नेपाली नोट कक्षा ८ (ग्रन्थचित्र)

नेपाली नोट कक्षा ८ (ग्रन्थचित्र)

पाठ :४ ग्रन्थचित्र

 

ग्रन्थचित्र पाठ परिचय :

ग्रन्थ  वा शास्त्रको कथा र  विषय वस्तुमा आधारित चित्रलाई ग्रन्थ चित्र भनिन्छ । ग्रन्थचित्रमा कलाकारले विषय वस्तुको आधारमा रंग तथा गरगहना, कपडा र मुखको हाउभाउ मिलाएर चित्र कोर्दछन् । कागजको आविस्कार हुनुभन्दा पहिले ताडपत्र र भोजपत्रमा ग्रन्थचित्रहरु कोरिन्थे । ताड नामको रुखका पातहरु तथा भोजपत्रका बोक्राहरुलाई सुकाएर चित्र बनाउन योग्य पारेपछि चित्रहरु कोरिन्थ्यो । त्यस्ता ग्रन्थमा लेख्न बाँसको कलम प्रयोग गरिन्थ्यो । चित्रमा रंग लगाउन चराको प्वाँख तथा कलाकार आफैँले बनाएको जनावरको रौँको ब्रस प्रयोग गरिन्थ्यो । लेखका निम्ति कटुस, आँप र अमलाका पातलाई धेरै बेर पकाएर कालो मसी बनाइन्थ्यो । ग्रन्थ लेख्न र रेखाचित्र कोर्न यही मसीको प्रयोग गरिन्थ्यो । 

 

चित्रकलाको इतिहास निकै पुरानो छ । यसको सम्बन्ध मानव सभ्यताको इतिहाससँगै जोडिएको छ । मानव सभ्यताको विकाससँगै धर्म, संस्कृति, सामाजिक मूल्य मान्यतामा केन्द्रित भइ निर्माण गरिएका चित्रहरु परम्परागत, चित्रकलाका नमुना हुन् । आधुनिक चित्रकलाको सुरुवात निकै पछि भएपनि ग्रन्थचित्रहरुले त्यसको ठाउँ लिएका छन् । परम्परागत रुपमा केवल ग्रन्थको शोभा र विषय वस्तु स्पष्ट पार्न कोरिने ग्रन्थचित्रहरुको प्रभाव अहिले झनै बढ्न थालेको छ । विद्यार्थीलाई पढाउन, मनोभावनालाई खुलस्त पार्न र सिकाइका लागि वस्तुनिष्ठ बनाउन चित्रकलाको व्यापक प्रयोग गरिन्छ । यसको पूर्वज ग्रन्थचित्र नै हो । यसरी चित्रकलाको विकासमा ग्रन्थचित्रले उल्लेखनीय भूमिका पु¥याएको प्रष्ट हुन्छ । 

 

मानव विवेकशील प्राणी हो । मानवको विकास सभ्यताको विकास हो । समयसँगसँगै क्रमश धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यताको विकास हुँदै गइरहेको छ । धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यता मानव निर्मित कुराहरु हुन् । इतिहासको कालखण्डमा जीवन पद्धतिमा परिस्कार गर्ने ध्येयले मानिसले विभिन्न धर्महरुको सुरुवात गरेको थियो । यही धर्मले पाप र पुण्यका बारेमा मानिसलाई सचेत गराउँदै गयो र सत्यको बाटोमा लाग्न प्रोत्साहन गर्दै गयो । धर्मको मुख्य आधार भनेकै धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यता थियो । मानव सभ्यतालाई जगैदेखि बलियो बनाउन यिनीहरुको ठूलो योगदान रहेको छ । मानव सभ्यताको विकासका लागि धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यता भनेका विकासका पूर्वाधार हुन् । मानव सभ्यताको विकाससँगै धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यताको विकास भएको छ । 

 

 

२. उत्तर भन :


क. चित्रकला, वास्तुकला, मूर्तिकला र नृत्यकलाहरु मानव मनलाई लोभ्याउने कला हुन् । 


ख. ग्रन्थचित्र ललित कलाको दृश्य भेदअन्तर्गत पर्दछ । 


ग. ग्रन्थको बाहिरी आवरणमा बनाएका चित्रलाई गाता चित्र भनिन्छ । 


घ. ताडपत्र ताड रुखमा लामा लामा पात सुकाएर त्यसमा लेख्ने गरी तयार पारिन्छ । 


ङ. प्राचिन समयमा चित्र बनाउँदा कलाकारले प्राकृतिक रङको प्रयोग गर्थे । 


च. हामीले चित्रकला, मूर्तिकला, वास्तुकला, नृत्यकला आदिसँग परिचित हुने मौका पाएका छौँ । 

