- Home
- Show Content
नेपाली नोट कक्षा १० (जन्मभूमी)
नेपाली नोट कक्षा १० (जन्मभूमी)
पाठ १ : जन्मभूमि
१. पाठ परिचय
'जन्मभूमि' पौराणिक घटनामा आधारित भएर लेखिएको कथा हो । रामायणको विभिन्न घटना क्रममध्ये श्री रामले सीताको अपहरणपश्चात् रावणसँग युद्ध लडी विजय हासिल गरे तापनि आफ्नो जन्मभूमि अर्थात् आयोध्यालाई त्यागेर लङ्काको सुखसयलमा रमाउन नसक्नुले जन्मभूमिप्रतिको प्रेमलाई सङ्केत गर्दछ। रामचन्द्रले रावणको अन्त्य गरी लङ्का राज्यलाई जिते । लइका राज्य सुवर्णले भरिभराउ थियो ।
ठुला ठुला महल र सडकले भरिपूर्ण लका राज्य अत्यन्त सुन्दर थियो । लका जितेपछि रामका भाइ लक्ष्मणले त्यस्तो सुवर्णमय लकामा नै राज गरेर बस्न आग्रह गरे । तर रामचन्द्रले लक्ष्मणको यस अनुरोधलाई अस्वीकार गर्दै भने कि आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन् । त्यसैले म आफ्नै जन्मभूमि जान्छु । यसमा तिमी पनि लोभ नगर भन्ने जवाफ दिए । अन्तमा रावणकै कान्छो भाइ विभीषणलाई सो राज्य सुम्पेर दुवै भाइ सीतालाई लिई अयोध्या फर्के ।
यही विषयवस्तुमा 'जन्मभूमि' कथाको रचना गरिएको पाइन्छ । 'जन्मभूमि' कथाले जे गर्नु छ आफ्नै मातृभूमिका लागि गर्नुपर्छ भन्ने सन्देश दिँदै अर्काको देशमा सुविधा छ, सबै व्यवस्था राम्रो भयो भन्दैमा विदेसिने र उतै वस्ने प्रवृत्तिलाई स्वीकार गरेको छैन । वर्तमान नेपाली प्रवृत्ति विदेशमुखी र उतै बस्न रुचाउने युवायुवतीलाई पौराणिक कथाका आधारमा मातृभूमिको ममता, सन्देश र कर्तव्यबोध गराएको प्रतित हुन्छ ।
२.कथासार
वनबासको क्रममा लङ्का राजा रावणसँगको विवाद र सीता अपहरणपश्चात् भएको युद्धमा पराजित गरी लङ्का विजयी भएपश्चात् श्री रामचन्द्रका सबै वानर फौज, लक्ष्मण, रावणका भाइ विभीषण सुतिरहेका हुन्छन् । तर बनवासमा गएदेखि नै लक्ष्मणलाई भने राम्ररी निन्द्रा परेको छैन । मनमनै विभिन्न कुरा खेलाएर पल्टिरहेका छन् । विभीषण पनि राती बिउँझेको देखेर लक्ष्मणको मनमा कुरा खेल्न थाल्छ ।
उनीहरूले युद्धमा लङ्काका राजा रावण, उनका छोराहरू, सारा राजपरिवारका साथै नातेदारहरू मारेका हुन्छन् । तर विभीषण भने सत्यको पक्षपाती भएकाले रामको पक्षमा युद्ध लडेका त हुन्छन् तर उनलाई आफन्तको विनाश भएकामा चित्त दुखेको छ । लडाइँमा आफ्नो पक्षले जितेकामा विभीषणको मन रमाएको छैन । तर लक्ष्मण भने आज सारै खुसी छन् किनकि अपहरणमा परेकी भाउजू सीतालाई सकुशल फर्काउन सफल भएका छन् । त्यसको साथै लड्का जस्तो शक्तिशाली र सम्पन्न राज्यमा उनीहरूको जित भएको छ ।
