- Home
- Show Content
विज्ञान नोट -कक्षा ९ (३)
विज्ञान नोट -कक्षा ९ (३)
१) यन्त्र (Machine) ' यन्त्र भन्नाले के बुझिन्छ ? यन्त्र कति प्रकारका हुन्छन् ।
= यन्त्र (Machine) ' यन्त्र भन्नाले त्यस्ता उपकरणहरुलाई जनाउछ, जसले हाम्रो कामलाई सजिलो, छिटो र वढि सहज तरिकाले सम्पन्न गर्न मदत गर्दछन्। 'यन्त्र दुई प्रकारका हुन्छन् ।
क) साधारण यन्त्र वा सरल यन्त्र
ख) जटिल यन्त्र
२) साधारण यन्त्र (Simple Machine) सरल यन्त्र भनेको के हो ? उदाहरण सहित लेख्नुहोस ।
=दैनिक जीवनमा आईपर्ने कामलाई सजिलो वनाउन, छिटो गर्न, वा आफुलाई पाएक पर्ने दिशामा बल लगाउन मदत गर्ने कुनै ज्यावल वा उपकरणहरुलाई सरल यन्त्र वा साधारण यन्त्र भनिन्छ । जस्तैः उत्तोलक, पेचकस, घिी, बञ्चरो आदि ।
३) सरल यन्त्रले गर्ने कार्यहरु के-के हुन् ?
सरल यन्त्रले,
क. लगाईएको वललाई प्रवर्धन गर्न वा बृद्धि गर्न मदत गर्दछ ।
ख. बलको दिशालाई परिवर्तन गर्न मदत गर्दछ ।
ग. कामको दरलाई वढाउन मदत गर्दछ।
घ. कामलाई सुरक्षित तरिकाले सम्पन्न गर्न मदत गर्दछ ।
४)यान्त्रिक फाईदालाई कुन एकाईमा नापिन्छ ? किन?
यान्त्रिक फाईदाको एकाई हुदैन । किनभने यो दुईवटा वलको अनुपात हो। यान्त्रिक फाईदा वा यान्त्रिक किफायतिलाई अंकमा मात्र अभिव्यक्त गर्न सकिन्छ।
५)कुनै सरल यन्त्रको यान्त्रिक फाईदा 2 छ भन्नाले के बुझिन्छ ?
=कुनै यन्त्रको यान्त्रिक फाईदा 2 छ भन्नाले उक्त सरल यन्त्रको प्रयोगवाट हामीले यन्त्रमा लगाएको ईफोटले भन्दा 2 गुणा बढि लोडलाई उचाल्न सक्छौं भन्ने बुझिन्छ।
६)गणितिय फर्मुलाको प्रयोग गरेर निकालिएको यान्त्रिक फाईदा भन्दा बास्तविक यान्त्रिक फाईदा सधैं कम हुन्छ । किन होला?
=सामान्यतया गणितिय फर्मुला हरुको प्रयोग गरेर निकालेको यान्त्रिक फाईदा भन्दा बास्तविक यान्त्रिक फाईदा सधै कम हुने गर्दछ । किनभने यन्त्रमा लगाईएको केहि वल घर्षण वलको विरुद्धमा समेत प्रयोग भइ खेर जान्छ। यदि सरल यन्त्रमा घर्षण धेरै हुन्छ भने सरल यन्त्रको यान्त्रिक फाईदा कम हुन्छ।
७) पाङ्ग्रा र बीडलाई निरन्तरगामी उत्तोलक पनि भनिन्छ, किन?
=पाङ्ग्रा र बीडलाई चित्रमा प्रस्तुत गर्दा लोड र ईफोर्टको बीचमा फलकम रहने हनाले यसलाई उत्तोलकको रुप मान्न सकिन्छ, उत्तोलकलाई ईफोर्टले एउटा निश्चित कोणसम्म (90° सम्म) मात्र घुमाउन सक्छ । तर पाङ्ग्रालाई ईफोर्टले लगातार लोड माथी नपुगेसम्म (360° सम्म) घुमाईरहन सक्छ । त्यसैले पाङग्रा र बीडलाई निरन्तरगामी उत्तोलक भनिन्छ।
८) मोमेन्ट (Moment) भनेको के हो?
= सामान्यतया बलको घुम्ने असरलाई मोमेन्ट भनिन्छ । सरल यन्त्रमा फलक्रम वाट बलसम्मको लम्ब दूरी र त्यसमा लगाईने बलको गुणनफललाई मोमेन्ट भनिन्छ ।
मोमेन्ट = फलक्रमवाट बलसम्मको लम्व दूरी x बल
९)मोमेन्टलाई कुन एकाईमा नापिन्छ ?
=मोमेन्टलाई न्यूटन मिटर (Nm) एकाईमा नापिन्छ ।
१०)मोमेन्टलाई असर गर्ने कारक तत्वहरु के के हुन् ?
=मोमेन्टलाई निम्नलिखित दूई कुराहरुले असर गर्दछ ।
क) केन्द्रवाट बलसम्मको लम्ब दूरी
ख) बलको परिमाण
११)मोमेन्टको नियम (Law of Moment) लेख्नहोस
=बस्तु सन्तुलनमा रहेको अवस्थामा घडिको सूई घुम्ने दिशातिरको मोमेन्टको योगफल र यसको विपरित दिशातिरको मामन्टका योगफल बरावर हुन्छ । यसैलाई मोमेन्टको नियम भनिन्छ।
अर्थात, घडिको सूईको दिशातिरको मोमेन्ट = घडिको सूईको विपरित दिशातिरको मोमेन्ट
१२)गति अनुपातलाई कुन एकाईमा नापिन्छ ? किन ?
=गति अनुपातको कुनै एकाई हुदैन, किनभने यो दुई दूरी वीचको अनुपात हो।
१३)कुनै सरल यन्त्रको गति अनुपात 3 छ भन्नाले के बुझिन्छ ?
=कुनै सरल यन्त्रको गति अनुपात 3 छ भन्नाले उक्त सरल यन्त्रमा लोडले पारगर्ने दूरी भन्दा ईफोर्टले पार गर्ने दूरी 3 गुणा बढि छ भन्ने बुझिन्छ।
१४)सरल यन्त्रको गति अनुपातलाई घर्षणले असर गर्छ कि गर्दैन ?
= सरल यन्त्रको गति अनुपातलाई घर्षणले असर गर्न सक्दैन।
१५) सामान्यतया, सरल यन्त्रमा यान्त्रिक फाईदाको भन्दा गति अनुपातको मान धेरै हुन्छ, किन होला ?
= सामान्यतया, सरल यन्त्रमा यान्त्रिक फाईदाको भन्दा गति अनुपातको मान धेरै हुन्छ । किनभने यान्त्रिक फाईदालाई घर्षणले असर गर्दछ तर गति अनुपातलाई घर्षणले असर गर्दैन
१६)कुन अवस्थामा यान्त्रिक फाईदा र गति अनुपात वरावर हुन्छन्?
= यदि यन्त्रमा घर्षण छैन भने त्यस अवस्थामा यान्त्रिक फाईदा र गति अनुपातको मान वरावर हुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review