Social Note-class 9

Social Note-class 9

तयार पार्ने : वीरेन्द्र पोख्रेल

श्रीपुर मावि-चितवन 

१.१ समाजको अवधारणा

क.समाज भनेको के हो ?

  • हामी बसेको गाउँ घरहरु
  • समाजलाई अङग्रजी भाषामा “सोसाइटी भनिन्छ । “सोसाइटी’ शब्द ल्याटिन भाषाको “सोसिओस’ ९कयअष्यगक० शब्दबाट बनेको हो ।
  • ल्याटिन भाषामा “सोसिओस’ शब्दको अर्थ मित्रता वा मेलमिलाप हुन्छ । यसरी शाब्दिक अर्थमा हेर्दा समाज मित्रता र परस्पर मेलमिलापको सङ्गठित रूप हो ।
  • साझा लक्ष्य र उदद्ेश्य प्राप्तिका लागि निश्चित भौगोलिक क्षेत्रमा एकीकृत भई बसोबास गर्ने मानव समूहलाई समाज भनिन्छ ।

१.२ व्यक्ति र समाजबिचको सम्बन्ध

क. व्यक्ति र समाजबिचको सम्बन्ध स्पष्ट पार्नुहोस् :

  • व्यक्ति चेतनशील, विवेकशील र सामाजिक प्राणी हो । ऊ समाजमा नै रहन्छ ।
  • समाजमा व्यक्तिको अस्तित्त्व रहेको हुन्छ भने व्यक्तिबिनाको समाजको कल्पना गर्न सकिदैन ।
  • व्यक्तिले आफ्ना हरेक आवश्यकताहरु समाजबाटनै पुरा गर्न सक्दछ ।
  • समाजमा व्यक्ति व्यक्ति तथा व्यक्ति र समाजबिच घनिष्ट सम्बन्ध रहेको हुन्छ ।

१.३ समाजका विशेषताहरू

अ. समाजका विशेषताहरू उल्लेख गर्नुहोस्

(क) निश्चित उदद्ेश्यसहित निर्धारित नीति र नियमका आधारमा संस्थागत विकासमा आबद्ध भएको हुन्छ ।

(ख) सदस्यहरूबिच पारस्परिक सम्बन्ध रहेको हुन्छ ।

(ग) व्यक्तिको आवश्यकता परिवर्तन भइरहने हुनाले समाज पनि परिवर्तनशील हुन्छ ।

(घ) व्यक्तिहरूको साझा उदद्ेश्य र आवश्यकता हुन्छ ।

(ङ) प्रत्येक व्यक्तिले आप्mनो अधिकारको संरक्षण गछर्न् ।

(च व्यक्तिहरूबिच आप्mनोपन, पारस्परिक अन्तरव्रिmया, जागरुकता र एकता हुन्छ ।

(छ) एक संस्कृतियुक्त सामाजिक सम्बन्धको सञ्जाल निर्माण हुन्छ ।

(ज) सामाजिक विकासलाइ प्रमुख लक्ष्य निर्धारण गरिएको हुन्छ ।

 

२.विकास भनेको के हो ?

  • कुनै पनि वस्तु वा प्रव्रिmयामा आउने सकारात्मक र प्रगतिमूलक परिवर्तनलाई विकास भनिन्छ । अर्थात कनुै पनि वस्तुमा आउने नयाँपन नै विकास हो ।
  • व्यक्ति, समाज वा कुनै ठाउँ विशेषको अवस्थामा आउने सुधारात्मक परिवर्तनलाई विकास भनिन्छ ।

३.समाज विकास भनेको के हो ?

  • सामाजिक घटना, प्रव्रिmया, संरचना आदिमा आउने सकारात्मक परिवर्तननै समाज विकास हो ।
  • सामाजिक संरचना, सामाजिक सम्बन्ध, सामाजिक सङ्गठन आदिमा रूपान्तरण वा परिवर्तन हनुे प्रव्रिmया नै समाज विकास हो । जस्तोः कच्ची बाटाहरु पक्की भएको, साक्षरता दर बढेको, मानिसहरु चेतनशील भएका, खानेपानी तथा बिद्युतको सुविधा बढ्दै गएको, जीवनशैली उच्च हुँदै गएको अवस्था.........।

४.समाज विकासका विशेषताहरु उल्लेख गर्नुहोस् ?