मर्नेबेला रावणले रामसँगै तिम्रो भाइ तिम्रो साथमा भएकाले तिमीले युद्ध जित्यो तर मेरो भाइ विमीषण मेरो विभीषण मेरो विपक्षमा भएकाले मेरो हार भयो भनेको वाक्य सम्झिंदा अझै थप आनन्द लाग्छ लक्ष्मणलाई । यस्तै विभिन्न कुरा खेलिरहेकाले लक्ष्मण निदाउन सकेका छैनन् । बाल्यकालमा दाजुभाइ खेलेको, वाण हान्न सिकेको, दाजु रामचन्द्रको पराक्रमले भाउजू सीतासँग विवाह गरेको सम्झिदा उनलाई आनन्द लाग्छ । यस्तै सोच्दै गर्दा टाढा भाले बासेको सुनियो, लक्ष्मण उठेर नित्य कर्म गर्न थाले र उनीसँगै विभीषण पनि उठे। लक्ष्मण र विभीषणका बिचमा कुराकानी हुन थाल्यो ।
लक्ष्मणले चिन्तित विभीषणलाई सम्झाए । रावण शक्तिशाली र वैज्ञानिक राजा भएर पनि अहम्, घमन्ड र लोभ लालचाका कारण पतन भए, अब लङ्काको राजकाज सम्हाल्ने जिम्मा विभीषणको हो भन्दा विभीषण अस्वीकार गर्छन् । आफूले पराइलाई गुहारेर युद्ध जितेको, शाखा सन्तान सबैको हत्या गरेर राजा नबन्ने, अब जितेको राज्यमा रामचन्द्र राजा बनेर राज गर्नुपर्ने र सो भएमा आफू सहयोग गर्न तयार रहेको कुरा व्यक्त गर्छन् ।
लक्ष्मणलाई पनि लङ्काको वैभव, सौन्दर्य र त्यहाँको प्राकृतिक भूबनोटले मोहित पारेको हुन्छ । उनले दाइ रामचन्द्रलाई अब लकाको राजा बनेर राज गर्नुहोस्, अयोध्या भाइ भरतलाई छोड्दिऊँ, जितेको हुनाले अब लङ्का हाम्रो हो भन्ने प्रस्ताव राख्छन् । भाइको कुरा सुनेर राम गम्भीर बन्छन् र सम्झाउन थाल्छन् । लङ्का जस्तो सुन्दर, समृद्ध र शान्त राज्य दुनियाँमा काही छैन । यो हामीले जितेको पनि हो ।
जितेको राज्यमा राज गर्नु नौलो कुरा पनि नभएकाले सो भन्नु स्वाभविक भन्दै आफू लङ्काको राजा हुन भने नसक्ने बताउँछन् । स्वर्ग भन्ने सबैको आकर्षणको केन्द्र हो, मरेपछि पनि सबै मान्छे स्वर्ग जान चाहन्छन् तर संसारमा स्वर्गभन्दा पनि उत्तम ठाउँ भनेको जन्मभूमि हो भन्दै भाइलाई आफ्नो जन्मभूमि नत्याग्ने कुरा प्रस्ट पार्छन् । रामको विचारमा सुख, सुविधा र अवसरका लागि बाहिर बस्नु मानवीय चरित्र हो तर जन्मभूमिलाई चटक्कै बिर्सिएर, लत्याएर हिँड्नु मुर्खता हो । अयोध्याभन्दा प्यारो संसारमा कुनै ठाउँ छैन । रामचन्द्रको कुरा भाइ लक्ष्मणलाई मन पर्यो ।
रामचन्द्रले सम्झाइबुझाई विभीषणलाई लङ्काको राजा बनाएर आफूहरू अयोध्या फर्किछन् । अयोध्यामा उनीहरूको भव्य स्वागत भयो । राम राजा भए। रामले पनि अयोध्याबासीहरूको मनोभावनाअनुरूप शासन सञ्चालन गरे । रामको असर राज्य व्यवस्थालाई 'राम राज्य भनी अनुकरण गर्न थालियो । जन्मभूमिको प्रेमका लागि रामचन्द्रको बली बलिदानी अनुकरणीय र लोकप्रिय मानिन्छ ।
जन्मभूमि कथाको विचार तथा सन्देश
- असत्यको रावणकोझे सर्वनाश भएर अन्त्य हुने
- अहंकारी स्वभावले मानिसलाई घमण्डी बनाउने
- आफन्तहरूले नगर्नु भन्ने काम गर्नु हानिकारक हुने
- आफ्ना साथीभाइ इष्टमित्रले सहयोग र प्रोत्साहन गरेका सत्कर्म सफल हुने
- आफन्तको सहयोग प्राप्त नहुदा असफल भइने