 

३. ठिक र वेठिक छुट्याउनुहोस् :
क. ठीक (✔)

ख. बेठीक (✖)
ग. बेठीक (✖)
घ. ठीक (✔)
ङ. ठीक (✔)

 

४. खाली ठाउँ भर :
क. निकैपछि

ख. वर्णनात्मक रेखाचित्र 
ग. प्रज्ञा पारमिता
घ. खुलस्त

 

५. तलका प्रश्नको संक्षिप्त उत्तर दिनुहोस् :


क. चित्रकलाको जन्म कसरी भयो ?

चित्रकलाको इतिहास निकै पुरानो छ ? यसको सम्बन्ध मानव सभ्याताको इतिहाससँगै जोडिएको छ । मानिसले उसको कलालाई कापीका पानामा कोरी सिंगार्न थालेपछि चित्रकलाको जन्म भयो । 


ख. पहिलो ग्रन्थको बाहिरी र भित्री भागमा के कस्ता चित्रहरू बनाइन्थ्यो ?

 पहिलो ग्रन्थको बाहिरी गातामा चित्र बनाइन्थ्यो । त्यसै गरी भित्री भागमा पनि चित्र बनाइन्थ्यो । पुस्तकको पाना वा भित्री भागको सुरक्षाका लागि गाता बनाउने चलन छ । यस्ता गाताका दुवैतिर त्यस ग्रन्थमा आधारित भएर चित्रहरु बनाइन्थ्यो । पुस्तकभित्र वर्णन गरिएका विषय वस्तुहरुलाई सरल पाराले बुझाउन विषय÷प्रसंगअनुसार रेखाचित्र वा रंगीन चित्र पानाको छेउमा बनाइन्थे । 

 


ग. कागजको आविष्कार हुनुभन्दा पहिले ग्रन्थचित्रहरु कसरी कोरिन्थे ?

कागजको आविष्कार हुनुभन्दा पहिले ताडपत्र र भोजपत्रमा ग्रन्थचित्रहरु कोरिन्थे । पहिले ताड नामको रुखका पातहरु तथा भोजपत्रका बोक्राहरुलाई सुकाइन्थ्यो । ती पात तथा बोक्राहरु सुकेर चित्र बनाउन योग्य भएपछि चित्रहरु कोरिन्थ्यो । 

 

६. तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
क.  ग्रन्थ लेख्ने र रेखाचित्र कोर्ने काममा प्रयोग गरिने रंग र वस्तुहरूको निर्माण कसरी गरिन्छ ?


ग्रन्थ÷शास्त्रको कथा वा विषय वस्तुमा आधारित चित्रलाई ग्रन्थ चित्र भनिन्छ । ग्रन्थचित्रमा कलाकारले विषय वस्तुको आधारमा रंग तथा गरगहना, कपडा र मुखको हाउभाउ मिलाएर चित्र कोर्दछन् । कागजको आविस्कार हुनुभन्दा पहिले ताडपत्र र भोजपत्रमा ग्रन्थचित्रहरु कोरिन्थे । ताड नामको रुखका पातहरु तथा भोजपत्रका बोक्राहरुलाई सुकाएर चित्र बनाउन योग्य पारेपछि चित्रहरु कोरिन्थ्यो । त्यस्ता ग्रन्थमा लेख्न बाँसको कलम प्रयोग गरिन्थ्यो । चित्रमा रंग लगाउन चराको प्वाँख तथा कलाकार आफैँले बनाएको जनावरको रौँको ब्रस प्रयोग गरिन्थ्यो । लेखका निम्ति कटुस, आँप र अमलाका पातलाई धेरै बेर पकाएर कालो मसी बनाइन्थ्यो । ग्रन्थ लेख्न र रेखाचित्र कोर्न यही मसीको प्रयोग गरिन्थ्यो । 

 

