फुस्रो आडम्बर त्यागौं

फुस्रो आडम्बर त्यागौं

एउटा महिलाले एक अण्डा बेच्ने वृद्ध व्यक्तिलाई सोधिन् - "तपाईं अण्डा कुन भाउमा बेच्नु हुन्छ?"


वृद्ध व्यक्तिले भने -:" म्याड्म रू, ५ को एउटा ......


महिलाले बिक्रेतालाई भनिन् - म रू, २५मा ६ वटा लिन्छु नभए जान्छु।


वृद्ध बिक्रेताले भने - : म्याड्म आउनुहोस् तपाईले जुन मूल्य भन्नुभएको छ त्यहीँ मुल्यमा दिन्छु। सायद यहीँ कारणले मेरो ब्यापार हुन्छ कि?किनकि आज मेरो एउटापनि अण्डा बिक्री भएको छैन। त्यो महिलाले अण्डा किनेर यसरी गइन् मानौं निकै ठूलो युद्धमा विजय हासिल गरेकि हुन्।


ऊनी मूल्यवान गाडीमा आफ्नो मित्रसँग एक महंगो रेस्टुरेन्टमा गइन्। त्यहाँ उनले र उनको मित्रले आफ्नो आफ्नो मन परेको खानेकुरा अर्डर गरे। त्यो खानेकुराबाट केही खाएर अरु त्यसै छोडे। तब त्यो महिलाले बिल मागिन्। रू,१४०० को बिल आयो। उनलेे रेस्टुरेन्टको मालिकलाई रू, १५०० दिइन् र भनिन् बाकी पैसा राख्नुस्।


यो घटना त्यो रेस्टुरेन्टको मालिकलाई साधारण लागेपनि त्यो गरीब अण्डा बेच्ने वृद्ध व्यक्तिकोलागि निकै पिडा दायक थियो।


:--प्रश्न यो हुन्छ कि: जब हामी एक अभावग्रस्त व्यक्तिसँग किनमेल गर्छौं तब हामी यो देखावटी गर्छौं कि हामी शक्तिशाली छौं। तर जब हामी ठुला ठुला मलहरूमा जान्छौं तब हामी आफूलाई निकै उदार हुन्छौं । भलै त्यो व्यक्तिलाई हाम्रो उदारताको आवश्यकता नै नहोस ।


वर्तमानमा लुटेरा गरीब कि धनी ?



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login