विद्यालय खोल्ने विकल्पहरु

विद्यालय खोल्ने विकल्पहरु

विद्यालय पुनःसञ्चालन कार्यढाँचाको मुख्य उद्देश्य कोभिड-१९ को महामारीका कारणबाट बन्द हुन पुगेका विद्यालयहरूको पुनःसञ्चालनका लागि प्रष्ट मार्ग निर्देश गर्नु हो । यस कार्यढाँचाले स्थानीय तह एवं विद्यालयहरूले विद्यालय सञ्चालनपूर्व गर्नुपर्ने तयारी, विद्यालय सञ्चालन एवं सिकाइ व्यवस्थापनका सन्दर्भमा स्पष्ट खाका प्रदान गरी सुरक्षित विद्यालय सञ्चालन गर्न मार्ग दर्शन प्रदान गर्नेछ । सुरक्षित, भयरहित, कोभिड-१९ को संक्रमण जोखिममुक्त,स्वस्थ विद्यालय वातावरण तयार गर्न यसले सहयोग पुयाउँनेछ ।

 

विद्यालय खोल्ने विकल्पहरु (कार्यविधिबाट)

-सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने

 -अलग अलग समय (shift) मा अलग अलग कक्षा वा तह सञ्चालन गर्ने

-विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि/ घन्टी छोट्याउने,

 -अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले(जोखिम र सहजतालाई हेरी) कक्षा शुरू गर्ने,

-कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने,

 -हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन गर्ने आदि ।

 



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login