  • समाज विकास सर्वव्यापी प्रव्रिmया हो । जुनसुकै ठाउँमा पनि विकास भइरहन्छ ।
  • यो सामूहिक परिवर्तन पनि हो । एकल प्रयासले मात्र समाज विकास हुदैन ।
  • समाजको गति समान हुँदैन । यसको भविष्यवाणी गर्न सकिँदैन ।
  • विकास रूपान्तरणको प्रव्रिmया हो । निरन्तर चलिरहन्छ ।
  • योजना बदध् र स्वाभाविक हुन्छ ।

 

अन्य थप सामग्रीहरू (पाठको सारांश )

मानिस सामाजिक प्राणी हो । मानिसका असिमित आवश्यकताहरू हु्न्छन् । ती आवश्यकताहरू मानिस एक्लैले पुरा गर्न सक्दैन ।  एक आपसको सहयोग तथा सहकार्यले ती आवश्यकताहरू पुरा गर्न मानिस सफल हुन्छन् । त्यसैले सुरक्षा तथा आना असिमित आवश्यकता पुरा गर्नकानिम्ति मानिस सुरुदेखि नै समूहमा बस्दै आएको छ । मानिस परिवारमा बस्छ । एउटा परिवारको आवश्यकता परिपूर्तिका निम्ति अर्काे परिवारको सहयोग चाहिने हुनाले धेरै परिवारहरू मिलेर एकै ठाउँमा बस्दछन् । यी परिवारहरूको समूहले सम्ुदाय बन्छ । त्यसैगरी विभिन्न समुदायहरूको समूहले समाज बन्दछ । अतः आफ्ना असिमित आवश्यकता पुर्तिकानिम्ति काम गर्ने एवम्  एकै प्रकारको रहन सहन, व्यवस्था र संस्कृति अँगाल्ने एउटै क्षेत्रमा बसोबास गर्ने मानिसहरूको संगठित समुदाय नै समाज हो । समाजमा धेरै समुदायका मानिसहरू मिलेर बसेका हुन्छन् । नेपालको सन्दर्भमा  पाल्पामा बस्ने समुदायका मानिसहरूको पाल्पाली समाज, भक्तपुरमा बस्नेहरूको भक्तपरे समाज बन्दछ भने विश्वको सन्दर्भमा नेपालमा बस्ने  नेपालीहरूको नेपाली  समाज बन्दछ । तर समाज शास्त्र तथा मानव शास्त्रमा यसको अर्थ अरू बढी व्यापक छ ।

       समाज व्यक्तिहरू, संस्थाहरू, समुदायहरू, समूहहरूलगायत अनेकौँ तह र पक्ष रहेको एक वृहत् अवधारणा हो । यिनै पक्षका बिचको सम्बन्ध, व्यवहार र अन्तरव्रिmया नै  वास्तवमा समाज हो । यसैले समाज एक जटिल अमूर्त ९ब्दकतचबअत० अवधारण हो । समाज समाजका अनेकौँ एकाइहरू एक अर्काप्रति अन्तरसम्बन्धित भई बनेको सामाजिक सम्बन्धको सञ्जाल हो ।  समाजले एउटा संरचना  मात्र नभई त्यस भित्रको सम्बन्धको पक्षलाई बढी जोड दिन्छ ।

