- Home
- Show Content
विज्ञान नोट -कक्षा ९
विज्ञान नोट -कक्षा ९
- पदार्थको सहि परिमाण पत्ता लगाउन प्रयोग गरिने स्टाण्डर्ड परिमाणलाई एकाई भनिन्छ। ३) भौतिक परिमाण (Physical Quantity) भनेको के हो ? - प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा मापन गर्न सकिने परिमाणलाई भौतिक परिमाण भनिन्छ । जस्तै, पिण्ड, चाप, क्षेत्रफल, सामर्थ्य आदि । - " भौतिक परिमाणहरुलाई नाप्दा ती परिमाणहरुको अंकगणितिय मान र एकाई दुवैको प्रयोग गरिन्छ । * भौतिक परिमाण = अंकगणितिय मान +एकाई । जस्तै, पिण्ड = 2 किलोग्राम ४) आधारभुत एकाई (Fundamental unit) भनेको के हो ? - आफ्नै स्वतन्त्र अस्तित्व भएका र अरु नापका एकाईमा भर नपर्ने एकाईहरुलाई आधारभुत एकाई भनिन्छ। मिटर, किलोग्राम, सेकेण्ड, केल्भीन, एम्पियर आदि आधारभूत एकाईका उदाहरणहरु हुन् । * एस. आई. प्रणाली अनुसार आधारभुत एकाईहरु जम्मा 7 वटा छन् । आधारभुत परिमाण आधारभुत एकाई संकेत परिमाण लम्वाई मिटर m पिण्ड किलोग्राम kg समय सेकेण्ड s तापक्रम केल्भीन K विद्युत धारा एम्पियर A पदार्थको पमिाण मोल mol प्रकाशको तीब्रता क्यान्डेला Cd
५) तत्जन्य एकाई (Derived Unit) भनेको के हो ? -दूई वा दुईभन्दा वढि आधारभुत एकाईहरुवाट निर्माण गरिएका नापतौलका एकाईहरुलाई तत्जन्य एकाई भनिन्छ। मिटर प्रति सेकेण्ड (m/s), घन मिटर (m), न्यूटन (N), पास्कल (Pa) आदि तत्जन्य एकाईका उदाहरणहरु हुन् । ६) एम.के.एस. प्रणाली (M.K.S. System) भनेको के हो ? -' लम्वाईलाई मिटर (m), पिण्डलाई किलोग्राम (kg) र समयलाई सेकेण्डमा (s) नाप्ने नापतौलको प्रणालीलाई एम. के. एस. प्रणाली भनिन्छ। * एम.के.एस. प्रणाली लाई मेट्रिक प्रणाली पनि भनिन्छ । ७ सी.जी.एस. प्रणाली (C.G.S. System) भनेको के हो ? - लम्वाईलाई सेन्टीमिटर (cm),पिण्डलाई ग्राम (gm) र समयलाई सेकेण्डमा (s) नाप्ने नापतौलको प्रणालीलाई सी. जी. एस. प्रणाली भनिन्छ। सी. जि.एस. प्रणाली लाई फ्रेञ्च प्रणाली पनि भनिन्छ । ८) एफ.पी.एस. प्रणाली (F.P.S. System) भनेको के हो ? - लम्वाईलाई फुट (f), पिण्डलाई पाउण्ड (p) र समयलाई सेकेण्डमा (s) नाप्ने नापतौलको प्रणालीलाई एफ. पी. एस. प्रणाली भनिन्छ। एफ. पी. एस. प्रणाली लाई ब्रिटीश प्रणाली पनि भनिन्छ । ९) एस. आई.एकाई (SI Unit) भनेको के हो ? -अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त नापतौलको साझा एकाईलाई एस. आई. एकाई भनिन्छ । ' एस. आई. एकाईको पुरा रुप फ्रेन्च भाषामा Systeme international dunites हो भने यसको अंग्रेजीमा रुपान्तरण International system of unit हो। सन 1960 मा फ्रान्समा भएको नापतौल सम्वन्धी बैज्ञानीकहरुको 11 औं अन्तर्राष्ट्रिय सम्मेलनले SI-Unit को तर्जुमा गरी कार्यान्वयनमा ल्याएको हो । SI एकाईलाई MKS प्रणालीको विस्तृत रुप पनि भनिन्छ । लेखन तथा सम्पादनः किरण देवकोटा विज्ञान शिक्षक
|
facebook :


- Reviews (0)
Nothing Found...Leave a review