ख. चित्रकलाको विकासमा ग्रन्थचित्रको के कस्तो भूमिका रहेको छ , स्पस्ट पार ?
चित्रकलाको इतिहास निकै पुरानो छ । यसको सम्बन्ध मानव सभ्यताको इतिहाससँगै जोडिएको छ । मानव सभ्यताको विकाससँगै धर्म, संस्कृति, सामाजिक मूल्य मान्यतामा केन्द्रित भइ निर्माण गरिएका चित्रहरु परम्परागत, चित्रकलाका नमुना हुन् । आधुनिक चित्रकलाको सुरुवात निकै पछि भएपनि ग्रन्थचित्रहरुले त्यसको ठाउँ लिएका छन् । परम्परागत रुपमा केवल ग्रन्थको शोभा र विषय वस्तु स्पष्ट पार्न कोरिने ग्रन्थचित्रहरुको प्रभाव अहिले झनै बढ्न थालेको छ । विद्यार्थीलाई पढाउन, मनोभावनालाई खुलस्त पार्न र सिकाइका लागि वस्तुनिष्ठ बनाउन चित्रकलाको व्यापक प्रयोग गरिन्छ । यसको पूर्वज ग्रन्थचित्र नै हो । यसरी चित्रकलाको विकासमा ग्रन्थचित्रले उल्लेखनीय भूमिका पु¥याएको प्रष्ट हुन्छ । 

 

७. भाव स्पष्ट पार :
क. मानव सभ्यताको विकाससँगै धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यताको विकास भएको छ । 


मानव विवेकशील प्राणी हो । मानवको विकास सभ्यताको विकास हो । समयसँगसँगै क्रमश धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यताको विकास हुँदै गइरहेको छ । धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यता मानव निर्मित कुराहरु हुन् । इतिहासको कालखण्डमा जीवन पद्धतिमा परिस्कार गर्ने ध्येयले मानिसले विभिन्न धर्महरुको सुरुवात गरेको थियो । यही धर्मले पाप र पुण्यका बारेमा मानिसलाई सचेत गराउँदै गयो र सत्यको बाटोमा लाग्न प्रोत्साहन गर्दै गयो । धर्मको मुख्य आधार भनेकै धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यता थियो । मानव सभ्यतालाई जगैदेखि बलियो बनाउन यिनीहरुको ठूलो योगदान रहेको छ । मानव सभ्यताको विकासका लागि धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यता भनेका विकासका पूर्वाधार हुन् । मानव सभ्यताको विकाससँगै धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यताको विकास भएको छ । 

 

ख. हामीले आफ्नो कला र सीपलाई .............................................बनाउन सक्नुपर्छ ।
मानिस प्रकृतिको सिर्जनशील प्राणी हो । उसले अनेक सिर्जना र विशट्कलाका स्वरुपहरु देखेको छ । सुन्दर पक्षलाई सर्वाेत्तम अभिव्यक्तिले प्रस्तुत गर्नु कला हो । यसका लागि सीप, क्षमता आदिको आवश्यक पर्दछ । कला धेरै प्रकारका हुन्छन् । त्यसमा चित्रकला मूर्तिकला, वास्तुकला, नृत्यकला आदि केही उदाहरणमात्र हुन् । मानव जीवनलाई सार्थक तुल्याउने कला नै हो । कला जीवनका लागि भन्ने मान्यतालाई आत्मसात् गरी कलालाई जीवनोपयोगी बनाउन सक्नुपर्छ । सीप सिर्जनाको आधार हो । कला एउटा सिर्जना हो । हामीले आफुमा भएको सीपलाई सान्दर्भिक रुपले प्रस्तुत गरी आफ्नो कला देखाउनु पर्दछ । हामीले हाम्रा सबै खालका कला र सीपलाई जीवन सापेक्ष बनाउँदै जानुपर्छ । त्यस्तै आफुमा भएको कला सीपलाई लुकाउन हुँदैन । यसलाई प्रस्तुत गरी जीवनोपयोगी बनाउन सक्नुपर्दछ । 

८. ग्रन्थ + चित्र = ग्रन्थचित्र भएजस्तै तलका शब्दमा चित्र जोडेर नयाँ शब्द बनाऊ  :


  • मुहार, दृश्य, पौवा, रेखा

    मुहार + चित्र  :मुहार चित्र
    दृश्य + चित्र  :दृश्यचित्र
    पौवा+ चित्र  :पौवाचित्र
    रेखा+ चित्र  :रेखाचित्र
  •  


