- Home
- Show Content
विज्ञान नोट -कक्षा ९ (१)
विज्ञान नोट -कक्षा ९ (१)
क) बल के लाई भनिन्छ ?
उत्तर : बल (Force) 'सामान्यतया तान्नु वा घचेट्नुलाई बल भनिन्छ । * स्थिर अवस्थामा रहेको बस्तुलाई चालमा ल्याउने वा ल्याउन खोज्ने अथवा चाल अबस्थामा रहेको बस्तुलाई स्थिर अवस्थामा लैजाने वा लैजान खोज्ने चेष्टालाई बल भनिन्छ । 'बललाई न्यूटन (N) एकाईमा नापिन्छ। 'बल भेक्टर परिमाण हो।
ख) 1N बल भन्नाले के बुझिन्छ ?
उत्तर : 1 kg पिण्ड भएको बस्तुमा 1m/s2 प्रवेग उत्पन्न गर्न आवश्यक पर्ने बलको परिमाणलाई नै 1N बल भनिन्छ ।
ग) बलले गर्ने कार्यहरु वा बलका असरहरु कुनैपनि बस्तुमा बलले पार्ने असरहरु के-के हुन् ?
उत्तर : कुनै पनि बस्तुमा बलले पार्ने असरहरु निम्ननुसार छन् ।
बलले,
- स्थिर अवस्थामा रहेको बस्तुलाई चालमा र चाल अवस्थामा रहेको बस्तुलाई स्थिर अवस्थामा ल्याउँछ ।
- चाल अवस्थामा रहेको वस्तुको गतिको दरमा परिवर्तन गर्दछ।
- गतिशिल वस्तुको दिशामा परिवर्तन गर्दछ ।
- बस्तुको साईजमा परिवर्तन गर्दछ ।
घ) पिण्ड (Mass) भन्नाले के बुझ्नुहुन्छ ?
उत्तर : पिण्ड (Mass) ' पदार्थमा भएको बस्तुको जम्मा परिमाणलाई पिण्ड भनिन्छ । 'पिण्डको SI एकाई किलोग्राम हो। पिण्ड स्केलर परिमाण हो। पिण्डलाई नाप्न भौतिक तराजुको प्रयोग गरिन्छ । पिण्डको मान स्थान र समय अनुसार परिवर्तन हुँदैन ।
ङ) ईनर्सिया (Inertia) ईनर्सिया भनेको के हो ?
कुनैपनि पदार्थको आफु जुन अवस्थामा छ, त्यहि अवस्थामा रहिरहन खोज्ने गुणलाई त्यस पदार्थको ईनर्सिया भनिन्छ। पदार्थहरुको आफ्नो यथास्थितिमा रहन खोज्ने अन्तरनिहित विशेषतालाई नै ईनर्सिया भनिन्छ।
च) ईनर्सियालाई प्रभाव पार्ने तत्वहरु (Factors affecting inertia)
क) वस्तुको पिण्ड
ख) वस्तुको चाल वा गति
छ) चाल ईनर्सिया भनेको के हो ? एउटा उदाहरण दिनुहोस।
उत्तर : चाल अवस्थामा भएका हरेक बस्तु चाल अवस्थामा रहिरहन खोज्ने गुणलाई नै चाल ईनर्सिया भनिन्छ। चलिरहेको पंखाको स्विच बन्द गरेतापनि केहिवेर चलिरहनु चाल ईनर्सियाको उदाहरण हो।
ज) एउटा कार अकस्मात गुडाउदा त्यस भित्रका यात्रुहरु पछाडी ढल्कन्छन्, किन?
उत्तर : सुरुमा कार र कार भित्रका यात्रुहरु दुवै स्थिर अवस्थामा रहेका हुन्छन् । बाहिरी बलको कारण कार गुड्छ, तर स्थिर अवस्थामा रहेका यात्रुहरुमा बाहिरी बल प्रयोग नभएका कारण स्थिर अवस्थामा नै रहन खोज्छन् । तसर्थ स्थिर ईनर्सियाका कारण गाडी गुड्दा यात्रुहरु पछाडीतिर ढल्कन्छन्।
झ)गलैचालाई लट्ठीले हिर्काउँदा त्यसमा भएको धुलो भूईंमा झर्छ किन होला?
उत्तर : गलैचालाई लट्ठीले हिर्काउदा बाहिरी बलको कारण गलैंचा चाल अवस्थामा आउँछ तर धुलोमा बाहिरी बल प्रयोग नभएकोले धुलोका कणहरु आफ्नो पहिलेकै स्थिर अवस्थामा रहन खोज्छन । तसर्थ धुलोमा भएको स्थिर ईनर्सियाको कारण गलैचा र त्यसमा भएको धुलो एक आपसमा छुट्टीन्छ र धुलो भूईमा झर्छ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review