- Home
- Show Content
पाठ : ३ देवकुमारी थापा
पाठ : ३ देवकुमारी थापा
४.ठिक उत्तरमा चिन्ह लगाउ :
क)देवकुमारी थापाले गरेको नयाँ काम के हो ?
अ)बाल कथा लेखन आ) बाल पत्रिका लेखन
बाल नाटक प्रकासन ई) बाल मन्दिर संचालन
उत्तर – आ) बाल पत्रिका प्रकाशन
ख)देवकुमारी अध्यक्ष रहेको संस्था कुन हो?
अ)विराट साहित्य संस्था आ) बाल पत्रिका प्रकाशन
बाल नाटक मन्च ई) अन्तर्राष्ट्रिय मन्च
उत्तर – अ ) विराट साहित्य संस्था
५.मिल्ने शब्द छानेर खाली ठाउँ भरि वाक्य पुरा गर :
क ) असल काममा हैसला दिने ब्यक्ति....... हुन्छन् ( थोरै, ज्यादै, अलिकति)
उत्तर – असल कानमा हैसला दिने व्यक्ति थोरै हुन्छन् |
ख)बाल बालिकाहरु नै देशका भविष्य ......... हुन् |( भार, निर्माता, खेलाडी)
उत्तर – बाल बालिका नै देशका निर्माता हुन् |
ग)नेपाली साहित्यमा देवकुमरीको ...... स्थान छ | ( गहिरो, विशिष्ट, चर्को )
उत्तर – नेपाली साहित्यमा देवकुमारीको विशिष्ट छ |
घ)हिमाल किशोर पहिलो नेपाली ....... हो |
( बाल पत्रिका, हिमाल साहित्य, बाल साहित्य )
उत्तर – हिमाल किशोर नेपाली बाल पत्रिका हो |
६. उत्तर लेख
क)देवकुमारीको बाल साहित्यमा कस्तो योगदान रहेको छ ?
उत्तर –देवकुमारी थापाको बाल साहित्यमा ठूलो योगदान रहेको छ | यिनले बाल बालिकाहरु देशका भविष्य निर्माता अनि समाज र राष्ट्रियको जग भएकोले उनीहरुलाई असल र शिक्षित तुल्याउने हेतुले बाल साहित्य सिर्जना गर्ने काम गरिन् | उनले नेपाली साहित्यमा बाल साहित्यको कमी देखी धेरै किताबहरु लेख्नने काम गरेकी छिन् | बालबालिकाहरुले छोटो र मिठोकथाहरु बढी मन पराउने भएकाले सोहीअनुसार थुप्रै कथा लेखिन् |असल वातावरण सकरात्मक सन्देशले भरिएको उनका बाल कथामा बाल मनोविज्ञानको सुन्दर प्रयोग भएको पाइन्छ | बाल बालिकाहरुको मनोवीज्ञानलाई ख्याल गरी लेखिएका उनका प्रतिनिधि रचनाहरुमा पुण्यात्मा आमा, रामको कथा, कथाको बटुलो, प्रलय प्रतिक्षा, टपरी, देवकुमारी थापाका उत्कृष्ट कथाहरु रहेका छन् | उनैले सर्वप्रथम हिमाल किशोर नामक बाल पत्रिका प्रकाशन गरेर बाल साहित्यको विकास र विस्तारमा योगदान पुर्याइन | उनको प्रेरणा धेरै बाल साहित्यकारहरु बाल साहित्य लेखनमा प्रवेश गरेको पाइन्छ | अत : नेपाली बाल साहित्य क्षेत्रमा उनको विशिष्ट योगदान रहेको स्पष्ट हुन्छ |
ख. देवकुमारीलाई किन उच्च विचार भएकी व्यक्ति भनिन्छ ?
-देवकुमारीलाई उच्च विचार भएकी व्यक्ति भनिन्छ । किनभने उनका विचारमा प्रभावकारी प्रतिभाशाली, जीवनउपयोगी र सारगर्भित भाव पाइन्छ ।
ग. देवकुमारी थापालाई के कारणले नागरिक अभिनन्दन गरियो ?
- देवकुमारी थापाको कर्मशील जीवनबाट प्रभावित भएर उनलाई नागरिक अभिनन्दन गरियो ।
घ. देवकुमारी थापालाई किन प्रेरणाकी मुहान मानिन्छ ?
