फूलको आँखामा फूलै संसार

फूलको आँखामा फूलै संसार

महाभारतमा एउटा कथा छ । श्रीकृष्णले एकदिन युधिष्ठर र दुर्योधनलाई बोलाए ।दुर्योधन स्वभावैले क्रोधी थिए र युधिष्ठिर ठीक त्यसको विपरीत ।

श्रीकृष्णले दुर्योधनतिर हेरेर भने- "हेर दुर्योधन तिमीले सारा संसार चाहारेर जति पनि शान्त सरल मानिसहरू छन् तिनलाई बटुलेर ल्याऊ।"

फेरि श्रीकृष्णले युधिष्ठिरतिर हेरेर भने-"युधिष्ठिर तिमीले संसारमा जति पनि दुष्ट क्रोधी दुष्टान्त र अति क्रूर मानिसहरू छन् खोजेर ल्याऊ।"

युधिष्ठिर र दुर्योधन दुवै गए । तिनीहरूले संसारको कुना काप्चामा छापा मारेर कृष्णले भनेजस्तो मानिस खोज्न थाले । केही दिनपछि दुर्योधन फर्के र कृष्णको अगाडि हात जोडेर भने ,"प्रभु मैले त संसारमा एकजना पनि असल मानिस भेट्टउन सकिनँ । सबका सब दुष्ट र क्रूर छन् ।भलादमी कोही पनि छैनन् ।"

त्यसैबेला युधिष्ठिर त्यहाँ आइपुगे ।कृष्णले युधिष्ठिरलाई भने, "युधिष्ठिर तिम्रो भाइ त भन्दैछ; दुनियाँमा एकजना पनि राम्रो मानिस छैन । सबका सब क्रूर धूर्त बेइमान छन। सबै लुच्चा, फटाहा छन ।के तिमीले पनि संसारका मानिसहरू त्यस्तै पायौं ।"

युधिष्ठिरले बडो विनम्रताका साथ हात जोड्दै भने, "प्रभु सायद ,मेरो दृष्टिको गल्ती पनि हुन सक्दछ। मैले एकजना पनि दुष्ट देखिन ।मलाई त सबै मानिस प्रिय लाग्यो ।"


संसार एउटै छ ।त्यही संसार कसैको लागि दुष्ट र दुर्दान्त छ : त कसैका निम्ति प्रिय पनि हुन सक्दछ । याद राख्नुस ,यदि तपाई दुर्योधन हुनुहुन्छ त :यो दुनियाँ नर्कमय देख्नुहुनेछ र यदि युधिष्ठिर हुनुहुन्छ भने दुनियाँ प्रेममय सौहार्द्रमय भएको पाउनुहुनेछ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login