- Home
- Show Content
दुई मितको कथा -पाठ १ (Note )
दुई मितको कथा -पाठ १ (Note )
|
कक्षा ९ मा समावेस पाठहरू |
|
|
1. दुई मितको कथा 2.यात्रा सुरु गरौँ 3.सङ्गीतज्ञ रामशरण दर्नाल 4.म को हुँ ? 5.मानव बेचविखन विरुदध हाम्रो दायित्व 6.बहिनीलाई चिठी 7.निद्रा 8.वसन्त कोकिल |
9.जैविक खेती 10.मङ्गलाका तीन दिन 11.डाक्टर अङ्कल 12.आङ सान सुकी 13.सय रङ इन्द्रेनी 14.महिला हिंसा 15.छात्रवास 16.बन्धनबाट मुक्ति |
दुई मितको कथाको मूल भाव वा सन्देश
१. हामीले प्रेम र सद्भावको सम्बन्ध भएको असल मित्रता गाँस्नुपर्छ ।
२. साथीलाई सुख र दुःख दुवै अवस्थामा साथ दिनुपर्छ ।
३. दुःख पर्यो भने आत्तिनु हुँदैन हिम्मत हार्नु हुँदैन।
४ दुःख विपत्मा धैर्य भई सोचविचार गरी आत्मविश्वास राखेर समस्याको समाधान पहिल्याउनुपर्छ ।
५. बल भन्दा बुद्धि ठूलो हुन्छ त्यसैले विवेक पुयाएर काम गर्नुपर्छ ।
६. आफूलाई अरुले लगाएको गुन बिर्सनु हुँदैन र मौका परेको बेला गुनको बदला गुनले नै तिर्नुपर्छ।
७. मानिस वा प्राणी जिउडाल , उमेर , शक्ति , धन आदिले ठूलो नभई बुद्धि र विवेकका कारण ठूलो हुन्छ यो कुरा नेत्रलाल बाट बुझ्न सकिन्छ
८. ठिक समयमा ठिक तरिकाले विवेकको प्रयोग गरी उचित निर्णय लिन सक्नेले नै सफलता प्राप्त गर्न सक्छ अथवा समस्याबाट मुक्ति प्राप्त गर्न सक्छ।
९. आफ्नो निजी स्वार्थलाई त्यागेर अरुको भलाइका लागि काम गर्न सक्यौ भने हामी सबैको माझ प्यारो र सम्मानित बन्न सक्छौं ।
कथाको सारांश
१. कुनै घना जङ्गलमा नेत्रलाल (लाटोकोसेरो) र कर्णकान्त (हात्ती) दुई मित- एउटा ठूलो रुखलाई बासस्थल बनाई खुसीसँग रमाएर बाँचेका,
२. ती दुई मितमा एकता र सहयोगी भावना भएको,
३. उनीहरु दिनभरि आ-आफ्नो आहार खोज्न एक अर्कोतिर गए पनि साँझपख भने फर्किएर आफ्ना बासस्थानमा आइपुग्थे र दिनभरिका आफ्ना अनुभव आपसमा साटासाट गर्थे,
४ एकदिन आहार खोज्न गएको कर्णकान्त साँझ अबेरसम्म पनि बासस्थल आइनपुग्दा नेत्रलाललाई असाध्यै चिन्ता पर्नु,
५. उसले आफ्नो मितलाई केही समस्या पर्यो कि, कुनै ढोईको पछि लागेर गयो कि अथवा आफूलाई छोडेर पो गयो कि भन्ने कुरा सोच्नु,
६. आधा रात बितेपछि मात्र कर्णकान्त बासस्थलमा आइपुग्नु र नेत्रलालले ढिला हुनुको कारण सोध्नु,
७ कर्णकान्तले सबै कुराको बेलीबिस्तार लगाउने क्रममा आहार खोज्न भनी गडतीर हुँदै जाँदा अग्ला डाँडाहरु पार गरेपछि सुनसान मैदानमा पुगेको र त्यहाँबाट फर्कन खोज्दा केही परबाट होहल्ला आएको सुनी त्यहाँ गई हेर्दा राक्षसहरुको जमघट र ठूला मुढा बाली राक्षसहरु नाचेको र नजिकैको ओढारमा बस्ने गरेको कुरा देख्नु,
८. राक्षसहरुले कर्णकान्तलाई देखी उसलाई सिकार बनाउने मनसायले आफूहरुका राजा समक्ष लैजानु,
