- Home
- Show Content
पाठ : ३ देवकुमारी थापा
पाठ : ३ देवकुमारी थापा
देवकुमारी थापाको परिचय :
देवकुमारी थापाको जन्म वि.सं. १९८५ साल वैशाख २ गते भारतको खरसाङमा भएको थियो । उनका पिताको नाम हस्तबहादुर कटुवाल, माताको नाम रमादेवी कटुवाल र पतिको नाम बबरसिंह थापा थियो । बालबालिकाको व्यक्तित्व विकासका लागि राम्रो वातारण र सकारात्मक सन्देश आवश्यक पर्दछ । सेवा नै मानिसको मुख्य कर्तव्य हो भन्ने मूल विचार उनको हो ।
उनले आफ्नो सम्पूर्ण जीवन शिक्षा, स्वास्थ्य र साहित्यका क्षेत्रमा समर्पित गरिन् । उनले बालबालिकालाई देशका भविष्य निर्माता ठानी उनीहरुको चौतर्फी विकास गर्न बालसंस्था र समाजसेवामा समर्पित भइन् । उनकै प्रेरणाले मानिसहरु बाल साहित्य लेखनतर्फ आकर्षित भएका थिए । उनले विभिन्न माध्यमबाट बालमैत्री वातावरण शिक्षा दिन प्रोत्साहन गर्दै उनले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याइन् । साहित्य समाज, गुरुकुल विद्यालय, बालमन्दिर, नेपाल प्रज्ञा प्रतिष्ठान आदि संस्थासँग आबद्ध भई शैक्षिक जागरण ल्याउन उनी सदा अग्रसर भएर लागिन् । देवकुमारीले गाउँ गाउँमा पुगेर बालबालिका महिला, वृद्ध, अशक्त र विरामीहरुको उपचार पनि गरिन् । त्यस्तै असाहाय, पीडित, विपन्न र रोगग्रस्त मानव समुदायको दुःख पीर हटाउन सँधै क्रियाशील रहिन् । पुण्यात्मा आमा, रामको कथा, कथाको बटुलो, प्रलय प्रतीक्षा, टपरी, भोकृप्ति, देवकुमारी थापाका प्रतिनिधि कथाहरु आदि उनका साहित्यिक रचनाहरु हुन् । अन्ततः थापाले शिक्षा, स्वास्थ्य र साहित्यमा दिएको योगदान अतुलनीय छ ।
देवकुमारी थापा बालबालिकाहरु नै देशका निर्माता हुन् भन्ने धारणा राख्थिन् । बाल बालिकाहरुलाई नै असल र शिक्षित पार्न साहित्य रचनामा लागिन् । त्यसरी नै बाल बालिकाहरुको चौतर्फी विकास गर्न बाल संस्था र समाज सेवामा समर्पित भइन् । उनको विचारमा मानिसको मुखय कर्तव्य सेवा हो । सबैलाई सेवामा प्रेरणा दिन उनले पुरस्कारको पनि व्यवस्था गरिन् । उनी आजीवन सेवामा हिमाल झैँ अडिक बनी सबैको प्रेरणा स्रोत बनिन् ।
२.एक वाक्यमा उत्तर भन :
- देवकुमारीको जन्म कहाँ र कहिले भएको थियो ?
उत्तर – देविकुमरिको जन्म भारतको दार्जीलिङ अन्तर्गत खरसाङमा भएको वि.स.१९८५ चैत २२ गतेका दिन भएको थियो |
- देवकुमारीले थापाले किनबाल साहित्यक पुस्तक लेख्न थालिन् ?
उत्तर – देवकुमरीथापाले बाल बालिकालाई असल र शिक्षित पार्न बाल साहित्यकको पुस्तक लेख्न थालिन् |
- देवकुमारीले आफ्नै खर्चमा कुन संस्था स्थापाना गरिन् ?
उत्तर – देवकुमारीले आफ्नै खर्चमाबबरसिंह गुठी स्थापना गरिन् |
- देवकुमारी थापा कुन कुन क्षेत्रमा उदाहरण बनिन् ?
उत्तर – देवकुमारी थापा समाज, साहित्य, पत्रकारिता र शिक्षा क्षेत्रमा उदाहरण बनेकी छन् |
३.जोडा मिलाऊ
- देवकुमारी थापाको जन्म स्थल – खरसाङ
- पहिलो नेपाली बाल पत्रिका – हिमाल किशोर
- मानवको मुख्य कर्तब्य – सेवा
- देवाकुमरीले तिस वर्षसम्म सेवा गरेको संस्था – बाल मन्दिर
- विराट साहित्य संस्था - अध्यक्ष
facebook :


- Reviews (0)
Nothing Found...Leave a review