१०. मिल्दो अर्थ चानेर जोडा मिलाऊ


  • पौवा चित्र  :काज, कपडा आदिमा देवी देवताको चित्र लेखिएको प्राचीन शैलीको चित्र

    वास्तुकला  :घर, दरबार, देवालय आदि निर्माण गर्ने सीप
    मन मोहक  :मनलाई मोहित वा मुग्ध पार्ने
    ग्रन्थचित्र  :ग्रन्थ वा शास्त्रको कथामा आधारित चित्र
    शालिग्राम  :काली गण्डकीको तिरमा पाइने चक्र चिह्न भई विष्णुको रुपमा पुजा गरिने विशेष पत्थर 

 

१३. शुद्ध गरी सार  :
मुर्तीकला, सुक्ष्म, पउवाचीत्र, निर्मान, पाथ्यपुस्तक 
मूर्तिकला, सूक्ष्म, पौवाचित्र, निर्माण, पाठ्य पुस्तक

 

कार्यमूलक व्याकरण

काल : काल भनेको वाक्यमा क्रियापदले बताउने समय हो | क्रियापदले देखाउने कामको समयलाई काल भनिन्छ | व्यत्त गर्दा सुरु भएको, त्यस भन्दा अगाडी भइसकेको वा त्यसभन्दा पछाडी सुरु हुने कामका आधारमा काल छुट्याउने प्रचलन रहेको छ | पक्ष भनेको कालाभित्रको पनि समय हो |काललाई तिन भागमा विभाजन गरिएको छ |

  • भूतकाल
  • वर्तमान काल
  • भविष्यत काल

 

(१) भूतकाल :भइसकेको वा वितिसकेको कुनै घटना वा कुराको निर्देशन गर्ने क्रियापदलाई भूतकाल भनिन्छ | यसले वितेका समयको काम वा अबस्थालाई बुझाउछ |

उदाहरण – रामले भात खायो |

                   म घर गए |

 

 

सामान्य भूत – कुनै काम पहिले वा विगतको समयमा भएको सामान्य अवस्था बुझाउने क्रियापदको पक्षलाई सामान्य भूतकाल भनिन्छ | सामान्य भूत पक्ष जनाउनका लागि क्रियापदका धातु र, यौ, इस, यो, ई, ए, इन आदि रुपहरु जोडिन्छ |

 उदाहरण – मैले हिमाल चढे |

                   सीता उठी |

 

अपूर्ण भूत – अपूर्ण भूतकालले वितेको समयमा कुनै काम भइकेको थियो भन्ने भुझाउछ | अपूर्ण भूत पक्ष बुझाउनका लागि धातुमा तै\ दै \ थियो,आदि जोडीएर कृयापदहरु बनेका हुन्छन् | उदाहरण – म हिमाल चढ्दै थिए |

 

पूर्ण भूत – पूर्ण भूत पक्षले कुनै पनि काम वितेको समयमा पुरा भइसकेको थियो भन्ने जनाउद्छ | र त्यसको असरसमेत बाकी नरहेको अवस्था बुझाउने क्रियापद हो | यसलाई जनाउनका लागि एको, थिए, एका थियौ, एको थिइस | आदि जोडिन्छ |

        उदाहरण – मैले हिमाल चढेको थिए |

          म उठेकी थिए |

 

अज्ञात भूत – कुनै काम विगतको समयमा भैरहेको तर अहिले आएर मात्र थाहा पाईएको अवस्था बुझाउने क्रियापदलाई अज्ञात भूत भनिन्छ |अज्ञात भूत जनाउनेका लागि धातुमा एछु, एछौ, एछस, एछन्, एछ, आदि जोडीएर अज्ञात कृयापद बनेका हुन्छन् |

उदाहरण –मैले हिमाल चढेछु |

तिमि उठेछौ |

 

ङ)अभ्यस्त भूत– कुनै पनि विगतको समयमा भइसकेको तर अहिले आएर मात्र थाहा पाईएको अवस्था बुझाउने क्रियापदलाईअभ्यस्त भूत भनिन्छ |अभ्यस्त भूत जनाउनका लागि धातुमा थे, थ्यौ, थिस, थि आदि जोडीएर क्रियापद बनेको हुन्छ |