-देवकुमारी थापाले विभिन्न क्षेत्रमा योगदान दिएकी छन् । उनले शिक्षा साहित्य र सेवामा सम्पूर्ण जीवन बिताएकीले उनलाई प्रेरणाकी मुहान मानिन्छ ।
ङ. देवकुमारी थापाले के कस्ता सम्मान र पुरस्कार पाइन् ?
-देवकुमारी थापाले उत्तर कुँवर, प्रतिभा, महेन्द्र प्रज्ञा आदि पुरस्कार, सेवापदक गोरखा दक्षिण बाहु, रत्नश्री स्वर्णपदक आदि विभूषण र नागरिक अभिनन्दन जस्ता सम्मान र पुरस्कार पाइन् ।
७. देवकुमारी थापाले शिक्षा, स्वास्थ्य र साहित्यमा दिएको योगदानको चर्चा गर्नुहोस् :
देवकुमारी थापाको जन्म वि.सं. १९८५ साल वैशाख २ गते भारतको खरसाङमा भएको थियो । उनका पिताको नाम हस्तबहादुर कटुवाल, माताको नाम रमादेवी कटुवाल र पतिको नाम बबरसिंह थापा थियो । बालबालिकाको व्यक्तित्व विकासका लागि राम्रो वातारण र सकारात्मक सन्देश आवश्यक पर्दछ । सेवा नै मानिसको मुख्य कर्तव्य हो भन्ने मूल विचार उनको हो ।
उनले आफ्नो सम्पूर्ण जीवन शिक्षा, स्वास्थ्य र साहित्यका क्षेत्रमा समर्पित गरिन् । उनले बालबालिकालाई देशका भविष्य निर्माता ठानी उनीहरुको चौतर्फी विकास गर्न बालसंस्था र समाजसेवामा समर्पित भइन् । उनकै प्रेरणाले मानिसहरु बाल साहित्य लेखनतर्फ आकर्षित भएका थिए । उनले विभिन्न माध्यमबाट बालमैत्री वातावरण शिक्षा दिन प्रोत्साहन गर्दै उनले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याइन् । साहित्य समाज, गुरुकुल विद्यालय, बालमन्दिर, नेपाल प्रज्ञा प्रतिष्ठान आदि संस्थासँग आबद्ध भई शैक्षिक जागरण ल्याउन उनी सदा अग्रसर भएर लागिन् । देवकुमारीले गाउँ गाउँमा पुगेर बालबालिका महिला, वृद्ध, अशक्त र विरामीहरुको उपचार पनि गरिन् । त्यस्तै असाहाय, पीडित, विपन्न र रोगग्रस्त मानव समुदायको दुःख पीर हटाउन सँधै क्रियाशील रहिन् । पुण्यात्मा आमा, रामको कथा, कथाको बटुलो, प्रलय प्रतीक्षा, टपरी, भोकृप्ति, देवकुमारी थापाका प्रतिनिधि कथाहरु आदि उनका साहित्यिक रचनाहरु हुन् । अन्ततः थापाले शिक्षा, स्वास्थ्य र साहित्यमा दिएको योगदान अतुलनीय छ ।
८. पाठको तेस्रो अनुच्छेद पढी चार बुँदा टिपेर सारांश लेख्नुहोस् :
बुँदाहरु
क. बाल बालिकाहरु नै देशका भविष्य निर्माता हुन् भन्ने धारणा,
ख. बाल बालिकाहरुको चौतर्फी विकासको सेवामा सदा समर्पित,
ग. सेवालाई मुख्य कर्तव्य ठानी पुरस्कारको स्थापना गर्नु,
घ. सेवामा हिमाल झैँ अडिग रही सबैको प्रेरणा स्रोत बनेकी ।
सारांश
देवकुमारी थापा बालबालिकाहरु नै देशका निर्माता हुन् भन्ने धारणा राख्थिन् । बाल बालिकाहरुलाई नै असल र शिक्षित पार्न साहित्य रचनामा लागिन् । त्यसरी नै बाल बालिकाहरुको चौतर्फी विकास गर्न बाल संस्था र समाज सेवामा समर्पित भइन् । उनको विचारमा मानिसको मुखय कर्तव्य सेवा हो । सबैलाई सेवामा प्रेरणा दिन उनले पुरस्कारको पनि व्यवस्था गरिन् । उनी आजीवन सेवामा हिमाल झैँ अडिक बनी सबैको प्रेरणा स्रोत बनिन् ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review