अरूका गल्तिमा ध्यान नदिउँ

अरूका गल्तिमा ध्यान नदिउँ

एक जना कामदारले आफ्नो मालिकसँग अनुरोध गरे- "मलार्इ यो कम्पनीमा काम गर्न मनै लागेन । मेरो यहाँबाट सरूवा गरिदिनु प-यो । ' मालिकले सोधेः "तर, किन? खास कारण के हो ?"

कामदारले भने - "यहाँका  कर्मचारीहरूले एक अर्काको वारेमा कुरा काट्दा रहेछन्। त्यत्तिकै काम नगरेर बसिराख्दा रहेछन् । केहीले त आफ्नै साथीहरूलार्इ गलत नजरले हेर्दा रहेछन् । यहाँ धेरै काम गलत भै रहेका छन् । म यहाँ कुनै हालतमा बस्न चाहन्न ।

" मालिकले कामदारलाई भने- "तपार्इ यो कम्पनी छोड्न चाहनु हुन्छ भने ठीकै छ । तर जानु अगाडि कृपया एक काम गर्नुहोस् । त्यो के काम भने एउटा पानीले भरिएको गिलास हातमा समातेर एक थोपा पनि पानी नखसाएर सबै कार्यकक्षहरूमा तीन पटक घुमेर आउनुहोस्" कामदारले आफ्नो मालिकले भनेझैँ ३ पटक घुमेर आए ।

अनि मालिकलार्इ भने- "यहाँले भने अनुसार मैले गरे हजुर !" त्यस पछि मालिकले कामदारलाई सोधे- "तपार्इ ३ पटक कार्यकक्षहरूमा घुम्दा कुनै कोठामा  कर्मचारीले कुरा गरेर बसेको, कुरा काटेको वा अवाञ्छित गतिविधि गरेको केही देख्नु भयो ?" त्यतातिर त मैले ध्यान नै दिइनँ, हजुर !" कामदारले भने । "किन त्यस्तो भयो, थाहा छ?"मालिकले सोधे ।" "थाहा छैन ।" कामदारले भने ।

मालिकले कामदारलाई सम्झाउँदै भने - पानीले भरिएको गिलास लिएर घुम्दा तपार्इंको पूरा ध्यान गिलासमा थियो । त्यसवाट पानी पटक्कै नपोखियोस भन्नेमा मात्र थियो । हो, जीवन पनि यस्तै हो । जव हाम्रो पूरा ध्यान आफ्नो प्राथमिकतामा रहन्छ, हामीलार्इ अरूले के गलत काम गरिरहेका छन् भनी हेर्ने फुर्सद नै हुँदैन ।

संदेश :" आफ्नो प्राथमिकतामा ध्यान दिउँ, अरूका गल्तिमा हैन । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login