- असत्यको वाटोमा लागेका आफ्ना सहोदर दाजुभाइ भए पनि सत्यको बाटोमा लाग्न प्रयत्न गर्नु पर्ने तर नमान्नेलाई साथ दिन नहुने विचार व्यक्त भएको
- आफनो मातृभूमि जस्तो सुन्दर र महान ठाउं ससारमा कहीं पनि नहुने
- मातभूमिको सेवावाट नै स्वर्ग समानको सुख र शान्ति प्राप्त हुने
- अरु देशको भौतिक सम्पन्नतामा रमाएर आफ्नो मातृभूमिवाट प्राप्त हुने आत्मिक सुखवाट विमुख हुनु मुर्खता हुने
बुँदा टिपोट र सारांश लेखन
लक्ष्मण अरू केही भन्न खोज्दै थिए, विभीषण अलिक उत्तेजित भएर बिचैमा वोले, "अहँ, म यो राज्यको शासन गर्न योग्य छैन । म लंकाको राजा हुन्न । राजा हुनका लागि पराइ गहारेर आफनै दाजु, भतिजा र आफन्तहरू मारेको भन्ने कलङ्क म बोक्न चाहन्न। यो राज्यको हक अव तपाईंहरूको हो। तपाईंहरूले जितेको राज्य तपाईहरू नै चलाउनुहोस् । म सहयोग गरुला।
- लक्ष्मणले विभीषणलाई लंकाको राजा बन्न आग्रह गरेको प्रस्ताव अस्वीकार गर्नु
- लंकाको राजा बन्न आफू योग्य नभएको विचार व्यक्त गर्नु
- राजा हुनका लागि पराइसंग मिलेर आफन्त मारेको कलङ्क बोक्न नचाहनु
- विजेताको नै राज्यमा शासन गर्ने हक अधिका भएको विचार व्यक्त गर्नु
सारांश लेखन
विजेता नै शासक
लंकाको राजा हुन लक्ष्मणले विभीषणलाई प्रस्ताव गर्दा उनले राजा हुन आफूलाई अयोग्य ठाने । आफू राजा बन्दा कलक बोक्नु पर्ने र शासन गर्ने अधिकार विजेताको हुने भएकाले आफू राजा नवन्ने विचार व्यक्त गरे ।
तलको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :(संक्षिप्त उत्तर )
लक्ष्मणको कुरा सुनेर रामचन्द्र एक छिन गम्भीर बने र भने, “लक्ष्मण, तिमीले भनेको कुरा एक कोणबाट ठिकै हो । लङ्काजस्तो सुन्दर, समृद्ध र शान्त राज्य अहिलेको दुनियाँमा छैन । फेरि यो हाम्रो बलबुताबाट जितेको राज्य पनि हो । यसरी अर्को राज्यलाई जितेर आफ्नो अधीनस्थ बनाउनु र त्यहाँ राज गरेर बस्नु दुनियाँमा नौलो र अनौठो कुरा पनि होइन । यसैले तिमीले भनेको कुरा आफ्ना ठाउँमा ठिकै छ । यति हुँदाहुँदै पनि म लङ्का राज गरेर बस्दिनँ ।”
प्रश्नहरू: अ) लक्ष्मणको कुन कुरा रामचन्द्रलाई ठिक लागेको हो ?
रावणलाई जितिसकेपछि अब रामचन्द्र नै लङ्काको राजा बन्नुपर्ने प्रस्ताव लक्ष्मणले अगाडि सारेका थिए । विभीषण र सुग्रीवहरूले पनि रामचन्द्र नै लङ्काको राजा बन्नुपर्ने विचार दिएका हुनाले लक्ष्मणले सो प्रस्ताव गरेका थिए । फेरि लङ्का सुन्दर, समृद्ध र शान्त राज्य थियो । त्यसमाथि आफूले जितेको राज्यमा राज गरेर बस्ने चलन पनि थियो । यी सबै कारणले रामचन्द्र नै लङ्काको राजा बन्नुपर्ने लक्ष्मणको प्रस्ताव रामचन्द्रलाइ पनि ठिक लागेको थियो।
आ) लक्ष्मणको तर्कसंगत प्रस्तावमा सहमत हुँदाहुँदै पनि रामचन्द्र किन लंकाको राजा बन्न नचाहेका होलान् ?
