नोकर होइन, मालिक बन

नोकर होइन, मालिक बन

Message for Students:


प्रिय विद्यार्थी,

तिमी नोकर होइन, मालिक बन । तर मलाई शङ्का छ, कतै तिमीलाई नोकर बन्ने बानी परिसकेको त छैन ? तिमी आफै पढ्दैनौ। तिमीलाई 'पढ' भन्नु पर्छ ,तिमी आफै लेख्दैनौ तिमीलाई 'लेख' भन्नु पर्छ । तिमी आँफै सबेरै उठ्दैनौ। तिमीलाई 'सबेरै उठ' भन्नु पर्छ । तिमी आँफै अनुशासनमा बस्दैनौ ।तिमीलाई 'अनुशासनमा बस' भन्नु पर्छ । सधैं आदेश दिइराख्नु पर्ने नोकरलाई हो ।मालिकलाई होइन, सधैं बटन थिची राख्नुपर्ने मेसिनको हो। मान्छेको होइन, मान्छेले विवेकले पनि काम गर्नुपर्छ ।


मेरो अनुरोध,


प्रिय विद्यार्थी,

तिमी नोकर होइन ,मालिक बन । जुन विद्यार्थीलाई आफू मालिक हुँ भन्ने थाहा हुन्छ उसलाई कसैले 'पढ'भन्नु पर्दैन ऊ आफै पढ्छ ,उसलाई कसैले 'लेख' भन्नु पर्दैन ऊ आँफै लेख्छ । उसलाई कसैले 'सबेरै उठ' भन्नु पर्दैन ऊ आँफै सबेरै उठ्छ उसलाई कसैले 'गृहकार्य गर' भन्नु पर्दैन ऊ आफै गृहकार्य गर्छ । किनकि मालिकलाई थाहा हुन्छ 'आज म जे गर्दैछु त्यो अरु कसैको लागि होइनमेरा लागि गर्दैछु ।' जुन विद्यार्थीलाई स्कुल तहमै नोकर बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी मालिक बन्न सक्दैन उसले सधैं अरुको आदेश पर्खिरहन्छ । तर जसलाई स्कुल लेभलमै मालिक बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी अरूको दास बन्दैन ऊ अाफ्नो जीवनको मालिक आँफै बन्छ । प्रिय विद्यार्थी, तिमी आज कसैको लागि होइन आफ्नो लागि पढ्दै छौ । तिमी एक पटक आँफैले आँफैलाई हेर त ,अब तिमी बच्चा छैनौ र तिमी पशु पनि होइनौ यसर्थ आफ्नो लगाम अरुको हातमा नदेऊआफ्नो जिम्मेवारी लेऊ र मान्छे बन्नुको परिचय देऊ ।


Motivational Speaker and Trainer: Tara Jii



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login