उदाहरण – सीता कविता लेख्थि |

              उनीहरु कविता लेख्थे |

 

२)वर्तमान काल :कुनै  पनि काम अहिले भइरहेको अबस्थालाई वर्तमान काल भनिन्छ |

उदाहरण -म घर जादै छु |

  • सामान्य वर्तमान –कुनै काम अहिलेको वर्तमान अवस्थामा हुने वा भैइरहेको अवस्था जनाउने,पुरा हुनु वा नहुनु वारेमा केहि नबताउने क्रियापद पक्षलाई सामान्य वर्तमान भनिन्छ | सामान्य वर्तमान पक्ष जनाउन धातु छु, छौ, छस, छ, छन् आदि प्रत्ययहरु जोडिन्छ |

उदाहरण –म बिहानै उठेर पढ्छु |

        खरायोले घास खान्छ|

 

  • अपूर्ण वर्तमान – वर्तमान समयमा कार्य भईरहेको अबस्थालाई अपूर्ण वर्तमान काल जनाउछ | अपूर्ण वर्तमान पक्ष जनाउनेको लागि धातुमा तै, दै, छु,\ तै दै छौ, तै दै छस, तै,दै छन् आदि प्रत्ययहरु जोडिन्छ |

उदाहरण – हरिमासु खादै छ |

                हामी हिमाल चढ्दै छौ |

  • पूर्ण वर्तमान– कुनै काम अहिलेको समयमा पूरा भएको तर त्यसको असर अहिले पनि बाकी रहेको अवस्था बुझाउने क्रियापदलाई पूर्ण वर्तमान काल भनिन्छ | यसमा क्रियापदको धातुमा एको छु, एका छौ, आदि जोडीएको हुन्छन् |

उदाहरण – खरायोले घाँस खाएको छ |

 

३) भविष्यत काल :कुनै पनि आउने समय वा पछिको समयमा काम हुने कुरा बुझाउने वा निर्देशन गर्ने क्रियापदलाई भविष्यतकाल भनिन्छ |

 

 क) सामान्य भविष्यत – सामान्य भविष्यत कालले कुनै पनि कार्य पछि हुने कुरा बुझाउने वा निर्देशन गर्दछ | अर्थात् कुनै पनि काम आउने समयमा हुने सामान्य अबास्थालाई बुझाउदछ | यसको धातुको पछाडी नेछु, नैछौ, नेछस, आदि रुपहरु जोडिन्छ |

 उदाहरण – भोलि पानी पर्ने छ |

 

ख) अपूर्ण भविष्यत – कुनै पनि काम पछि वा आउने समयमा भईरहेको अबस्थालाई अपूर्ण भविष्यत काल बुझाउछ | यसलाई जनाउनको लागि धातु तै, दै हुनेछ, तै, दै हुनेछौ, तै दै हुनेछ का रुपहरु जोडिन्छ |

उदाहरण –भोलि ममी  मामा घर जादै हुनु हुने छ |

 

 ग)पूर्ण भविष्यत – कुनै पनि काम वितेको समयमा पुरा भएको जनाउद्छ भने त्यसलाई पूर्ण भविष्यत काल भनिन्छ | यसलाई जनाउनको लागि धातुमा एको छु, हुनेछ, एका हुनेछौ, को हुनेछन्, आदिको रुपहरु लाई जानउदछ |

उदाहरण – भोलि हरिले भलिबल खेल्दै गरेको हुने छ |

 

 

१७. पाठबाट वर्तमान र भूत कालका पाँच पाँच ओटा वाक्यहरु टिप र ती वाक्यलाई भविष्यत् कालमा बदल ।


वर्तमान काल 
               कलाका स्वरुपहरु देखेको छ । 

                 ...... मानिस लोभिन्छ । 
                सभ्यताको इतिहाससँगै जोडिएको छ । 
               ..... चित्रहरुलाई गाताचित्रहरु भनिन्छ । 
              हाउभाउ मिलाएर चित्र कोर्दछन् ।


भविष्यत् कालमा परिवर्तन 
कलाका स्वरुपहरु देखेका हुने छ । 
...... मानिस लोभिने छ । 
सभ्यताको इतिहाससँगै जोडिएको हुनेछ । 
..... चित्रहरुलाई गाताचित्रहरु भनिने छ । 
हाउभाउ मिलाएर चित्र कोर्ने छन् । 


