाम भनिन्छ |
२),आत्मवाचक सर्वनाम
प्रथम, दृतीय, र तृतीय पुरुषका नाम वा सर्वनामसंग संदर्भित भएर आउने र आफु जनाउने सर्वनामलाई आत्मवाचक सर्वनाम भनिन्छ|जस्तै-आफु, आफै, स्वयम्
३) दर्शन वाचक सर्वनाम -नजिक वा टाढाको बस्तुलाई तोकेर देखाउने सर्वनामलाई दर्शकवाचक सर्वनाम भनिन्छ |जस्तै –यो, यी, यिनीहरु, त्यो, ति, तिनीहरु
४), सम्बन्धवाचक सर्वनाम–उपवाक्यहरुका विचमा सम्बन्ध गास्ने सर्वनामलाई सम्बन्धवाचक सर्वनाम भनिन्छ |जस्तै-जो, जो जो, जोसुकै, जे, जे जे, जेसुकै, जुन, जुनसुकै आदि |
५),प्रश्नवाचक सर्वनाम-कुनै प्रश्न व्यक्त गरिने सर्वनामलाई प्रश्नवाचक सर्वनाम भनिन्छ |जस्तै; को, को को, के, के के, कुन, कोहि, केहि, आदि |
अभ्यास
१३.प्रत्येक सर्वनामको प्रयोग गरि एक एक ओटा वाक्य लेख |
क)पुरुषवाचक सर्वनाम
उतर – म कक्षा आठमा पढ्छु | उनिहरु सधै गुह्रकार्य गरेर सरलाई बुझउछन् |
ख) आत्मवाचक सर्वनाम
उतर – म आफै स्कुल जान सक्छु | आफ्नो काम आफुले गर्नु पर्छ |
ग)दर्शनवाचक सर्वनाम
उतर – तिनीहरु आफ्नो काममा कति मेहेनेत गर्छन् |उहाँले मेरो हजुरआमा हेर्नुहुन्छ| |
घ) सम्वन्धवाचक सर्वनाम
उतर - जो मानिस धेरै पद्छ उसले पास गर्छ|
ङ) प्रश्नवाचक सर्वनाम
उतर – तिमीलाई कुन पुस्तक मन पर्छ ? के तिमि सधै मन्दिर जान्छौ ?
१४. पाठबाट निपात शब्द प्रयोग भएका पाच ओट वाक्य खोजेर लेख |
- उतर- केत टुलुटुलु हेरेर बसेको हो ?
- साहुको घरको कुकुर हुनुपो जाति रहेछ ?
- तलाई किन यत्रो चासोनी ?
- छैटौँ भनेकोत मानिसको भाग्य लेखिने दिन अरे
- आफ्नो भाग्य आफैले लेख्ने मानिसलाई दु; खचाहिँ अलि बढी हुन्छ |
१५.तलका वाक्यमा भएका निपात शब्द चिन र कापीमा सर :
आमा, म त आफ्नो भाग्य आफै लेख्ने भए नि |
उतर – त, नि
१६. त, पो, क्यारे, नि, चाहिँ, लौ, ल आदिनिपातको प्रयोग गरी एक एक ओटा बनाऊ |
उत्तर – त: ओहो त कति पातलो भएछस |
पो – हिजो भकुण्डो खेल्दा यसलाई पो लागेछ |
क्यारे –राम त यस पालिको छुटीमा कतै गएन क्यारे |
नि – बुबा, मत एस्.एल.सी पास भए नि |
चाहिँ – तिमि चाहिँ यही बसमा चाडै घर जाऊ है ?
लौ – लौ बादरले सबै मकै खाई दिएछ |
ल – ल मैले भनेको कुरा सबैले मान्नु पर्छ नि |
facebook :


- Reviews (0)
Nothing Found...Leave a review