- Home
- Show Content
पाठ : ३ देवकुमारी थापा
पाठ : ३ देवकुमारी थापा
कार्यमूलक व्याकरण
कारक: कारक शब्दको सोझो अर्थ कार्य गर्ने हो | क्रियासंग सिधा सम्पर्क भएका नाम र सर्वनामलाई कारक भनिन्छ | वाक्यस्तरमा क्रियापदसंग सम्बद्ध नामपद कारक रुपमा आउछन् |
कारकलाई निम्न ६ भागमा बिभाजन गरिएको छ |
- कर्ता कारक
- कर्म कारक
- करण कारक
- सम्प्रदान कारक
- अपदान कारक
- अधिकरण कारक
क)कर्ता कारक – कुनै पनि कार्य सम्पादन गर्ने नामिक पदलाई कर्ता कारक भनिन्छ | अर्थात् वाक्यमा काम गर्ने नामिक शब्दलाई कारक भनिन्छ | यो के र कसलाई भन्ने प्रश्नको उत्तरमा आउछ र सामान्यतया ले/वाट विभक्ति चिन्हहरु लाग्दछन् |
उदाहरण – प्रहरीले हिर्कायो |
ख) कर्म कारक – कर्म कारक भन्नाले वाक्यमा कामको परिमाण भोग्ने वा असर पर्ने नामिक शब्दलाई जनाउदछ | यो के र कसलाई भन्ने प्रश्नको उत्तरमा आउछ | यसमा सामान्यतया दृतिया विभत्तिको चिन्ह लाई लाग्दछ |
उदाहरण – प्रहरीले चोरलाई हिर्कायो |
मैले कलमले चिठी लेखे |
ग)करण कारक – करण कारण भन्नाले वाक्यमा कार्यव्यापारको साधन कारक वा प्रयोजन बुझाउन आउने नामिक पदलाई बुझाउदछ | यसमा सामान्यता के ले केवाट प्रश्नको उत्तरमा आउछ र यसमा प्राय ले\वाट\ दृरा जस्ता तृतिय विभक्त्तिका चिन्हहरु लाग्दछन् |
उदाहरण - मैले कलमले चिठी लेखे |
घ) सम्प्रदान कारक – सम्प्रदान कारक भन्नाले वाक्यमा क्रियाले गर्ने कामको लक्ष्य वा काम गराईको प्रयोजन बुझाउन आउने नामिक पदलाई बुझाउछ |अर्थात् कार्यब्यापारको लक्षित उदेश्यले बनी आउने नामिक पदलाई सम्पदान कारक भनिन्छ | यो समन्यता कसलाई प्रश्नको उत्तरमा आउछ र यसका लागि\ निम्ति\ लाई\ जस्ता चतुर्य विभक्ति चिन्हरुरू लाग्दछ |
उदाहरण - दिदिले बहिनीलाई खेलौना ल्याइदिन् |
ङ) अपदान कारक – क्रियाले बुझाउने काम सुरु हुने समय र छुट्टिने ठाउँ बुझाउने पदलाई अपदान कारक भनिन्छ | अपदान कारकमा देखि\बाट लाग्दछ |उदाहरणा – रुखबाट फल खस्यो |
च) अधिकरण कारक – क्रियाले बुझाउने कामको आधार जनाउने पदलाई अधिकरण कारक भनिन्छ | अधिकरणमा कारकमा “मा” विभक्ति लाग्छ |
उदाहरण –भाई कुर्सीमा बस्यो |
विभक्ति :आफ्नो स्वतन्त्र अर्थ नभएको तर नामिक पदहरुसंग जोडीएर पदीय अन्तरसम्बन्ध कायम गरि क्रियासग सम्बन्ध राखेर आउने पदसगलाई विभक्ति भनिन्छ |विभंक्तिलाई नामिक शब्दसग नजोडिने हो भने अर्थपुंर्ण हुदैन |
- उदाहरण – मैले रामलाई पिटे |
- रमेशले लट्ठीले हिर्कायो |
- मलाई आज सन्चो छैन |
कारकीय अर्थ र विभक्ति चिन्ह तालिका
|
कारक |
अर्थ |
विभक्ति |
विभक्ति चिन्ह |
|
कर्ता |
कार्य गर्ने |
प्रथम |
ले/वाट |
|
कर्म |
गरिने वस्तु |
दृतीय |
लाई /कन |
|
करण |
साधन, उपकरण |
तृतिया |
ले /वाट /द्रारा |
|
सम्प्रदान |
जसका लागि गरिन्छ |
चतुर्थी |
लाई/ लागि/ निम्ति |
|
अपदान |
छुट्टिने ठाउँ, स्रोत |
पंचमी |
देखि/ वाट |
|
अधिकरण |
आधार \ आश्रय |
सप्तमि |
मा/ माथि |
षष्ठी विभाक्तिमा को का की /रो रा रि /नोना नी जस्ता विभक्ति चिन्हको प्रयोग हुन्छ |
१७.कोष्ठकमा दिईएको सङक़ेतअनुसार विभक्ति चिन्ह राखेर खाली ठाउँ पुरा गर :
- अप्सरा ......... नयाँ किताब किनिन् | (प्रथम विभक्ति )
उत्तर : अप्सराले नयाँ किताब किनिन् | - सोनु भाइ .....बोलाऊछिन् | ( दृतीया विभक्ति )
उत्तर : सोनुले भाइलाई बोलाऊछिन |
- हरि बिहानै....... पढ्दै छ | (पंचमी विभक्ति)
उत्तर : बिहानैदेखि पढ्दै छ |
- गोपाल कलम...... चिठी लेख्छन् | ( तृतीया विभक्ति )
उत्तर : गोपाल कलमले चिठी लेख्छन् |
- मेरो टेबुल ...... घडी छ |(सप्तमी विभक्ति )
उत्तर : मेरो टेबुलमा घडी छ |
१८.रेखाङकित शब्दको कारक छुट्याऊ :
क) चित्रलेखाले इनारबाट बाल्टीमा पानी झिकेर ल्याइन् र भाइलाई दिईन् |
- चित्रलेखाले– कर्ता कारक
- इना रबाट – अपदान कारक
- बाल्टीमा – अधिकरण
- पानी – कर्म कारक
- भाईलाई– सम्प्रदान
- सन्तोषले लठ्ठीले सर्पलाई हिर्कायो |
- सतोषले– कर्ता कारक
- लट्ठीले– करण कारक
- सर्पलाई– कर्म कारक
ग)मनोजले कलमले चिठी लेखेर आफ्नो साथीलाई पठाए |
मनोजले – कर्ता कारक
कलमले – करण कारक
चिठी :कर्म
साथीलाई – सम्प्रदान
facebook :


- Reviews (0)
Nothing Found...Leave a review