       शारीरिक रूपमा मानिस अन्य हिंस्रक जनावरहरूभन्दा कमजोर छ । मानिसमा बाघ र सिंह जस्तो लामा दाह्रा छैन, हात्तीको जस्तो ठुलो जिउ छैन, मानिसले बाँदरले जस्तो एउटा रुखबाट अर्काे रुखमा उफ्रेर आफ्नो सुरक्षा गर्न सक्दैन तसर्थ, असुरक्षाका कारण मानिस जङ्गलमा  समूहमा बस्दै आएका थिए । सुरुमा मानिसहरू जङ्गली जनावरहरू जस्तै जङ्गलमा बस्दथे । त्यहाँ उनीहरू कन्दमुल खाने, रुखका बोव्रmा लगाउने, सिकार गरी काचै मासु खाने, ओडार तथा गुफामा बस्ने गर्दथे । त्यहाँ पनि आफ्नो सुरक्षा नहुने भएपछि मानिसहरू जङ्गलबाट बाहिर निस्केर नदी किनारमा बसोबास गर्न थाले । नदी किनारमा  मानिसहरूलाई  खानका लागि पानी र हतियार बनाउनका लागि ढुङ्गा प्राप्त  भयो । उनीहरूले दुई ओटा ढुङगा ठोक्काएर आगो पत्ता लगाए । खानेकुरा पोलेर खान थाले । सधँै जङगलमा सिकार गर्नभन्दा आफैले जनावरहरू पाल्न थाले र पशु पालनको युग सुरु भयो ।

       आफूले खाने अन्नको बिउहरू उमारेर खेती गर्न र स्थायी रूपमा  बसोबासका लागि घरहरू बनाउन थाले । यसरी खेतीपातीको युग सुरू भयो । समूहिक बसोबासका व्रmममा सामाजिक सद्भाव, सहयोग, माया ममता, जिम्मेवारी, इमान्दारिता आदि जस्ता गुणहरूको विकास हुनथाल्यो । कला, संस्कृति, शिक्षा, स्वास्थ्य, सरकार आदिको विकास भयो र समग्र मानव सभ्यताकै विकास हुन पुग्यो । सिन्धु उपत्यकाको सभ्यता, नाइल नदीको सभ्यता, मेसोपोटामियाको सभ्यता आदि यसका ज्वलन्त उदाहरण हुन् ।

        मानिसहरू आफ्नो आवश्यकता पुरा गर्नका लागि उद्य्योग र कलकारखानाको विकास गरे । मेसिनबाट वस्तुको उत्पादन सुरु भयो । यसलाई औद्योगिक युग भनिन्छ । अहिले विज्ञान प्रविधिको विकासका कारण मानव समाज विज्ञान प्रविधिको युग हुदै  अन्तरिक्ष र कम्प्युटरको युगमा प्रवेश गरेको छ । यसले मानव समाजलाई सेवामूलक समाजमा रूपान्तर गरेको छ ।  शिक्षा, स्वास्थ्य, यातयात र सञ्चार आदि क्षेत्रको सेवा सहज, छिटो र उपलब्धिमु्लक  भएको छ ।

       यसरी मानिस ढुङ्गे युगबाट पशु पालन, कुषि, औद्योगिक, विज्ञान प्रविधि, अन्तरिक्ष र कम्प्युटरको युग हुँदै सूचना प्रविधिको युगमा प्रवेश गरेको छ । मानव समाज आजको स्थितिसम्म आई पुग्दा माथि उल्लेखित विभिन्न कालखण्डका साथै विभिन्न चरणहरू पार गर्दै आएको पाइन्छ । यसका चरणहरूका बारेमा विभिन्न विद्वानहरूमा मतभेद देखिए तापनि बेलायती मानव शास्त्री इडवार्ड बु्रनेट ट्यालर ९भ्मधबचम द्यगचलभत त्थयिच० ले जङ्गली युग, बर्बर युग, हुदै सभ्य युगतर्फ विकास भएको भनी तर्क गरेका छन् । यस तर्कलाई विश्वभर धेरैले मान्दै आएका छन् । अमेरिकी मानव शस्त्री लिविस हेनरी मोरगानले पनि यसलाई थोरै सुधार गरी स्वीकारेको पाइन्छ । यी दु्वै विद्वानहरूका तर्कको आधारमा मानव समाजको विकासलाई जङ्गली (ढुङ्गे) युग, मध्य ( बर्बर) युग र  आधुनिक (सभ्य) युग गरी  तिन चरणमा व्याख्या गरिएको छ ।

 



  • Reviews (1)
  • bindu
  • 4 Years, 2 Months ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login