-रामचन्द्र एक आदर्श पुरुष थिए । परिस्थितिवश मात्र उनले रावणसँग युद्ध गर्नु परेको थियो । लङ्काको राजा बन्नका लागि उनले रावणसँग युद्ध गरेका थिएनन् । जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् भने रामचन्द्रको मान्यता थियो । यद्यपि लङ्का सुनैसुनले बनेको होस् तथापि आफ्नो जन्मभूमिभन्दा प्रिय नभएको हुनाले रामचन्द्र लङ्काको राजा बन्न नचाहेका होलान् ।
सक्षिप्त उत्तर लेख्नुहोस्
(क) लक्ष्मणका विचारमा रावणको दुर्दशा हुनुको कारण के हो ?
उत्तर : लङ्का युद्धमा रावणको वध भएपछि विभीषणले लक्ष्मणलाई रावणको अन्त्य हुनाको कारण सोध्दा त्यसको प्रति उत्तरमा लक्ष्मणले दिएको जवाफअनुसार रावण आफ्नै कारणलले मुद्धमा मर्नु परेको जवाफ दिएका छन् । उनका अनुसार रावण एउटा ठूलो वीर र वैज्ञानिक भए पनि उसले आफ्नो शक्तिको दुरुपयोग गर्यो । उसमा मभन्दा ठुलो कोही छैन भन्ने घमण्ड गर्यो । लोभ लालसा र भ्रष्ट विचारले उन्मत्त भयो । स्त्री लप्पट भएर सीता जस्ता महान् नारीको अपहरण गर्ने दुष्कर्म गर्यो। अहङ्कार गर्ने मानिसको एक दिन अन्त्य भएरै छाड्छ ।
यही नियम उसमा लागु भयो । येश, आराम, सुख सयल र सम्पन्नताका साथै शान्त राज्य रावणको घमण्ड आदिले ऊ क्षत विच्छेद बन्न पुग्यो । मान्छेले जस्तो कर्म गर्यो, उस्तै फल भोग्नै पर्छ । यसरी आफूसँग धन सम्पत्ति, वैभव र शक्ति छ भन्दैमा जे पनि गर्दै हिड्नु हुँदैन । समाजमा असहयै काम गर्दै हिडेपछि अवश्य एकदिन जसको पनि पतन हुन्छ । आफू वीर, बुद्धिमानी हुँदैमा सबैलाई आफ्नो वशमा राख्न खोज्नु उसको सबभन्दा ठुलो भुल थियो । रावणले आफ्नो शक्ति र हैसियतको दुरूपयोग गयो जसका कारण ऊ आफै पतन हुन पुग्यो भन्ने धारणा लक्ष्मणको छ ।
ख: लक्ष्मणका विचारमा रावणको दुर्दशा हुनुको कारण के हो ?
उत्तर : लक्ष्मणका विचारमा रावणको दुर्दशाका विभिन्न कारणहरू छन् । लक्ष्मणले विभीषणसँग गरेको कराकानीअनुसार रावण आफनै कारणलले युद्धमा मर्नु परेको हो। रावण एउटा ठूलो वीर र वैज्ञानिक भए पनि उसले आफ्नो शक्तिको दुरुपयोग गर्यो । उसमा मभन्दा ठूलो कोही छैन भन्ने घमन्ड गयो । लोभ लालसा र भ्रष्ट विचारले उन्मत्त भयो । सीता जस्ता महान नारीको अपहरण गर्ने दुष्कर्म गर्यो ।
ऐश, आराम, सुख सयल र सम्पन्नताको शान्त राज्य रावणको घमन्डले नै क्षत विच्छेद हुन पुग्यो । आफू वीर, बुद्धिमान् हुँदैमा सबैलाई आफ्नो वशमा राख्न खोज्नु उसको सबैभन्दा ठुलो भुल थियो । रावणले आफ्नो शक्ति र हैसियतको दुरुपयोग गर्यो जसका कारण ऊ आफै पतन हुन पुग्यो भन्ने धारणा लक्ष्मणको छ।
ग. लक्ष्मणका मनमा के के कुरा ताजा भएर आए ?
