निजी स्कुलका संचालकलाई चिठी

निजी स्कुलका संचालकलाई चिठी

निजी स्कुलका संचालकलाई चिठी
 
 
 
प्रिय मित्रहरू,
नमस्कार!
 
 
बिषय: चिन्ता नलिनु
 
 
बैकल्पिक सिकाइ: अनलाइन, अफलाइन, रेडियो, टिभी जेमा हुन्छ पढाउनु। काम चै गरिराख्नु, दाम चै अभिभावकसंग नमाग्नु, मन्त्रालयले भनेको। तलब, बैकलाई किस्ता, घरभडा, कर, बिजुली, पानी र टेलीफोनको भुक्तानी नरोक्नु, कोरोना त जनतालाई पो लाग्ने हो त स्कुल चलाउनेलाई नि लाग्छ र? स्कूललाई भन्दा गाह्रो त बिदेश बिद्यार्थी पठाउने कन्सल्टेन्सीलाई छ रे त्यसैले अति प्रभावित क्षेत्रमा परेछ। स्कुल मध्यम प्रभावित मात्रै हो रे, तपाईंले पढाएका बिद्यार्थीले रेमिट्यान्स पठाउदैनन अनि पैसा बिदेश पनि लादैनन! तपाईंले त कमाउने अनि देश बिगार्ने हो रे! केहि माननीय त यहि मौका हो राष्ट्रियकरण गरौं भन्दै हुनुहुन्छ रे, आउनु हुन्छ होला चाबी बुझाई दिनु, जिम्मा लगाइदिनु। गत वर्ष भारतमा मात्रै ११ अर्व गएछ अरु देश गएको त के बताउँ। राष्ट्रवादी चिन्तनमा स्वदेशीले भन्दा बिदेशीले नै लगेको ठीक हुन्छ रे। ५ महिना भयो, बिद्यार्थी को हुन थाह छैन तै पनि स्कुल चै छ्न र जिम्मेवारी चाहिँ छ। स्कुल नभए यिनका दाल भात हेरौंला भन्न थाले, अति भो: नरहे बाँस न बजे बाँसुरी! चिन्ता नलिनु! अरु धेरै काम छन, गरौंला ।
 
 
शुभेच्छुक
डीके ढुङ्गाना
निजी स्कुल संचालक



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

good

Leave a review

To leave a review, please login to your account. Login