- Home
- Show Content
शैक्षिक गुणस्तर खस्कनुका कारणहरू
शैक्षिक गुणस्तर खस्कनुका कारणहरू
खस्कँदो शैक्षिक गुणस्तर
स्थायी अध्यापन अनुमति पत्रको सम्बन्ध शिक्षाको गुणस्तरसँग जोडिएको छ । शिक्षाको गुणस्तर दिन प्रतिदिन खस्कँदै गएको छ । विगत ५ बर्षको त्रि. वि नतिजा २५ प्रतिशत भन्दा माथि जान सकेको छैन त्यस्तै कक्षा १२ को परीक्षाको नतिजा समेत ४० प्रतिशत को हाराहारीमा रहेको छ । शिक्षा सेवा आयोगबाट स्थायी अध्यापन अनुमति पत्रको लागि लिएको परीक्षाको नतिजाले भने शैक्षिक गुणस्तर कस्तो छ भन्ने छर्लङ्ग देखाएको छ । प्राथमिक तहको परीक्षामा सहभागी कुल ६६ हजार ५ सय ६४ मध्ये ३ हजार ८ सय ८३ मात्र सफल भएका छन् । अर्थात ५.८३ प्रतिशत उत्तीर्ण भए । नि. मा. वि. तहमा सहभागी कुल १ लाख १ हजार ४ सय ८४ मध्ये ४ हजार ७ सय ३७ सफल भए । अर्थात ४.६६ प्रतिशत सफल देखिए । माध्यमिक तहको परीक्षामा सहभागी कुल ५२ हजार २ सय ६६ मध्ये सफल हुनेको सङ्ख्या ८ हजार ४ सय २१ रहेकोछ । अर्थात् १६.११ प्रतिशत हुन आउँछ ।
प्राप्त तथ्याङ्कलाई हेर्दा हाम्रो शिक्षा प्रणालीमा गम्भीर त्रृटि रहेको देखिन्छ । शिक्षा क्षेत्र पूरै क्यान्सर ग्रस्त भएको छ । समग्रमा हामीले अपनाएको शिक्षा नीति र लागू गरेका ऐन र नियम असफल भए । सम्पूर्ण शैक्षिक प्रशासन असक्षम देखियो । शिक्षक र प्राध्यापकको दक्षता माथि प्रश्न उठ्यो ।
यसबेला कसैलाई आक्षेप लगाएर आफू पानी माथिको ओभानो हुनु भन्दा सबैको सामुहिक प्रयासबाट शैक्षिक क्षेत्रको सुधार गर्नु आजको आवश्यकता हो ।
शैक्षिक गुणस्तरलाई सापेक्षित रूपमा हेर्नु पर्छ । शैक्षिक गुणस्तर कमजोर हुनुको मुख्य कारण शिक्षा नीति र यसको कार्यान्वयन पक्ष कमजोर हुनु हो ।
- शिक्षामा राजनीतिक प्रभाव हुनु
- विषयगत शिक्षकको व्यवस्था नहुनु
- राम्राभन्दा हाम्रा शिक्षकको नियुक्ति हुनु
- शिक्षक नियुक्तिमा एकद्वार प्रणाली हुन नसक्नु
- समान कामको लागि असमान सुविधा हुनु
- उचित पुरस्कार र दण्डको अभाव हुनु
- मर्यादित शिक्षण पेशा बन्न नसक्नु
- अव्यावहारिक र अव्यवसायिक पाठ्यक्रम हुनु
- अभिभावकको कमजोर आर्थिक अवस्था हुनु
- विद्यालयमा बाह्य संस्कृतिको प्रभाव पर्नु
- विद्यालय मेल्टिङ्ग पटको रूपमा विकास हुनु
- विद्यालयको भौतिक अवस्था कमजोर हुनु
- अव्यवहारिक मूल्याङ्कन प्रणाली हुनु
- शिक्षक र कर्मचारीमा ठेकेदारी प्रवृत्ति हावि हुनु
- शिक्षा प्रशासनमा भ्रष्टचारले प्रश्रय पाउनु
- पाण्डित्य पूर्ण सिकाइ हुनु
- त्रिविमा शिक्षक र निजी विद्यालयमा मालिक हुनु
- विद्यार्थीले काम गरेर पढ्नुपर्ने बाध्यता हुनु आदि कारणले शैक्षिक गुणस्तर खस्कँदै गएको छ ।
- शिक्षा क्षेत्र कमजोर मध्येको कमजोरको जागिरको अवसरको क्षेत्र बनेको छ । सत्ता र शक्तिका आडमा कार्यकर्ता व्यवस्थापन गर्ने पहिलो क्षेत्र शिक्षा बन्यो ।
facebook :


good
Leave a review