- Home
- Show Content
घोडा र खसीको मार्मिक कथा
घोडा र खसीको मार्मिक कथा
एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रोसित नियाल्दै भने ," तपाइको घोडालाई धेरै गम्भीर बिरामीले समातेको छ । मैले तीन दिनसम्म यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्नसक्छ " ।
यो सबै कुराकानी छेउमै बसेको एउटा खसीले पनि सुनिरहेको थियो ।
अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए । उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो " उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमिलाई मारिदिन्छन "
दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो " साथी तिमि उठ्नैपर्छ, हिम्मत गर, नत्रभने तिमी मारिन्छौ । म तिमिलाई मदत गर्छु ल उठ । "
तेस्रो दिन जब डाक्टर आए तब किसानलाई भने , " मलाई अफसोस छ । अब यसलाई मार्नुपर्छ किनकी कुनैपनी सुधार आइरहेको छैन । "
जब डाक्टर त्यहाबाट गए , तब त्यो खसी फेरि घोडाको छेउमा गयो र भन्यो " देख्यौ साथी , अब तिम्रो लागि गर या मर भन्ने स्थिती आइसकेको छ । त्यसैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । त्यसैले हिम्मत गर , प्रयास गर ।
घोडा जुरुक्क उठ्छ,
खसीले भन्छ - हो ! स्याबास, अब भागेर हेर । तेज अझै तेज । स्याबास !
त्यतिकैमा किसान आउछ र उसले देख्छ कि घोडा अब उठेर दौडीरहेको छ। उ खुशीले नाच्न थाल्यो र घर परीवार र छिमेकीलाई जम्मा गरेर खुशिले चिच्याउन थाल्यो " चमत्कार भयो, मेरो घोडा ठिक भयो, यसको खुसीमा हामीले उत्सब पार्टी मनाउनुपर्छ। आज घरको खसि काट्छु र सबैलाई खसिको बिर्यानी खुवाउछु " ।
खसि काटिन्छ र भव्य भोज हुन्छ।
जस्ले अरुको भलो गर्दै हिड्छ उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ ! हाम्रो समाज पनि कतै न कतै यस्तै त छैन ?
facebook :


- Reviews (0)
Nothing Found...Leave a review