शिक्षकले का.स.मु. भर्दा ध्यान दिनुपर्ने कुराहरू

शिक्षकले का.स.मु. भर्दा ध्यान दिनुपर्ने कुराहरू

शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरू :

  • शिक्षकको का.स.मू.फाराम समयसीमा भित्र (शैक्षिक सत्र शुरु भएको ३० दिन भित्र) विद्यालयमा दर्ता नै नगरी वा समयसीमा बाहिर दर्ता गरी मूल्याङ्कन कर्ता समक्ष पेश गर्ने गरेकोले सो बारे सम्बन्धित ब्यक्तिलाई सचेष्ट गराउने।

 

  • शिक्षकको का.स.मू.फाराम भर्दा दर्ता मिति र दर्ता नं. मिल्ने नगरेको, केरमेट हुने गरेको, टिपेक्स लगाउने गरेको तर

 

  • आधिकारिक ब्यक्तिले सही नगरेकोले सो बारे सम्बन्धित ब्यक्तिलाई सचेष्ट गराउने

 

  • का.स.मू.फाराम भर्दा शिक्षकले पूरा विवरण नपढी भर्ने गरेको (सही समेत छुटाउने गरेको ) पाइएकोले सो बारे सम्बन्धितब्यक्ति नै जिम्मेवार हुनुपर्ने कुरा जानकारी गराउने ।

 

  • मूल्याङ्कन गर्ने ब्यक्तिले सिफारिस र प्रमाणित गर्दा आफ्नो नाम, पद र मिति (निर्धारित समयमा तोकिएको मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरेको हो भन्ने प्रयोजनका लागि) उल्लेख गर्नुपर्ने । दस्तखत नछुटाउने साथै सही स्थानमा अङ्क प्रदान गर्ने । अङ्क प्रदान गर्न नपरे खालि ठाउँमा क्रस गर्नुपर्ने ।

 

  • मूल्याङ्कनका क्रममा कासमु फारामको खण्ड क मा बस्तुगत तथ्यका आधारमा मूल्याङ्न गरिनु पर्ने ।

 

  • कासमु फारामको खण्ड ख का लागि अनुसन्धानको विवरण भरेको र प्रतिवेदन समावेश गरे/नगरेको हेर्नुपर्ने ।

 

  • कासमु फारामको खण्ड ग को विवरण भरे/नभरेको हेर्ने र जिम्मेवारी प्रदान गरिएको प्रमाणित प्रतिलिपि हेर्नुपर्ने ।

 

  • कासमु फारामको खण्ड घ मा सुपरीवेक्षकले अनिवार्य र पुनरावलोकन समितिका कम्तिमा दुई जनाले सही गर्नुपर्ने । जिल्लान्तर सरुवा भई आएका शिक्षकहरुले आफ्नो का.स.मू. बढुवा प्रयोजनका लागि समावेश गर्न गराउन अभिरुचीका साथ निवेदन दिने पहल गर्ने ।

 

  • शिक्षकले बढवा आवेदन फाराम पेश गर्दा सम्पूर्ण विवरण स्पष्ट रुपमा भर्नु पर्ने तथा आफ्नो माग दावी अनुसारका बुझिने खालका प्रमाणित छाँया प्रति तथा चाहिने प्रमाणहरु सिलसिलेवार रुपमा राखी पेश गर्नुपर्ने।

 

 



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 4 Months ago

good

Leave a review

To leave a review, please login to your account. Login