Social Note-class 9(3)

Social Note-class 9(3)

पाठ ३ : असल समाजका तत्त्वहरु

तयार पार्ने : विरेन्द्र पोख्रेल 

विद्यालय : श्रीपुर माध्यमिक विद्यालय -चितवन 

 

 

समाजका तत्त्वहरुको अवधारणा

प्रश्न : समाजका तत्त्वहरुको अवधारणा प्रष्ट पार्नुहोस् ?

  • समाजका लागि आवश्यक पक्षहरू नै समाजका तत्त्वहरू हुन ।

 

  • जसरी एउटा सामान तयार पार्न धेरै कच्चा पदार्थ चाहिन्छ त्यस्तै समाज बन्न पनि केही निश्चित तत्व आवश्यक पर्दछ ।

 

  • समाजमा मानिसहरू आपसमा मिलेर बस्ने, मिलेर काम गर्ने, अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने सबैप्रति समभाव प्रकट गर्ने, आपसी प्रेम र विश्वास गर्ने, सहकार्यका लागि नीति नियमहरू निर्माण गर्ने र त्यसको पालन गर्नाले असल समाजको निर्माण हुन्छ ।

 

 

३.१ समाजका तत्त्वहरु :

 

प्रश्न : समाजका तत्त्वहरु उल्लेख गरि व्याख्या गर्नुहोस् ?

 

१. निश्चित भूभाग : प्रत्येक समाजको निश्चित भूगोल हुन्छ । समाजको क्षेत्र निश्चित हुनाले नै सदस्यहरू एकअर्काबिच निकट रहन्छन ।

 

२. व्यक्तिहरू : व्यक्तिबिनाको समाजको परिकल्पना गर्न नसकिने हुनाले व्यक्ति  समाजको अनिवार्य तत्त्त्व हो ।

 

३. नियमको सामान्य व्यवस्था र पालना : समाजका सबै सदस्यहरूको व्यवहार समान नियमद्वारा नियन्त्रण गरिएको हुन्छ । यस्तो नियम पालना गर्नु अनिवार्य तत्त्वभित्र पर्छ ।

 

४. सामान्य जीवन : समाजका प्रत्येक सदस्यहरूको जीवन प्रायः सामान्य हुन्छ । समाजका सबै सदस्यहरूले आप्mनै समाजभित्रबाट नै जीवनयापन, मनोरञ्जन, शिक्षा र सुरक्षा जस्ता आवश्यकता पुरा गछर्न् ।

 

५. सामूहिक भावना : समाजमा सामूहिक भावना हनुुपर्छ । समाजका सदस्यहरूले एकअर्काका सुखदुःखमा रुचि राख्छन् र एक आपसमा समान अनभुूति गर्छन् ।

 

६. विशिष्ट नाम : प्रत्येक समाजको एक निश्चित नाम हुन्छ । यही विशेष नामले गर्दा नै समाजका सदस्यहरू एक आपसमा निकट हुन्छन् ।

 

७. स्वतः जन्म वा विकास : समाजको जन्म वा विकास स्वतः हुन्छ । जब केही व्यक्तिहरू कुनै स्थानमा आएर स्थायी रूपमा बस्न थालेपछि उनीहरूमा हामी भन्ने भावनाको विकास हुन्छ, र समाजको विकास वा जन्म हुन थाल्छ ।

 

८. स्थायित्व : समाज स्थायी हुन्छ । समाजमा रहने व्यक्तिहरूको आप्mनो भूमिसँग घनिष्ठ सम्बन्ध रहन्छ ।

 

९. ऐतिहासिकताप्रति गर्वको भावना : कुनै पनि समाजमा ऐतिहासिक महत्त्वका घटनाहरू घटेका हुन्छन् । अघिल्ला पुस्ताले गरेका राम्रा कामको गर्व गर्ने भावना समाजमा रहन्छ ।

 

 

३.२ असल समाजका तत्त्वहरु :

 

प्रश्न : असल समाजका तत्त्वहरु उल्लेख गरेर व्याख्या पनि गर्नुहोस् ?

 

  • अपनत्व : समाजप्रतिको दायित्व बोध, समाज मेरा लागि र म समाजका लागि भन्ने भावनाले अपनत्वको भावना बढाउँछ । अपनत्व बढ्दा स्वतःस्पूmर्त रूपमा सकृयता बढ्छ । सव्रिmयताले गतिशीलता र विकासलाई मदत गर्छ ।

 

  • सामूहिक भावना : सामूहिक भावनाले समाजलाई गतिशील र जिम्मेवार बनाउँछ ।

 

  • सुरक्षा : हरेक समाजका सदस्यहरूका बिचमा सामूहिक हकहित र सुरक्षाको भावना प्रबल हुन्छ । व्यक्तिगत, पारिवारिक र सामाजिक सुरक्षातर्पm उनीहरूको चासो रहन्छ ।

 

  • एकता : समाजको भलाइका लागि एकता बद्ध भई निर्णय गर्ने, एकताबाटै सामूहिक कार्य गर्ने र सामथ्र्य प्राप्त गर्नेतर्पm समाज अघि बढ्छ ।

 

  • सहयोग र सहकार्य : सहयोग र सहकार्यबाट साझा लक्ष्य प्राप्त गर्न सकिन्छ । यसैबाट साथी बढ्छन् र आप्mनोपनको भावना सिर्जना हुन्छ ।

 

  • मेलमिलाप : आपसमा मिलेर बस्नु, मिलेर कार्य गर्नु एवम् अप्ठेरामा परेकालाई मदत गर्नु नै मेलमिलाप हो । यो समाजको महत्त्वपूर्ण तत्त्व हो ।

 

  • सद्भाव र प्रेम : सबपै्रति समभाव प्रकट गर्ने, आपसी प्रेम र विश्वास गर्ने जस्ता व्यवहार असल समाजका महत्त्वपूर्ण तत्त्व हनु् । व्यक्ति सानो छँदा आमाबाबु र पछि परिवार तथा समुदायको सद्भाव र पमे्र चाहिन्छ । सद्भाव र प्रेमले पारस्परिक सम्बन्ध बढाउँछ, आपसी सहयोग र मेलमिलापको आदानप्रदान गराउँछ र सुरक्षा, समर्थन र विश्वास पैदा गराउँछ ।

 

  • नियमको पालना : सामाजिक नियमको पालना र उल्लङ्घन गर्नेलाई व्यवहार सुधार्न आग्रह गर्दा समाज सुधारमा सहयोग गर्छ ।

 

  • जिम्मेवारी : असल समाजमा व्यक्तिगत र सामूहिक जिम्मेवारी बोध तथा जिम्मेवारी निर्वाहलाई महत्त्वपूर्ण तत्त्व मानिन्छ ।

 

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login