Science note -class 8

Science note -class 8

कक्षा : ८

बिषय: बिज्ञान


एकाई १ :नाप (Measurement)        

          

भौतिक बिज्ञान खण्ड  (physics)

तयार पार्ने : दिपक भण्डारी 

जनकल्याण माध्यमिक विद्यालय - चितवन 


प्रश्न १.नाप भन्नाले के बुझिन्छ ? दैनिक जीवनमा नापको कुनै दुईवटा महत्त्व लेख्नुहोस ।


= थाहा नभएको भौतिक परिमाणसङ थाहा भएको भौतिक परिमाणको तुलना गर्नुलाई नाप भनिन्छ ।


          नापको  महत्त्व :
a) वस्तुको बिनिमय (किनबेच )गर्न सहज हुन्छ।


b)नापमा एकरुपता हुन्छ।


प्रश्न २.भौतिक परिमाणलाई उदाहरण सहित परिभाषित गर्नुहोस् ।


= हाम्रा वरपर रहेका नापेर गणितीय रुपमा व्यक्त गर्न सकिनेलाई भौतिक परिमाण(physical quantity) भनिन्छ।

जस्तै :क्षेत्रफल ,लम्बाई ,पिण्ड,समय ,आदि।


प्रश्न ३.भौतिक परिमाण कति प्रकारका छन् ? र ती के के हुन् ?


= भौतिक परिमाण निम्न दुई प्रकारका छन् :


क)आधारभुत भौतिक परिमाण (fundamental physical quantity )


ख.)तत्जन्य भौतिक परिमाण (derived physical quantity )


प्रश्न ४.आधारभुत र तत्जन्य परिमाणलाई उदाहरणसहित प्रष्ट पार्नुहोस् ।


=अन्य नापका परिमाणसङ भर नपर्ने स्वतन्त्र परिमाणलाई आधारभूत परिमाण भनिन्छ।जस्क्सतै :लम्बाईको मिटर(m) ,पिण्डको किलोग्राम Kg)आदि ।

 

भौतिक परिमाण                   आधारभूत एकाइ             एकाइको सङ्केत

लम्बाइ (length)                      मिटर (meter)                            m

पिण्ड (mass)                        किलोग्राम (kilogram)                     kg

समय (time)                        सेकेन्ड (second),                             s

तापक्रम (temperature)                 केल्भिन (kelvin)                        K

विद्युतधारा (electricity)                एम्पियर (ampere)                        A

प्रकाशको चम्किलो पना (intensity of light)  क्यान्डला (candela)              cd

पदार्थको मात्रा(amount of matter)              मोल (mole)                     mol


= आधारभुत परिमाणमा भर पर्ने परिमाणलाई तत्जन्य परिमाण भनिन्छ। वा आधारभुत परिमाणबाट बनेको परिमाणलाई तत्जन्य परिमाण भनिन्छ।जस्तै: क्षेत्रफलको वर्गमिटर (m2),आयतनको घनमिटर (m3),आदि ।

 

भौतिक परिमाण                             तत्जन्य एकाइ                            एकाइको सङ्केत

क्षेत्रफल (area)                        वर्गमिटर (square meter)                 m2

आयतन (volume)                    घनमिटर (cubic meter)                      m3

घनत्व(density)              किलोग्राम प्रति घनमिटर (kilogram per cubic meter)      kg/m3

बेग/गति (speed/velocity)        मिटर प्रति सेकेन्ड (meter per second)                m/s

प्रवेग (acceleration)         मिटर प्रति सेकेन्ड प्रति सेकेन्ड (meter per second per second)      m/s2

बल (force)                         न्युटन (newton)                                              N     

कार्य शक्ति (work/energy)             जुल (joule)                                          J

सामर्थ्य (power)                     वाट (watt)                                               W

चाप (pressure)                     पास्कल (pascal)                                          pa


प्रश्न ५.आधारभुत र तत्जन्य एकाइबिच कुनै ३ वटा फरक छुट्याउनुहोस् ।


आधारभुत एकाइ:


क)अन्य नापका एकाइसङ्ग भर नपर्ने स्वतन्त्र एकाईलाई आधारभूत परिमाण भनिन्छ।


ख.)यी सात वटा छन् ।


ग.)जस्तैः लम्बाईको मिटर ,पिण्डको किलोग्राम ,समयको सेकेन्ड ,तापक्रमको केल्भिन,पदार्थको मात्रा मोल,बिधुतधाराको एम्पियर र प्रकाशको तीव्रता क्याण्डेला।


तत्जन्य एकाई:


क)आधारभुत एकाइमा भर पर्ने एकाइलाई तत्जन्य एकाई भनिन्छ। वा आधारभुत एकाइबाट बनाइएको एकाईलाई तत्जन्य एकाई भनिन्छ।


ख)यिनिहरु सयौं छन् ।


ग)जस्तै: क्षेत्रफलको वर्गमिटर (m2),आयतनको घनमिटर (m3),आदि ।


प्रश्न ६.एकाई भनेको के हो?कुनै वस्तुको लम्बाई 5m छ भन्नुको अर्थ के हो?


=भौतिक परिमाणका नापका लागि निश्चित परिमाण तोकिएको हुन्छ ,जसलाई एकाई भनिन्छ।


कुनै वस्तुको लम्बाई 5m छ भन्नुको अर्थ उक्त वस्तुलाई प्रमाणित स्केलले  5 पटक नाप्ने भन्ने बुझिन्छ।


प्रश्न ७.पिण्ड भनेको के हो? यसलाई कुन तराजुले नापिन्छ?


= कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई पिण्ड भनिन्छ। यसलाई भौतिक तराजुले नापिन्छ।


प्रश्न ८) 1 kg पिण्डलाई परिभाषित गर्नुहोस्

=अन्तरास्ट्रीय नापतौल विभागमा राखिएको प्लाटिनम र इरिडियम धातुबाट बनाइएको ढक बराबरको पिण्डलाई 1 kg पिण्ड भनिन्छ।स्मरण रहोस , यो बिभाग फ्रान्सको राजधानी पेरिस नजिक सेभरमा रहेको छ।



प्रश्न ९.समयलाई परिभाषित गर्नुहोस् ?कुनै वस्तुको पिण्ड 2 kg  छ भन्नुको अर्थ के हो?


= दुइवटा घटना बिचको अवधिलाई समय भनिन्छ।


कुनै वस्तुको पिण्ड 2 kg छ भन्नुको अर्थ उक्त वस्तुलाई प्रमाणित ढकले  2 पटक नाप्ने भन्ने बुझिन्छ।


प्रश्न १०) १ सौर्य दिनमा कति सेकेन्ड हुन्छ? हिसाब गरेर निकाल्नुहोस् ।


= 1 सौर्य दिन
=24 घण्टा
=24×60 मिनेट
=1440×60 सेकेन्ड
=86400 सेकेन्ड 

 

 

 

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login