लक्ष्मणका मनमा बाल्यकालदेखिका आफ्नै दाजुभाइ संग खेल्दै विताएका दिनहरु लेखपढ गरेका क्षणहरु राम चन्दले शिवधन उचालेको , सीतासँग दाजु राम चन्दको विवाह गरेको जस्ता एकएक घटना ताजा भएर आए।
तार्किक उत्तर
राम र रावणको युद्धमा आफ्नै दाजु रावणको पक्षमा नलागी रामको पक्षमा लाग्ने विभीषणका ठाउँमा तपाइँ भए के गर्नुहुन्थ्यो ?
पौराणिक ग्रन्थ रामायणको एउटा प्रसङ्गलाई कथात्मक रूपमा ढालेर पाठ्यपुस्तकका लेखकहरूले 'जन्मभूमि' शीर्षक दिएका छन् । रामकी पत्नी सीतालाई रावणले अपहरण गरेपछि राम र रावणका बिच भीषण युद्ध भएको थियो। यो युद्धमा रावणका भाइ विभीषण भने रामको पक्षमा लागेका थिए। विभीषण रामको पक्षमा लागेकाले नै रावणले युद्ध हार्नुपरेको थियो । रावणले पनि मर्ने बेलामा यही कुरा भनेको थियो । लडाइँ सकिएपछि विभीषणले पनि आफ्ना कारणले गर्दा आफन्तहरूको मृत्यु भएकोमा दुःखमनाउ गरेका थिए । झट्ट विचार गर्दा आफ्नै दाजुका पक्षमा नलागी विपक्षीपट्टि लाग्नु अनौठो नै थियो तर जस्तोसुकै कठिन परिस्थितिमा पनि सत्यको साथ नछोड्ने न्यायप्रेमी विभीषणको यो निर्णय शतप्रतिशत नै उचित थियो। . यदि म विदुरका ठाउँमा भएको भए, अर्काको श्रीसम्पत्ति हडप्ने, अनावश्यक अहङ्कार गर्ने दाजुका पक्षमा म पनि कदापि लाग्ने थिइनँ । म पनि विभीषणले जस्तै रावणलाई सम्झाउँथें । सम्झाउँदा पनि केही नलागे अन्नतः त्यागिदिन्थें । रावण सुख समृद्धि र बलको घमन्डले चुर भएको थियो । रावणको बुद्धिमा बिर्को लागेको थियो । अझ ठुलो कुरा त रावणले जानीजानी बुझ पचाएको थियो । त्यसैले यस्तो परिस्थितिमा रावणसँगको सम्बन्ध तोड्नु नै बुद्धिमानी हुन्थ्यो । रावणले सीतालाई अपहरण गरेर लुकाउन छिपाउन नसक्ने गल्ती गरेको थियो । यसो नगर भनेर सम्झाउँदा पनि नमानेपछि फेरि पनि रावणको साथमा नै रहनु भनेको रावणको गलत कामलाई साथ दिएको जस्तै हुन जान्थ्यो ।
रावणको गलत कामको विरोध गर्न पनि उसको साथ छोदनु अनिवार्य थियो । फेरि रावण दाजु नै भए पनि उसले अन्याय गरेको हुनाले न्यायको साथ दिन रामका पक्षमा लाग्नु पनि यत्तिकै जरुरी थियो । आफ्ना मान्छेले अरूमाथि अन्याय गर्दा चाहिँ चुप लागेर बस्नु पनि त मनासिब होइन नि। जसले जसलाई गरे पनि आखिर अन्याय अन्याय नै हो त । त्यसैले न्यायप्रेमी, विवेकशील र सतको पक्षपाती भएकाले म पनि रावणको साथ छोडिदिन्थें र अन्यायमा परेका रामको साथमा लाग्थें ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review