भूत काल 
बाहिरी गातामा चित्र बनाइन्थ्यो । 

चिल्ला फल्याकहरु प्रयोग गरिन्थे । 
ग्रन्थमा आधाति भएर चित्रहरु बनाइन्थ्यो । 
शङ्करदेवको समयमा बनाइएको थियो । 
मानिसहरुले आवश्यक पर्ने चित्रहरु हातले कोर्थे । 


भविष्यत् कालमा परिवर्तन 
बाहिरी गातामा चित्र बनाइने छ ।  

चिल्ला फल्याकहरु प्रयोग गरिने छ । 
ग्रन्थमा आधाति भएर चित्रहरु बनाइने छ । 
शङ्करदेवको समयमा बनाइएको हुने छ । 
मानिसहरुले आवश्यक पर्ने चित्रहरु हातले कोर्ने छ । 

 

१८. कोष्ठकमा दिइएको सङ्केतका आधारमा तलका वाक्यलाई बदल  :


क) महेश ग्रन्थचित्र हेर्छ । (अपूर्ण भविष्यत्)
महेश ग्रन्थचित्र हेर्दै हुने छ । 


ख) सरोज राम्रो चित्र बनाउँछ । (अभ्यस्त भूत)
सरोज राम्रो चित्र बनाउँथ्यो । 


ग) फुर्वा खुरुखुरु चित्र कोर्छ । (अपूर्ण भविष्यत्)
फुर्वा खुरुखुरु चित्र कोर्दै हुने छ । 


घ) हामी दृश्यचित्र हेर्छाैँ । (अभस्त भूत) 
हामी दृश्यचित्र हेथ्र्याैँ । 


ङ) उसले राम्रो चित्र बनायो । (पूर्ण वर्तमान)
उसले राम्रो चित्र बनाएको छ । 


च) सरिताले पौवाचित्र हेरिन् । (अपूर्ण वर्तमान)
सरिता पौवाचित्र हेर्दै छिन् । 


छ) उनीहरुले सङ्ग्राहालयमा चित्रहरु हेरेछन् । (पूर्ण भविष्यत्)
उनीहरुले सङ्ग्राहालयमा चित्रहरु हेरेका हुने छन् । 


ज) मैले ग्रन्थचित्र पाठ पढेँ । (अपूर्ण वर्तमान)
म ग्रन्थचित्र पाठ पढ्दै छु । 

 

१९. कोष्ठकमा दिइएको धातु र सङ्केतका आधारमा खाली ठाउँ भर  :


क) सीता राम्रो चित्र बनाउँदै छिन् । (बनाउ  :अपूर्ण वर्तमान)


ख) ऊ ताम्रपत्रमा चित्र कोथ्र्याे । (कोर्  :अभ्यस्त भूत)


ग) सन्तमान धेरै पौवाचित्र बनाउँदै थियो । (बनाउ  :अपूर्ण भूत)


घ) पासाङले राम्रा राम्रा चित्र कोरेको छ । (कोर  :पूर्ण वर्तमान)


ङ) तिनीहरु छठ पर्वमा धेरै चित्र बनाउने छन् । (बनाउ  :सामान्य भविष्यत्)


च) रामलखनले चित्रमा र भरेको हुने छ । (भर्  :पूर्ण भविष्यत्)


छ) सलिनाले राम्रो वृत्तचित्र ल्याइछन् । (ल्याउ  :अज्ञात भूत)


ज) हामी राम्ररी हेरेर चित्र कोर्न सिक्ने छौँ । (सिक्  :सामान्य भविष्यत्)

 

२०. भविष्यत कालका क्रियापदहरुको प्रयोग गरी पाँच वाक्यमा आफ्नो लक्ष्य बनाऊ । 


                      मेरो लक्ष्य
अर्काे वर्ष म कक्षा नौमा अध्ययन गर्ने छु । त्यसपछि दस, एघार र बार कक्षा पार गर्दै उच्च शिक्षामा प्रवेश गरेको हुने छु । उच्च शिक्षामा राम्रो सफलता प्राप्त गर्दै जाने छु । मेरो घर, परिवार, समाज र राष्ट्रका लागि विशेष योगदान पु¥याउने छु । म एउटा प्रतिभाशाली एवम् प्रभावशाली व्यक्तिका रुपमा चिनिने छु । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login