एक दिन मात्रै चक डस्टर लिएर त हेर साथी

एक दिन मात्रै चक डस्टर लिएर त हेर साथी

मास्टरको जिन्दगानि जिएर त हेर साथी

एक दिन मात्रै चक डस्टर लिएर त हेर साथी

 

मोजमस्ति आँफुखुसि रमाइलोमा झुम्दैगर्दा

रहर भुलाइ आदर्शमा खुम्चिएर त हेर साथी।

 

मैमत्ता र उद्दन्ड ति झुन्डहरुको कोलाहलमा

धैर्यताको परिक्षा त्यो दिएर त हेर साथी।

 

बिद्वतालाइ पैसासङ्ग साट्न मोल्न खोज्नेहरुको

 दिनदिनै बचन बिष पिएर त हेर साथी।

 

आफ्नै श्रमको मुल्य पनि समयमै नपाँउदा

चुलो बाल्न पनि रिन लिएर त हेर साथी।

 

मास्टरको जिन्दगानि जिएर त हेर साथी

एक दिन मात्रै चक डस्टर लिएर त हेर साथी।

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login