उखान जात्रा

उखान जात्रा

उखान जात्रा ~ मूल रूप र परिवर्तित रूप


*अड्को पड्को तेलको धूप
१•अड्को पड्को बेसारको सुप


* ओरालो लागेको हरिणलाई बाच्छाले खेद्छ
२• भोकमरी लागेका नेपालीलाई कोरोनाले खेद्छ


*इन्द्रका अगाडि स्वर्गको बयान
३• वाल्मीकिका अगाडि अयोध्याको बयान

 


* कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर
४• कामकुरो एकातिर बेल्चा बोकी माडीतिर


* नाँच्न नजान्ने आँगन टेडो
५• नियन्त्रण गर्न नजान्ने जनता टेडो


* ओरालो लागेको हरिणलाई बाच्छाले खेद्छ
६•ओरालो लागेको अख्तियारलाई भ्रष्टाचारीले खेद्छ


* कानो गोरुलाई औँशी न पूर्णे
७•भ्रष्टाचारीलाई महामारी न बाढी पहिरो


*दु:ख पाइस् मङ्गले आफ्नै ढङ्गले
८•दु:ख पाइस् मङ्गले नेता छान्नाले


* कहिले सासुको पालो कहिले बुहारीको
९• कहिले कमाउनिष्टको पालो कहिले काउरेसको


* जुन जोगी आए पनि कानै चिरेका
१०•जुन नेता आए पनि आँ गरेका


* कागलाई बेल पाक्यो हर्ष न विस्मात
११•रैतीलाई गणतन्त्र आयो हर्ष न विस्मात


*गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेँडु
१२• गर्ने भन्ने जनता पगरी गुथ्ने नेता

 

*कुरो र कुलो जता लग्यो त्यतै जान्छ
१३•कोरोना र भ्रष्टाचार जता लग्यो त्यतै जान्छ


* पोहोर मरिन् सासू अहिले आयो आसुँ
१४•पोहोर गर्यो लकडाउन अहिले आयो कोरोना


* पशुपतिको जात्रा सिद्राको ब्यापार
१५•कोरोनाको जात्रा औषधिको व्यापार

 

जय उखान!


साभार = सरोज उजाड



  • Reviews (1)
  • narayan
  • 5 Years, 3 Months ago

१६, आगो ताप्नु मुढाको,कुरा सुन्नु बुढाको #आगो ताप्नु सिठाको, कुरा सुन्नु ठिटाको

Leave a review

To leave a review, please login to your account. Login