- Home
- Show Content
विज्ञान नोट -कक्षा ९ (४)
विज्ञान नोट -कक्षा ९ (४)
१.घिर्नी (Pulley) भनेको के हो?
= डोरी वेर्नको लागि परिधिमा खाल्डो बनाईएको पाङ्ग्रा आकारको सरल यन्त्रलाई घिर्नी भनिन्छ।
२. घिर्नीको मदतले गर्न सकिने कुनै दुई कुराहरु लेख्नुहोस।
क. घिर्नीको प्रयोगले बढि तौल भएको बस्तुलाई कम (थोरै) बल लगाएर उठाउन सकिन्छ ।
ख. घिर्नीको सहायतावाट बलको दिशा परिवर्तन गरेर सजिलो संग तौल उठाउन सकिन्छ ।
३. घिर्नी कति प्रकारका हुन्छन् ?
= घिर्नी मुख्यतया 2 प्रकारका हुन्छन्
- अचल घिर्ती प्रणाली
- चल घिर्नी प्रणाली
४.अचल घिर्नी प्रणाली (Immovable pulley system) भन्नाले के बुझिन्छ ?
=लोड उठाउदा घिर्निले तौलसंगै आफ्नो स्थान परिवर्तन गर्दैन भने त्यस प्रकारको घिर्नी प्रणालीलाई अचल घिर्नी प्रणाली भनिन्छ।
५.एकल चल घिर्नि प्रणालीमा गति अनुपात कति हुन्छ ? किन?
= एउटा मात्र घिर्नी प्रयोग गरिएको चल घिर्नी प्रणालीमा,लोडलाई थेग्न प्रयोग भएको डोरी खण्डको संख्या 2 हुन्छ त्यसैले एक चल घिर्नी प्रणालीमा गति अनुपात 2 हुन्छ।
६.चल र अचल धिर्नी प्रणालीमा यान्त्रिक फाईदा कसरी निकालिन्छ ?
= चल र अचल घिर्नी प्रणालीमा यान्त्रिक फाईदा निकाल्न लोडलाई ईफोर्टले भाग गरे हुन्छ।
यान्त्रिक फाईदा = ईफोर्ट/ लोड
७.दुई वा दुईभन्दा बढि घिर्नीहरु प्रयोग भएको चल घिर्नी प्रणालीका कुनै दुई फाईदा लेख्नुहोस ?
दूई वा दुईभन्दा वढि घिर्नी प्रयोग गरिएको घिर्नी प्रणालीवाट चल र अचल दुवै किसिमका घिर्नी प्रणालीका फाईदाहरु लिन सकिन्छ जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ।
क. चल घिर्नी प्रणालीले बलको दिशा परिवर्तन गरि कामलाई सजिलो बनाउँछ।
ख.. चल घिर्नी प्रणालीले कम वल लगाएर वढि तौल उठाउन मदत गर्दछ।
८.अचल घिर्नी प्रणालीमा लोड र ईफोर्टको मान वरावर हुन्छ । तर पनि तौल उठाउनका लागी यस प्रकारको घिर्नी प्रयोग गरिन्छ, किन?
= अचल घिर्नी प्रणालीले लगाईएको बललाई प्रवर्धन गर्ने काम नगरेतापनि यसले बलको दिशा परिवर्तन गरिदिन्छ । अचल घिर्निको प्रयोग गरेमा डोरी तलतिर तान्दा लोड माथितिर उठ्छ । यसोगर्दा आफ्नो शरीरको तौलले पनि लोड उठाउन मदत गर्ने भएकाले काम गर्न सजिलो हुन्छ । त्यसैले लोड र ईफोर्टको मान बराबर भएतापनि अचल घिर्नीको प्रयोग गरिन्छ
९. अचल घिर्नी प्रणालीमा गति अनुपात र यान्त्रिक फाईदा कसरी निकालिन्छ ?
= अचल घिर्नी प्रणालिमा एउटा मात्र घिर्नीको प्रयोग भएकाले यसको गति अनुपात 1 हुन्छ। अचल घिर्नी प्रणालीमा ईफोर्टलाई लोडले भाग गरेर यान्त्रिक फाईदा निकाल्न सकिन्छ।
१०. चल धिर्नी प्रणाली (Moveable pulley system) भनेको के हो ?
= लोड उठाउँदा घिर्नीले लोडसंगै आफ्नो स्थान पनि परिवर्तन गर्दछ भने त्यस्तो घिर्ती प्रणालीलाई चल घिर्नी प्रणाली भनिन्छ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review