Science note -class 10

Science note -class 10

लेखक : किरण देवकोटा 

- विज्ञान शिक्षक, श्री मा. वि. रझेना घोराही दाङ

 

१.प्रकाश (Light) को परिभाषा लेख्नुहोस् ?

= प्रकाश एक प्रकारको शक्ति हो, जसको उपस्थितिमा बस्तुहरुलाई देख्न सकिन्छ।

 

२.लेन्स (Lens) को परिभाषा लेखेर यसका प्रकार पनि उल्लेख गर्नुहोस् ?

=प्रकाशको किरणलाई आवर्तन गरी बस्तुको आकृति ठुलो वा सानो गर्न सकिने पारदर्शी काँच वा प्लास्टीकवाट बन्नईएको 

बक्रसतहको खण्डलाई लेन्स भनिन्छ।

 लेन्स दुई प्रकारका हुन्छन् । कन्भेक्स लेन्स र कन्केभ लेन्स ।

 

 

३.लेन्सले प्रकासका किरणहरुलाई आवर्तन गर्दछ । किन ?

=प्रकासको गति अन्य माध्यमवाट लेन्समा जाँदा फरक हुने भएकोले लेन्सले प्रकासका किरणहरुलाई आवर्तन गर्दछ । 

 

४.कन्भेक्स लेन्स (Convex Lens) भनेको के हो ? यसका प्रकार लेखी नाम पनि लेख्नुहोस् ?

=  छेउको तुलनामा वीचको भाग वाक्लो हुने लेन्सलाई कन्भेक्स लेन्स भनिन्छ । कन्भेक्स लेन्स तीन प्रकारका हुन्छन् ।

क) बाईकन्भेक्स लेन्स वा डवल कन्भेक्स लेन्स

ख) प्लानो कन्भेक्स लेन्स

ग) कन्केभो कन्भेक्स लेन्स

 

५.कन्भेक्स लेन्सलाई कन्भर्जिङ लेन्स पनि भनिन्छकिन?

=  स्रोतवाट आएका समानान्तर प्रकासका किरणहरुलाई कन्भेक्स लेन्सले आवर्तन गरि एउटै विन्दूमा केन्द्रित गर्दछ । त्यसैले 

कन्भेक्स लेन्सलाई कन्भर्जिङ लेन्स पनि भनिन्छ।

 

६.कन्भेक्स लेन्सको मदतले घामलाई एकटुक्रा कागजमा केन्द्रित गर्दा कागज वल्छ । यसको 

कारणसहित व्याख्या गर्नुहोस ।

= कन्भेक्स लेन्सले स्रोतवाट आएका प्रकास र ताप शक्तिलाई एउटै ठाउँमा केन्द्रित गर्न सक्ने हुँदा उक्त स्थानमा तापको 

परिमाणमा समेत वृद्धि हुन्छ । त्यसैले कन्भेक्स लेन्सको मदतले घामलाई एकटका कागजमा केन्द्रित गर्दा कागज वल्छ। 

 

७. कन्केभ लेन्स (Convex Lens) भनेको के हो ?

=  छेउको तुलनामा वीचको भाग पातलो हुने लेन्सलाई कन्केभ लेन्स भनिन्छ।

 

८. किन कन्भेक्स लेन्सको सामर्थ्य धनात्मक र कन्केभ लेन्सको सामर्थ्य ऋणात्मक हुन्छ ?

= कन्भेक्स लेन्सको केन्द्रीकरण विन्दू वास्तविक र कन्केभ लेन्सको केन्द्रिकरण विन्दू अवास्तविक हुन्छ । त्यसैले कन्भेक्स 

लेन्सको सामर्थ्य धनात्मक र कन्केभ लेन्सको सामर्थ्य ऋणात्मक हुने गर्दछ।

 

९. लेन्सको केन्द्रिकरण दुरी छोटो र लामो हुदा लेन्सको सामर्थ्यमा के असर पर्ला ?

= लेन्सको केन्द्रिकरण दुरी र लेन्सको सामर्थ्य विच व्यूत्क्रमाणुपातिक सम्बन्ध हुने गर्दछ । त्यसैले लेन्सको केन्द्रिकरण दूरी 

छोटो हुँदा लेन्सको सामर्थ्य धेरै हुन्छ भने केन्द्रिकरण दुरी लामो हुँदा लेन्सको सामर्थ्य थोरै हुन्छ।

 

१०.एउटा लेन्सको सामर्थ्य डायप्टर छ भन्नुको अर्थ के हो ?

= यसको अर्थ हो उक्त लेन्सको केन्द्रीकरण दूरी 1 मिटर छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login