विज्ञान नोट -कक्षा ९ (२)

विज्ञान नोट -कक्षा ९ (२)

क.आँप फलेको रुखको हाँगा हल्लाउदा आँप भूईमा झर्छ, किन?

उत्तर: आँपको हाँगा हल्लाउदा बाहिरी बलको प्रयोगले गर्दा आँपको हाँगा चाल अवस्थामा आउँछ तर त्यसमा भएको आँपमा बाहिरी बलको प्रयोग नभएकाले पहिलेकै स्थिर अवस्थामा रहन खोज्छ । अतः स्थिर ईनर्सियाको कारण आँप हाँगावाट छुट्टीन्छ अनि भूईमा झर्छ।

 

ख.गुडिरहेको बस अकस्मात रोकियो भने बसभित्रका यात्रीहरु अगाडी हुत्तिन्छन् । किन ?

उत्तर: गुडिरहेको बसमा बाहिरी बलको प्रयोगका कारण स्थिर अवस्थामा आउँछ । तर त्यस भित्रका यात्रीहरुमा बाहिरी बल प्रयोग नभएकोले उनीहरु पहिलेकै चाल अवस्थामा रहन खोज्छन् । तसर्थ चाल ईनर्सियाका कारण गुडिरहेको गाडी अकस्मात रोकिंदा बसभित्रका यात्रीहरु अगाडी हुत्तिन्छन् ।

 

ग.घुमिरहेको पंखाको स्विच बन्द गरेपनि उक्त पंखा केहिवेरसम्म घुमिरहन्छ, किन?

उत्तर: घुमिरहेको पंखाको स्विच बन्द गरेतापनि उक्त पंखा चाल ईनर्सियाका कारण चाल अवस्थामा रहिरहन खोज्छ र केहिवेर सम्म घमिरहन्छ।

 

घ.वेग (Speed)  भनेको के हो ?

उत्तर: 'बस्तुले एकाइ समयमा पार गरेको दुरीलाई वेग भनिन्छ । 'बेग स्केलर राशी हो। 'यसको एकाई मिटर प्रतिसकेण्ड (m/s) हो।

वेग = पार गरेको दुरी/ लागेको समय

 

ङ) गति (Velocity) भनेको के हो ?

उत्तर: ' बस्तुले निश्चित दिशामा एकाई समयमा पार गरेको दुरीलाई गति भनिन्छ। गति भेक्टर राशी हो । यसको एकाई मिटर प्रति सेकेण्ड (m/s) हो।

गति = निश्चित दिशातिर पार गरेको दुरी /लागेको समय

 

च.स्थिर ईनर्सिया भनेको के हो ? एउटा उदाहरण दिनुहोस।

उत्तर: स्थिर अवस्थामा भएका हरेक बस्तु स्थिर अवस्थामा रहिरहन खोज्ने गणलाई नै स्थिर ईनर्सिया भनिन्छ।आँपको हाँगालाई अकस्मात जोडले हल्लाउदा आँपहरु भूईमा खस्नु स्थिर ईनर्सियाको उदाहरण हो।

 

छ. चाल ईनर्सिया (Inertia of motion) ) भनेको के हो ?

उत्तर: चाल अवस्थामा रहेका हरेक बस्तुहरु तवसम्म चाल अवस्थामै रहन्छन् अथवा रहन खोज्छन् जवसम्म त्यसमा बाहिरी वलको प्रयोग गरिदैन ।यसैलाई चाल ईनर्सिया भनिन्छ ।

 

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login