Social Note-class 9 (2)

Social Note-class 9 (2)

तयार पार्ने : वीरेन्द्र पोख्रेल

श्रीपुर मावि-चितवन 

 

पाठ २ : समाजका प्रकार

यस पाठको उदेश्यहरु

  • समाज वर्गीकरणका आधारहरू के के हुन् ?
  • समाज शास्त्री र मानव शास्त्रीहरूले गरेका समाजको वर्गीकरण कसरी गरेका छन् ?
  • विभिन्न प्रकारका समाजका विशेषताहरू बताउन

 

समाजका प्रकार

  • समाजलाई विभिन्न आधार र तरिकाका आधारमा वर्गीकरण गर्ने गरिन्छ ।
  • समाजशास्त्री टेलरले समाजलाई जङ्गली समाज, बर्बर समाज र सभ्य समाजका बाँडेका
  • कार्लमाक्सले समाजलाई सिकारी, पशु पालन, सामन्ती, पुँजीवादी र समाजवादी भनी प्रस्तुत गरेका
  • समाजका प्रकारलाई विकासको स्तर, असमानता, सहरीकरण, समाजको स्तर र राजनीतिक सङ्गठनका आधारमा वर्गीकरण गरिन्छ ।
  • प्रविधि, जीवन निर्वाहको आधार तथा सांस्कृतिक तत्त्वहरूका आधारमा पनि समाजको प्रकार छुट्याइन्छ ।

     समाज वर्गीकरणका आधारहरू

  • आर्थिक आधार
  • भाषिक आधार
  • धार्मिक आधार
  • बसोबासको आधार
  • समयको आधार

 

 

वर्तमान समयमा प्रचलनमा रहेका समाजहरु ः

पूँजीवादी समाज  

  • प्रतिस्पर्धाका आधारमा आर्थिक विकास हुने
  • निजी क्षेत्रले कृषि, उद्य्योग, व्यापारलगायतका आर्थिक गतिविधि सञ्चालन गर्ने
  • राज्यले आर्थिक गतिविधिमा हस्तक्षेप नगर्ने ।

समाजवादी समाज 

  • देशको आर्थिक गतिविधिमा राज्यको पूर्ण नियन्त्रण हुने
  • देशका अधिकांश आर्थिक गतिविधिहरू कृषि, उद्य्योग, व्यापारलगायतका राज्यले सञ्चालन गर्ने
  • योजनावद्ध विकास हुने

 

मिश्रित समाज  

  • देशको आर्थिक क्षेत्रका अति आवश्यक र सेवामूलक व्यवसायहरू राज्यले सञ्चालन गर्ने र बाँकी आर्थिक गतिविधिहरू निजी क्षेत्रले सञ्चालन गर्ने 
  • योजनावद्ध विकास हुने
  • सार्वजनिक र निजी क्षेत्र दुवैको संलग्नतामा आर्थिक गतिविधि सञ्चालन हुने
  • बजारमा सरकारले हस्तक्षेप गर्न सक्ने ।

२.२ समाजशास्त्री र मानवशास्त्रीहरूका अनुसार समाजको वर्गीकरण

१. सिकारी र कन्दमुल सङ्कलक समाज

  • मानव समाजको ९९% समय यस समाजमै व्यथित भएको पाई्रन्छ ।
  • यो समाज १०००० वर्ष अगिसम्ममा अस्तित्त्वमा रहेको थियो । 
  • यो समाज पूर्ण रूपमा प्रकृतिमा आधारित थियो ।
  • यो समाजका मानिसहरू ३० देखि ३५ जनाको समूह बनाएर यताउता घुम्दै हिँड्थे ।
  • यस समाजमा मानव वास्तविक रूपमा उत्पादक नभई उपभोक्ता थियो । समाजमा स्पष्ट रूपमा श्रम विभाजनको सुरुआत भएको थिएन । तर यस कालखण्डमा पुरुषहरू सिकार गर्ने र महिलाहरू सिकार सङ्कलन गर्ने कार्यमा संलग्न हुन्थे । नेपालका राउटेहरूको समाजलाई यस प्रकारको समाजका रूपमा लिन सकिन्छ । भारत, अस्ट्रेलिया र दक्षिण अफ्रिकामा समेत यस प्रकारको समाज अझै अस्तित्वमा रहेको पाइन्छ ।

 

१. सिकारी र कन्दमुल सङ्कलक समाज

  • मानव समाजको ९९% समय यस समाजमै व्यथित भएको पाई्रन्छ ।
  • यो समाज १०००० वर्ष अगिसम्ममा अस्तित्त्वमा रहेको थियो । 
  • यो समाज पूर्ण रूपमा प्रकृतिमा आधारित थियो ।
  • यो समाजका मानिसहरू ३० देखि ३५ जनाको समूह बनाएर यताउता घुम्दै हिँड्थे ।

२. पशु पालक समाज

  • लगभग ३०००० देखि ३५००० वर्ष अघि यो समाजको शुरूवात भएको पाइन्छ ।
  • यसै अवस्थामा कृषि समाजको लागि प्रारम्भिक अभ्यासहरू भएको पाइन्छ ।
  • यो समाज जनवारमा आधारित अर्ध घुमन्ते गुजारा प्रणाली थियो ।

 

३. फलफुल खेती गर्ने  समाज

  • यो समाज कृषि समाजको एक अंश हो ।
  • यो समाजका मानिसहरू फलफुलको उत्पादन गरी जीविका चलाउँथे ।
  • करिब १०००० देखि १२००० वर्ष पहिले मध्य अमेरिका, एसिया र मध्यपूर्वी क्षेत्रमा यस समाजको विकास भएको पाइन्छ ।

४. कृषि समाज

  • करिब १० हजार वर्ष पहिला देखि यो समाजको विकास भएको अनुमान गरिएको छ ।
  • करिब ८ हजार वर्ष पहिले चीनमा धान, गहुँ तथा जौको खेती गर्न सुरु गरिएको अनुमान गरिएको छ ।
  • कृषि समाजको विकाससँगै कृषिमा विभिन्न प्रणाली जस्तै वागवानी, रूपान्तरण खेती, आधुनिक खेती आदिको विकास  भएको पाइन्छ ।

 

५. औद्योगिक समाज

  • करिब १८ औँ शताब्दीको औद्योगीकरणको प्रव्रिmयासँगै औद्योगिक समाजको विकास भएको पाइन्छ ।
  • यस समाजको विकाससँगै भौतिकवादी चिन्तन शैलीको विकास, परम्परागत उत्पादन प्रणालीमा विस्थापनको स्थिति,  एकात्मक परिवारको विकास, औद्योगिक श्रमिकहरूको  विकास, सहरीकरण, निजीकरण प्रव्रिmयाको आदिको विकास  भएको छ ।
  • यस्तो समाजमा समाजको गतिशिलता निकै बद्छ ।

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login