९. राक्षसहरुका राजाले हिजो राति सपनामा आफुले हात्तीको मासु खाएको देखेकाले त्यो सपना बिपनामा बदलिन लागेको कुरा बताई खुसी हुनु,
१०. आफूलाई नखाई छोडिदिन हात्तीले बिन्ती गर्नु,
११. राक्षसहरुको राजा र अन्य राक्षसले कर्णकान्तको बिन्ती नसन्न,
१२. कर्णकान्तले अन्तिम पटक आफ्नो मितलाई भेट्न जान दिन अनुरोध गर्नु र फर्केर पुनः राक्षसहरुको सिकार हुन आउने कुराको वचन दिनु,
१३. मितलाई भेटी पुनः आउने सर्तमा कर्णकान्तलाई राक्षसहरुले छोडिदिनु
१४. कर्णकान्तको यस्तो कुरा सुनी नेत्रलाल दुःखी हुनु ,
१५. नेत्रलालले विगतमा आफ्नो मितसँग प्रेमपूर्वक खेलेको, बसेको, घुमेको कुराको स्मरण गर्नु ,
१६. कर्णकान्तको टाउकामा बसेर वन घुम्ने क्रममा एकपटक रुखको हाँगाले लागेर आफ्नो पखेटामा चोट लागेको र त्यतिबेला पनि कर्णकान्तले सुनाएका रसिला कथा कहानीहरुले आफ्नो घाउको दुखाइ बिर्साएको र बिस्तारै घाउ निको हुँदै गएको विगत नेत्रलालले सम्झिएका
१७. बाँचे पनि सँगै बाँचौला र मरे पनि सँगै मरौला त्यसैले तपाईको जीवनको अन्तिम समयसम्म म साथ दिनेछ भनी नेत्रलालले कर्णकान्तलाई हौसला र हिम्मत दिनु ,
१८. नेत्रलाल कर्णकान्तको टाउकोमा चढी लामो बाटो पार गरी जङ्गलको बिचमा राक्षसहरु भएको ठाउँसम्म पुग्नु ,
१९. हात्तीलाई देखी राक्षसहरु खुसी हुनु र राक्षसहरुको राजाले हात्तीको इमानदारीताको प्रशंसा गर्नु ,
२०. मितको टाउकोमा निदाएको स्वाङ पारेको नेत्रलाल ब्युझझै गरी राक्षसहरुको राजालाई खोइ तपाईकी छोरी बाहिर ल्याउनुहोस् भन्नु ,
२१. नेत्रलालको कुरा सुनी राक्षसहरुको राजाले छोरी बाहिर ल्याउनुपर्ने कारण सोध्नु ,
२२. नेत्रलालले आफु निदाएको बेला सपनामा राक्षसी राजकुमारीलाई बिहे गरेको देखेकाले बिपनामा बिहे गर्न पाउनुपर्छ भन्नु ,
२३. राक्षसहरुको राजाले सपनामा देखेको कुरा बिपनामा कसरी पूरा हुन सक्छ भनी नेत्रलालको कुरा अस्वीकार गर्नु ,
२४. नेत्रलालले यदि तपाईले सपनामा हात्तीको मासु खाएको देखेको भरमा मेरो मितलाई खान हुन्छ भने मैले पनि तपाईंकी छोरीसित बिहे गर्न पाउनुपर्छ भनी तर्क राख्नु ,
२५. उसको कुरा सुनी राक्षसहरुका राजा र अन्य सबै राक्षसहरु अक्क न बक्क हुनु अनि हात्ती आयो हात्ती आयो फुस्सा भन्दै ओढारतिर पस्नु ,
२६. कर्णकान्त आफ्नो मितलाई टाउकामा राखी लमकलमक बासस्थलतिर फर्कनु,
२७ धेरै वर्षसम्म यी दुई मित सुख दुःख बाँडेर बस्नु।
बोधात्मक प्रश्नोत्तर (अतिसक्षिप्त)
क.दुई मितको नाम के थियो ? '
-दुई मितको नाम कर्णकान्त र नेत्रलाल थियो।
ख. नेत्रलाल किन चिन्तित भयो ?
-कर्णकान्त राति अबेरसम्म घर नफर्किएपछि नेत्रलाल चिन्तित भयो।
ग.कर्णकान्त र नेत्रलाल कहाँ रात बिताउँथे ?
- कर्णकान्त रुखको फेदमा र नेत्रलाल रुखका हाँगामा रात बिताउँथे।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review